×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

सहुलियतपूर्ण कर्जा पाउनै झञ्झट

  •  
  • शुक्रबार, चैत १५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सविता शर्मा 

    काठमाडौंँ, चैत १५ गते । युवालाई स्वरोजगार र व्यवसायी बनाउन ल्याइएको सहुलियतपूर्ण कर्जा लक्षित वर्गले पाउन सकेका छैनन् । सो कर्जा कार्यान्वयन गर्न सात महिना अगाडि कार्यविधि जारी गरिएको भए पनि अनेक बहानामा बैङ्कहरूले कर्जा दिन मानिरहेका छैनन् ।

    अर्थ मन्त्रालयले गत भदौमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि जारी गरेको थियो । बजेटमा व्यवस्था भएका कार्यक्रमको कार्यान्वयन गर्न कार्यविधि तर्जुमा गरिएको हो ।

    निवेदन दिएको २१ दिनभित्र कर्जा उपलब्ध गराउनुपर्ने र उपलब्ध गराउन नसक्ने अवस्था भए उचित कारण खुलाउनुपर्ने व्यवस्था समेत कार्यविधिमा गरिएको छ ।

    बालाजु, काठमाडौँकी मिली श्रेष्ठले सहुलियतपूर्ण कर्जाका लागि तीनवटा बैङ्क धाइसक्नुभयो तर कतैबाट पनि सकारात्मक प्रतिक्रिया पाउन सक्नुभएन ।

    बैङ्कमा जाँदा कतैबाट पनि कर्जा पाइनेखालको जवाफ नपाएको स्पष्ट पार्दै उहाँले भन्नुभयो– “कसैले माथिबाट सर्कुलर आएको छैन भन्छन्, कसैले हामीलाई सूचना छैन भन्छन् । हस्तकलासम्बन्धी काम गर्न कर्जा लिन खोजेकी हुँ, ऋण नपाएर काम अड्किरहेको छ, अहिले त प्रयासै गर्न छोडेँ ।” परिवारले गरिरहेको हाते कागजका सामग्री बनाउने कामलाई बैदेशिक रोजगारीबाट फर्केकी श्रेष्ठले अगाडि बढाउन खोज्नुभएको हो ।

    रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधिमा नभएका प्रावधान देखाएर कर्जा नदिने रणनीतिमा बैङ्कहरु लागेको आरोप लगाउँदै भन्नुभयो, “परिवारका कुनै सदस्यले अन्य कुनै कर्जा लिएको छ भने अर्को सदस्यले नपाउने, परिवारका सबै सदस्यको मञ्जुरिनामा आदि विभिन्न प्रावधान राखिएको छ, साथीहरूले भोगेको समस्या हामीलाई सुनाउनुभएको छ, कुनै पनि जिल्लामा सकारात्मक व्यवहार पाइएको छैन ।”

    सञ्चारमाध्यममा हामीले दियौं भनिएको तर पाउनुपर्नेले नपाएको गुनासो व्यक्त गर्दै अध्यक्ष अधिकारीले भन्नुभयो, “केही बैङ्क पहुँच हुने सीमित व्यक्तिलाई कर्जा दिएर देखाउने रणनीतिमा मात्र लागेका छन् ।”

    राष्ट्रिय युवा प्रतिभा तथा युवा उद्यमी सञ्जालका अध्यक्ष लोचन बस्नेतले कार्यविधिमा नभएका शर्त राखेर बैङ्कहरुले कर्जा नदिने गरेको स्पष्ट पार्दै भन्नुभयो, “एकाघरको नाता प्रमाणित गर्नुपर्ने, परिवारका सदस्यलाई बैङ्कमा उपस्थित गराउनुपर्ने जस्ता झन्झट लगाइएको छ, अनावश्यक कागजात माग्ने र लम्बेतान प्रक्रियाबाट मुक्त गरिनुपर्छ ।”

    कार्यविधि कार्यान्वयनका लागि नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नरको संयोजकत्वमा केन्द्रीय समन्वय तथा अनुगमन समिति रहेको छ । उक्त समतिमार्फत् कर्जा नपाउनेको गुनासो सुन्ने व्यवस्थासमेत गरिएपनि गुनासोको सम्बोधन हुन नसकेको स्पष्ट पार्दै अध्यक्ष बस्नेतले भन्नुभयो–“जुन तहबाट राष्ट्र बैङ्कले गर्नुपथ्र्यो त्यो तहबाट सकारात्मक सम्बोधन भएको छैन ।”

    राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले कर्जा नपाएको गुनासोहरू आइरहेको चर्चा गर्दै भन्नुभयो, “सयौं गुनासो आउँछन्, सम्बन्धित् बैङ्कमा पठाइदिन्छौं ।”

    फोन र मौखिकरूपमा आउने गुनासोलाई सम्बन्धित बैङ्कहरूमा मौखिकरूपमा जानकारी गराउने र लिखितरूपमा आउनेलाई लिखितरूपमै सम्बन्धित बैङ्कहरुमा पठाइदिने गरिएको पनि उहाँले बताउनुभयो ।

    बैङ्कहरुले सहजरुपमा कर्जा दिन नमान्ने गरेको तथ्यलाई स्वीकार गर्दै प्रवक्ता पौडेलले भन्नुभयो, “बैङ्कहरुले हत्तपत्त कर्जा दिन नपरेहुन्थ्यो भन्ठान्छन्, गुनासोअनुसार सम्बन्धित बैङ्कसँग कर्जा दिन नसक्नुको कारणसहित जवाफ माग गर्ने गरिएको छ ।”

    कार्यविधिले सात प्रकारका सहुलियतपूर्ण कर्जालाई समेटेको छ । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जाका लागि सात लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना र दलित समुदाय विकास कर्जा १० लाखसम्म, महिला उद्यमशील कर्जा १५ लाखसम्म, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच लाखसम्म र भूकम्प पीडितको निजी आवास कर्जा तीन लाख रुपियाँसम्म दिने व्यवस्था छ ।

    कार्यविधिमा परियोजना धितोमा राख्ने व्यवस्था गरिएको छ भने कर्जा सुरक्षण तथा व्यवसायको बीमा सम्बन्धी व्यवस्था पनि गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाको लगानीलाई सुरक्षित बनाउने प्रयाससहित परियोजनाको बीमा गर्नुपर्ने पनि व्यवस्थासमेत गरिएको छ ।

    gorkhapatara

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.