×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

बेलकाको हरियो तरकारी कतार निर्यात

  •  
  • शनिबार, असार २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     रोहित राई

    शनिबार, २१ असार २०७६ धरान– नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरू पीडित छन्। उत्पादनले भाउ नपाएपछि बेला–बेला तरकारी सडकमा फालेर उनीहरू विरोध जनाउँछन्।

    कृषिको यो दुःखद् पाटो मात्र छैन। नेपालको गुणस्तरीय कृषि उत्पादनको बजार तेस्रो मुलुक पनि बन्न सक्ने सम्भावना छ। यसको पुष्टि प्रदेश १ को उदयपुर जिल्लास्थित बेलका नगरपालिकाले गरेको छ। अहिले बेलका नगरपालिकामा उत्पादन भएको अर्गानिक तिते करेला खाडी मुलुक कतारमा निर्यात सुरु भएको छ। पहिलो पटक ५० कार्टुन करेला कतार निर्यात भएको थियो। दोस्रो पटक ९० कार्टुन तिते करेला कतार पठाउने तयारी छ।

    नेपालको गुणस्तरीय एवं अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमण्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको हो। एक वर्षदेखि नेपालको अर्गानिक तरकारीलाई कतार पठाइरहेको प्रालिले यस वर्षदेखि बेलकामा उत्पादन भएको तरकारीलाई पठाउन थालेको छ। प्रालिले नेपाल सरकारको रोहवरमा कतार सरकारसँग अर्गानिक तरकारी निर्यात गर्ने सम्झौता नै गरेको छ। सोहीअनुसार हाल दैनिक ३ टन तरकारी कतार पठाइरहेको प्रालिका निर्देशक नारायण कार्कीले जानकारी दिए। ‘कतार पठाउन थालेको एक वर्ष भयो, माग धेरै छ, नेपालमा उत्पादन कम छ,’उनले भने, ‘विषादीरहित अर्गानिक तरकारी पठाइरहेका छौं, बेलकाबाट हामीले दोस्रो खेप पठाउँदै छौं।’ कम्पनीका प्रतिनिधि विशन विष्टका अनुसार प्रालिले बेलकाको ६ बिघा जग्गामा तरकारी खेती लगाएको छ।

    बेलका उदयपुरको पूर्वी भेगको सुनसरीसँग सिमाना जोडिएको नगरपालिका हो। यहाँ अहिले प्रालिले आफैंले अर्गानिक तरकारी उत्पादन गरिरहेको छ। किसानले उत्पादन गरेको तरकारी खरिद गरेर प्रालिले कतार पठाउन बेलका नगरपालिका, कृषि समूह र प्रालिबीचमा त्रिपक्षीय सम्झौता पनि भएको छ। सम्झौताअनुसार बेलका नगरपालिकाको वडा २ र ३ मा कृषि समूहलाई प्रालिले प्रविधि, बीउबिजन, सिँचाइलगायत सबै कुरामा लगानी गरिदिन्छ। किसानले उत्पादन गरेको तरकारी प्रालिले फिक्स(निश्चित) मूल्यमा खरिद गर्ने सम्झौता छ। बजारमा भाउ घटबढ भए पनि किसानलाई कुनै असर नगर्ने गरी सम्झौता गरिएको बेलकाका प्रमुख दुर्गाबहादुर थापाले बताए। ‘हामीले एक वर्षका लागि त्रिपक्षीय सम्झौता गरेका छौं, किसानको उत्पादनको रेट फिक्स तोकेका छौं,’ प्रमुख थापाले भने, ‘प्रालिले प्रविधि दिन्छ। ऋण पनि दिन्छ, तालिम दिलाउँछ र पछि उसको लगानी पनि कटाएर किसानलाई मूल्य दिन्छ।’

    प्रमुख थापाका अनुसार यस वर्ष नगरपालिकाले उत्पादन आधार वर्ष मनाएको छ। जसअन्तर्गत किसानहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिने, अर्गानिक उत्पादनमा बढाउने र बजारीकरण गर्न नगरपालिकाले समन्वय गरिरहेको छ। उनका अनुसार ५ सय हेक्टरमा चक्लाबन्दी गरेर मकै उत्पादन गरिएको छ। उक्त मकै पाल्पाको श्रीनगर कम्पनीले खरिद गर्ने सम्झौता भएको प्रमुख थापाले बताए। ‘बालुवा भएको ठाउँलाई माटो बनाउने प्रविधि अपनाएर जनतालाई कृषि उत्पादनमा लाग्न प्रेरित गरेका छौं,’उनले भने, ‘पहिला हरिण, बँदेल मारेर बेच्ने, रक्सी पार्ने र अफिम खेती पनि हुने ठाउँ हो, अहिले त्यहाँ अर्गानिक तरकारीखेती उत्पादन हुँदै छ।’

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.