- मेलम्ली आयोजना
गोरखा समाचारदाता
चैत्र १४ गते । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको काम छाडेर गएको इटालियन कम्पनी सीएमसीले सरकारसँग क्षतिपूर्ति स्वरुप दुई अर्ब ५२ करोड मागेको छ । नाकाबन्दी लगायत कारण आयोजना निर्माणको काममा प्रभाव परेकाले सो निर्माण कम्पनिले क्षतिपूर्ति माग गरेको हो ।
मेलम्चीको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड लाग्ने देखिएको छ । संसदीय छानविन समितिले २ अर्ब ५२ करोड क्षतिपूर्ति दिएर बाँकी काम सिएमसी कम्पनीबाटै गराउनु भन्दा २ अर्ब ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको निस्कर्ष छ ।



