×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

हेलिकोप्टर सिट हटाउने निर्णय उल्ट्याउने प्रयास

  •  
  • मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    खिलक बुढाथोकी

    मङ्गलबार, १२ चैत २०७५ काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन्।

    गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले उक्त संख्यामा यात्रु बोक्नु पनि दुर्घटनाको कारण हुन सक्ने भन्दै एउटा सिट हटाउने निर्णय गरेको थियो। हेलिकोप्टर सोसाइटीका प्रतिनिधिसहितको बैठकले गरको उक्त निर्णयको व्यवसायीले स्वागत गर्दै सिट हटाएका थिए। निर्णयअनुसार नेपालमा रहेका पाइलटबाहेक ६ सिट भएका एएस ३५० बी३ई (एच १२५) हेलिकोप्टरबाट एउटा सिट घटाएर पाँच बनाइयो। त्यस्ता हेलिकोप्टर हेली एभरेस्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, फिस्टेल, श्री, कैलाश र अल्टिच्युट एयरसँग गरी नौवटा छन्।

     गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले एउटा सिट हटाउने निर्णय गरेको थियो। अहिले आएर हेलिकोप्टर व्यवसायीले सिट यथावत् राख्नुपर्ने भन्न थालेका छन्।

    अहिले आएर हेलिकोप्टर व्यवसायीले सिट यथावत् राख्नुपर्ने भन्न थालेका छन्। चैत ८ गते हेलिकोप्टर व्यवसायीको संगठन हेलिकोप्टर सोसाइटीको बैठकले यात्रु सिट संख्या ६ वटै कायम गराउन उक्त निर्णय उल्टाउने तयारी गरेको छ। ती सिट हटाएपछि व्यवसायमा असर परेको उनीहरुको भनाइ छ। व्यवसायीका अनुसार प्राधिकरणले अजेन्डा नदिई छलफलमा बोलाएर सिट हटाउने निर्णय गरेको थियो। सोही निर्णयमा केही नसोची सहमति जनाएर कार्यान्वयन गर्दा व्यवसायमा असर परेको व्यवसायीको भनाइ छ। ुछलफलमा सीधै अजेन्डा ल्याउँदा व्यवसायीले पनि सहमति जनाएर कार्यान्वयन गरेका थियौं,’ मनाङ एयरका राजु न्यौपानेले भने, ुअहिले त्यो निर्णय हितमा देखिएन।’

    उनका अनुसार निर्माता र निर्माता कम्पनी रहेको देश फ्रान्सको प्राधिकरणले समेत ६ यात्रु सिट स्वीकृत गरेको अवस्थामा प्राधिकरणले रोक्नु उचित होइन। उत्पादन कम्पनीले अगाडिको भागमा एक सय ५० किलोभन्दा बढी वजन राख्न नहुने व्यवस्था गरेको छ। त्यसैले सिट कायम गरेर एक सय ५० भन्दा कम वजनका दुई यात्रु राख्दा फरक नपर्ने उनले बताए। ‘अगाडिको भागमा एक सय ५० केजीभन्दा बढी वजन राखेमा त्यो कानुनविपरीत भयो, प्राधिकरणले त्यसलाई निगरानी गर्नुपर्‍यो,’ उनले भने, ुत्यही निगरानी गर्न नसकेर प्राधिकरणले सिट हटाउने निर्णय गरेको हो।’

    सिट हटाउँदा हेलिकोप्टर चढ्ने यात्रुलाई महँगो पर्छ। पहिला हेलिकोप्टर चढ्दा ६ जनाले भाग लगाउँथे भने अहिले पाँचजनाले भाग लगाउनुपर्ने बाध्यता रहेको न्यौपानेले बताए। उक्त निर्णयलाई सोही प्रकारका हेलिकोप्टर उडाउने पाइलटले समेत स्वागत गरिसकेका छन्। प्राधिकरणको फ्लाइट सेफ्टी डिर्पाटमेन्टमा विभिन्न कम्पनीका २७ हेलिकोप्टर पाइलटले लिखित रुपमा हस्ताक्षर गरेर बुझाएको पत्रमा सुरक्षाको हिसाबले पनि पाँच सिट कायम हुनुपर्ने आशय छ। न्यौपाने भने दुईजना यात्रु अगाडि राखेर उडाउन नसक्ने पाइलटले मात्रै स्वागत गरेको दाबी गर्छन्।

    स्रोतका अनुसार हेलिकोप्टर व्यवसायीहरु दबाब दिएर भए पनि निर्णय उल्टाउने तयारीमा छन्। हेलिकोप्टर सोसाइटीले यात्रुको टाउकाको आधारमा भन्दा तौलको आधारमा हेलिकोप्टरले उडान गर्ने जनाएको छ। न्यौपानेका अनुसार सोसाइटी कसरी अगाडि बढ्ने भन्ने विषयमा एक–दुई दिनभित्रै आधिकारिक निर्णय हुनेछ। सोसाइटीका महासचिव योगराज कँडेलले नै सिट हटाउने निर्णयमा हस्ताक्षर गरेका थिए। अहिले उनै कँडेल र सोसाइटी हतारमा निर्णय गरेर बेठीक गरेको निष्र्कषमा पुगेको न्यौपानेको भनाइ छ।

    पाइटलहरु भने निर्णय सही भएकाले उल्टाउन नहुने बताउँछन्। ुहेलिकोप्टर दुर्घटनाको इतिहास हेर्दा ६ जना यात्रु बोकेका धेरै हेलिकोप्टर दुर्घटना भएका छन्,’ वरिष्ठ पाइलट शैलेन्द्र बस्नेतले भने, ‘मौसमको कारणले भएका दुर्घटना रोक्न नसके पनि यस्ता कारणले हुने दुर्घटना रोक्न त्यो निर्णय उल्टाउनु हुँदैन।’यो विषयमा प्राधिकरणलाई कुनै जानकारी छैन। प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार छलफल गरेरै निर्णय गरिएको हो। व्यवसायीले निर्णयलाई स्वागत गरेर कार्यान्वयनसमेत गरेका छन्। फेरि निर्णय उल्टाउनेबारे प्राधिकरणमा कुनै विषय नआएको पोखरेलले जानकारी दिए।

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.