×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

प्राधिकरणमा एक करोड भन्दा बढि बक्यौता

  •  
  • सोमबार, चैत १८, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    चैत्र १८ गते । जिल्लामा विद्युत सेवाका प्रयोगकर्ताले समयमै महशुस तिर्न आनाकानी गर्ने गरेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखाले दिएको जानकारी अनुसार हालसम्म १ करोड १२ लाख भन्दा बढि रकम ग्राहकले बैक्यौता तिर्न बाँकी रहेको छ । ‘यो रकम समग्र महशुलको हो’ वितरण शाखा प्रमुख माधव न्यौपानेले भने ‘भर्खरै मिटर रिडिङ भएकाले धेरै रकम त केही दिनमा उठ्छ । केही भने समस्या नै छ ।’

    गत हप्ताको सोमबारसम्म ५७ लाख १४ हजार ६ सय ग्राहस्य, ११ लाख २९ हजार ५ सय ७४ व्यापारिक र ८ लाख ४६ हजार २ सय ८३ गैरव्यापारिक क्षेत्रको विद्युत महशुल उठ्न बाँकी रहेको विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसैगरी ८ लाख ३२ हजार ५९ औद्योगिक, १० हजार ९ सय १९ सिञ्चाई, १२ लाख ३१ हजार ६ सय २७ खानेपानी, ८ हजार ८ सय २१ मठमन्दिर र २२ लाख ३२ हजार ३ सय १३ सामुदायिक गरी १ करोड १२ लाख भन्दा बढि रकम ग्राहकको नाममा बक्यौता देखिएको हो ।

    सामुदायिक तर्फको अधिकाशं रकम सडक वक्ति तर्फ रहेको प्राधिकरण श्रोतले बताएको छ । ‘अन्य जिल्लामा जस्तो गोरखामा समस्या त छैन’ उनले भने ‘वक्यौता उठिराको स्थिती पनि छ, हामी त्यस्तो खराव स्थितीमा छैनौं तर ताकेता चाहीँ गर्न परिराको अवस्था हो ।’ उक्त रकम तिर्नका लागि कार्यालयले गाह्रकलाई बारम्बार ताकेता गरिरहेको छ । ३ महिना भन्दा बढि समयसम्म महशुल नतिर्ने ग्राहकको लाइन काट्ने काम पनि भइरहेको कार्यालयले बताएको छ । ‘कतिपय ग्राहकहरु भूगोलको हिसावले टाढा हुनुहुन्छ ।

    रकम बुझाउन आउँदा ढिला भएको पनि हुन सक्छ’ उनले भने ‘कतिपय सुगममा भएर पनि प्रविधि नबुझेका कारण समयमा रकम बुझाउनु हुन्न ।’ अहिले मोबाइल बैंकिङको प्रयोग गरी इसेवा मार्फत बिद्युतको महशुल भुक्तानी गर्न सकिने भएपनि ग्राहकहरुले उक्त सेवा प्रति चासो नदिएको उनले बताए । सेवाग्राहीलाई उक्त विषयमा जानकारी गराउन सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने योजना कार्यालयको छ । ‘त्यो कुरा नबुझेर पनि उहाँहरुले धेरै समयसम्म नतिर्नु भएको हुन सक्छ’ उनले भने ‘छिट्टै हामी त्यसको प्रचारप्रसार गर्दैछौं ।’

    भूकम्पपछि नयाँ ठाउँमा घर बनाएकाहरुले पुरानो मिटर बन्द गर्न कार्यालयलाई जानकारी नगराएको, उद्योग धन्दाहरु बन्द हुँदा सम्म मिटर बन्द नगराएको, सडक एवं सार्वजानिक स्थलमा बालिएका वक्तिको समयमै महसुल भुक्तानी नहुँदा बक्यौता रकम बढि भएको कार्यालय स्रोतको भनाई छ । जिल्लाको क्षेत्र नम्बर २ का अधिकाशं भागमा केन्द्रिय प्रशारण लाईनको विद्युत पुगेको छ । साबिकको क्षेत्र नम्बर ३ अथार्त उत्तरी गोरखामा भने अहिले सम्म केन्द्रिय प्रशारण लाइनको विद्युत सेवा पुग्न सकेको छैन । उक्त भुभाग अहिले क्षेत्र नम्बर १ मा पर्छ त्यहाँका नागरिक लघु जलविद्युतमा भर पर्नुपर्ने अवस्था छ ।

    जिल्लामा सदमुकाम, मजुवा देउराली र पालुङटार गरी ३ ठाउँमा विद्युतको महसुल तिर्ने काउण्टरहरु राखिएको छ । कतिपय उपभोक्तालाई महशुल तिर्न एक दिनको यात्रा गर्नुपर्ने बाध्यता छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.