×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

पाँच लाख घरलाई निःशुल्क कागतीका बिरुवा

  •  
  • शनिबार, असार २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवा तामाङ

    काठमाडौँ, असार २१ गते । एक वयश्क व्यक्तिलाई कति अक्सिजन चाहिन्छ ? विज्ञका अनुसार छवटा रूख बिरुवाले दिने अक्सिजन प्रतिदिन आवश्यक पर्छ तर बढ्दो जनसङ्ख्या र घट्दो वनजङ्गलले अक्सिजनको कमी हुँदै गएको छ । काठमाडौँ उपत्यका मात्र होइन देशका धेरै ठाउँमा अहिले तीव्र सहरीकरण भइरहेको छ । कतिपयका घरमा रूख बिरुवा छैनन् । बढ्दो सहरीकरण, वनविनाश अनि खेतीयोग्य जमिन बाँझै रहने क्रम तीव्र हुनाले मानिसलाई अक्सिजन कमी हुँदैछ ।

    यसैक्रममा सकारात्मक सोचसहित केही उत्साही युवा जमात ‘प्रकृति संरक्षण समाज’ नामबाट प्रदूषणविरुद्धको सचेतना अभियानसँगै कौसीखेती (रूफ टप गार्डेन’)को अवधारणा अगाडि सारेका छन् । वि.सं. २०६४ मा लक्ष्यसहित स्थापना भएको समाजले सुरूआतको चरणमा हाल कागती बिरूवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ । रुद्राक्षको बिरुवा वितरण गर्ने लक्ष्य पनि राखिएको छ ।

    समाजका अध्यक्ष कुमार कटवालले वृक्षरोपण फेसनका लागि होइन रोपेको बिरुवा जोगाउन जरुरी भएको बताउनुभयो । उहाँले रोपिएको बिरुवाबाट मानव स्वास्थ्यलाई पुग्ने फाइदा र त्यसको पात, फलफूलबाट १० वर्षपछि कस्तो उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययनसमेत आवश्यक भएको बताउनुभयो ।

    नयाँ अभियानबाट कतिलाई रोजगारी दिन सकिन्छ भन्ने अनुसन्धान पनि भइरहेको अध्यक्ष कटवालले बताउनुभयो । वृक्षरोपण मात्र गरेर हुन्न, रूख जोगाउने, त्यसबाट हुने फाइदाको समेत अध्ययन, अनुसन्धान गर्ने सोचका साथ संस्थाले काम गर्दै आएको जानकारी दिनुभयो । हाल समाजको नर्सरीमा कागती, रुद्राक्ष, बोजो, बाँस, पीपल, लालीगुराँस, रक्तचन्दन, स्न्याप, स्ट्रबेरी, अङ्गुरलगायतका २६५ वटा जातका बोटबिरुवाको अनुसन्धान भइरहेको छ ।

    टोखा नगरपालिका सूर्यदर्शन हाइट, मन्डिखाटार, गोंगबुमा नसरीको स्थापना गरी काम गरिरहेका सो समूहले आमा समूह, विभिन्न सामाजिक विकास, सुधारको उद्देश्यले स्थापना भएका सङ्घसंस्थामार्फत पहिलो चरणमा ‘पाँच लाख घरधुरीलाई एक घर एक कागतीको बिरुवा प्रदान गर्ने’ लक्ष्य राखेको बताउनुभयो ।

    आगामी पाँच वर्षभित्रमा फलफूलले ढाकेको क्षेत्रफल दोब्बर बनाउने नेपाल सरकारको नीति छ । त्यसका लागि फलफूलको बिरुवा उत्पादन र वितरण कार्यक्रम सञ्चालन गरिने लक्ष्य पनि छ । एक घर एक कागती र एक कर्मचारी एक कागतीको अवधारणा अगाडि सारेका छौँ, बिरुवाको शुल्क तिर्नु पर्दैन, प्रकृतिका लागि एक रुपियाँ बचत गरौँ भन्दै अध्यक्ष कटवालले चुरोट कम खाऔँ, चिया कम पिउने गरौँ, टेलिफोन अलि कम गरौँ, विदेशीले डलर दिएपछि मात्र होइन हामी आफैँ हाम्रो देशलाई हरियाली बनाऔँ भन्नुभयो ।

    उहाँको संस्थाले हाल करिब तीन लाख कागतीका र एक लाखवटा रुद्राक्षका बिरुवा तयार गरेको छ । समाजले गमलामा रोपेर डेढ वर्षमा फल्ने कागतीको बिरुवा उत्पादन गरी वितरणसमेत गर्दै आएको छ । समाजले कागतीको बिरुवा पाँच लाख घरलाई वितरण गर्दा घरमा प्रयोग गर्नका लागि एक परिवारका लागि एक बोटले धान्ने र बढी भएको बिक्री गरी आम्दानीसमेत गर्न सकिने भनाइ उहाँको छ ।

    त्यसबाट कागती किन्ने पैसा जोगियो, विषादीरहित आफ्नै कौसीको फल खान खाइने, त्यसका लागि आवश्यक प्राङ्गारिक मलका लागि भान्साबाट निस्कने फोहोरको प्रयोग गर्न सकिने, बेचेर बचतसमेत हुने विश्वास कटवालको छ । उहाँ भन्नुहुन्छ, ‘‘यो अभियानले समृद्धिका लागि एक पाइला अगाडि बढाउन मानिसलाई हौसला प्रदान गर्छ । ’’

    त्यसैगरी, पुर्खाले धार्मिक मात्यतासँग जोड्दै आएको रुद्राक्षको फल आर्थिक उपार्जनका लागि उत्तम हुन्छ । रुद्राक्षको बिरुवाले वातावरण स्वच्छ बनाउन मद्दत गर्छ । बोटबिरुवामध्ये पीपलले सबैभन्दा बढी अक्सिजन दिन्छ । यो बोट लामो आयुको हुने हुँदा वर–पीपलको सम्बन्धमा पनि समाजले अनुसन्धान गरी सबैतिर पीपल रोप्ने योजना बनाएको पनि कटवालले सुनाउनुभयो ।

    अध्यक्ष कटवाल भन्नुहुन्छ, ‘‘वन जङ्गल मासिँदैछ, जमिन सकिँदैछ, सहरीकरण, यातायात, उद्योग, कलकारखानाले प्रदूषण बढाइरहेको बेला हरेक घरले एक रूख रोप्ने, कौसीको सदुपयोग गर्ने अवधारणामा काम गर्नैपर्छ । यसका लागि पहिले त सचेत हुनुप¥यो, दोस्रो प्रविधि, ज्ञानको आवश्यकता पर्छ, समाजले प्रविधि र बिरुवा उपलब्ध गराउँछ, सम्पर्कमा आउनु होस् । ’’

    समाजले ओखलढुङ्गा च्यानम गाउँमा एक हजार ४५५ घरघुरीलाई गत वर्ष एक–एकवटा रुद्राक्षको बिरुवा प्रदान ग¥यो । यस वर्ष प्रदेश ४ बाट माग भए अनुसार, ११ हजार ६६४ वटा रुद्राक्ष र एक हजार पाँचवटा पीपलका बिरुवा प्रदान गर्ने तयारी भएको अध्यक्ष कटवालले जानकारी दिनुभयो ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.