- ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने
गोरखा समाचारदाता
चैत्र १३ गते । शुक्रबारबाट हुन लागेको तेस्रो लगानी सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन् । सम्मेलनको तयारी पुरा भएको जानकारी दिन अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना छलफलमा हुने बताए ।
पत्रकार सम्मेलनमा डा.खतिवडाले जानकारी दिदै यसअघि पूर्व तयारी भएका योजनाहरुको सम्झौता समेत हुने जानकारी दिए । स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्श पनि हुने उनले बताए ।
सम्मेलनमा कुटनीतिज्ञहरु पनि सहभागी हुने जानकारी दिँदै अर्थमन्त्री खतिवडाले लगानी सम्बन्धी कतिपय कानूनहरु बनेको पनि जानकारी दिए ।



