×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

मौद्रिक नीतिपछि फाइनान्स सुविधामा गाडी किन्न कठिन !

  •  
  • बुधबार, असार २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • गाडी कर्जामा बैंकहरुलाई कस्ने राष्ट्र बैंकको तयारी
    रोयल आचार्य

    २५ असार, काठमाडौं । राष्ट्र बैंकले सवारी साधन खरिद गर्न उपलब्ध गराइने कर्जामा कडाई गर्ने भएको छ । चाँडै सार्वजनिक गरिने मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सवारी कर्जामा कडाई गर्न लागेको हो ।

    अहिले थोरै रकम नगद भुक्तानी गरेर सवारीसाधन नै धितोमा रहने गरी कर्जा लिन पाइने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुले थोरै नगद लिएर फाइनान्समा गाडी किन्ने सुविधा दिन्छन् । यही सुविधाका कारण गाडी चढ्नेकोहरुको संख्या बढ्दै गएको र यसले व्यापार घाटालाई थप मलजल गरेको भन्दै राष्ट्र बैंकले कडाई गर्न लागेको हो ।

    सवारी कर्जामा कडाई गर्नसके व्यापार घाटा कम हुने यस्तो तयारी गर्न अर्थ मन्त्रालय नै केही समयअघि राष्ट्र बैंकसँग आग्रह गरेको थियो ।

    ‘व्यापार घाटा उच्च भइरहेको सन्दर्भमा कसरी आयात कम गर्ने र निर्यातलाई बढावा दिने भन्ने योजना अर्थमन्त्रीज्यूकै हो,’ अर्थका एक अधिकारीले भने ।

    अहिले सवारीसाधन खरिदमा ५० प्रतिशत फाइनान्स हुने व्यवस्था रहेको छ । मतलब तपाई अहिले सवारी साधन किन्न जानुभयो भने ५० प्रतिशत नगद भए पुग्छ । तपाईलाई विश्वासका आधारमा बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा ५० प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिने गरेका छन् ।

    योभन्दा अगाडि ६५ प्रतिशतसम्म फाइनान्सको सुविधा पाइन्थ्यो । अझ एक समय त बैंक तथा बित्तीय संस्थाहरुले २० प्रतिशत मात्र रकम जम्मा गरे पनि फाइनान्सिङको सुविधा उपलब्ध गराउने गरेका थिए ।

    बैंक तथा वित्तीय संस्थाहरुले सवारी कर्जा उच्च लगानी गरिरहेका छन् । सवारी कर्जालाई अनुत्पादक क्षेत्र अन्तर्गत राखिएको छ । तर बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीको ८० प्रतिशतको हाराहारीमा हायर पर्चेज कर्जामा लगानी भएको छ ।
    हाल सडकमा गुड्ने निजी कारमध्ये ८५ प्रतिशतभन्दा बढी फाइनान्सको सुविधा लिएर खरिद गरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

    राष्ट्रबैंकका दुई अस्त्र

    सवारी कर्जामा कडाई गर्न राष्ट्र बैंकले दुईवटा अस्त्र अपनाउन सक्छ । पहिलो कर्जाको अनुपात घटाउने र दोस्रो ट्रस्ट रिसिप्ट (टीआर) लोन हटाउने ।

    सरकारले अघि बढाएको व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजनाले विद्युतीय बाहेकका सवारीसाधन र तिनीहरुको पार्टपूर्जा आयातलाई निरुत्साहित गर्ने प्रष्ट नीति लिएको छ । जेठ १३ गते पारित भएको कार्ययोजना ६ महिनाभित्र कार्यान्वयनमा आउने भनिएको छ । कार्ययोजनाले पेट्रोल र डिजेलबाट चल्ने सवारी र तीनका पार्टपुर्जाका लागि टीआर लोन नदिने व्यवस्था गरेको छ ।

    हाल विदेशबाट गाडी खरिद गर्दा सवारी व्यवसायीले प्रतितपत्रअनुसार ९० दिनका लागि ९० प्रतिशत टीआर लोन पाउँछन् । वर्षमा झण्डै डेढदेखि २ अर्ब बराबरको टीआर लोन बैंकबाट लिने गरिएको अटो व्यवसायीको भनाइ छ । यस्तो टीआर लोनको सुविधान नपाए व्यवसायीलाई गाडी आयातमा असहजता थपिनेछ ।

    यसैगरी राष्ट्रबैंकले कर्जाको सिमा पनि ५० प्रतिशतबाट घटाउने तयारी गरेको छ । कतिमा झारिने भन्ने निश्चित नभइसके पनि ४० प्रतिशतसम्ममा झार्न सक्ने अनुमान छ ।

    ‘कडाइ होइन, सहुलियत दिनुपर्छ’

    अटो व्यवसायीहरु भने सवारी साधनको कर्जामा कडाइ होइन सहुलियत दिनुपर्ने माग गरिरहेका छन् । केही दिन अघिमात्रै नाडा अटोमोवाइल डिलर्स एशोसिएसनको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेको थियो ।

    एशोसिएसनका अध्यक्ष शम्भु दाहालसहितको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर सवारीसाधन कर्जामा कडाई नगर्न आग्रह गरेको थियो । सवारी कर्जाको सीमा बढाउनुपर्ने व्यवसायीहरुले विगतदेखि नै माग गर्दै आएका छन् ।

    नाडाका एक सदस्य मौद्रिक नीतिमार्फत सवारी कर्जाको सीमा बढाउनैपर्ने बताउँछन् । विगतदेखि नै ६५ प्रतिशतसम्म फाइनान्स हुनुपर्ने आफुहरुले माग गर्दै आएको भन्दै उनले हाल भएको ५० प्रतिशतलाई बढाउनु पर्नेमा जोड दिए ।

    राष्ट्र बैंकले थप कडाई गर्ने कुरा सुनेको उल्लेख गर्दै उनले, भने ‘अटो व्यवसायसलाई नै नकारात्मक असर पर्नेगरी राष्ट्र बैंकले कडाई गर्नु हुँदैन ।’ कर्जा लिएर भए पनि सवारीसाधन चढछु भन्नेलाई सरकारले हतोत्साही बनाउन नहुने उनको भनाई छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.