- प्रथम लिगलिग मेयरकप फुटबल प्रतियोगिता
गोरखा समाचारदाता
चैत्र ४ गते । गोरखाको पालुङटार भई रहेको प्रथम लिगलिग पालुङटार मेयरकप फटबल प्रतियोगिता अन्तरगत आज भएको खेलबाट गोरखा नगरपालिका गोरखा र गैडाकोट नगरपालिका नवलपुर फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको सेमिफाइनल खेलमा गोरखा नगरपालिका गोरखाले देवचुली नगरपालिका नवललपुरलार्ई ३–० गोल अन्तरले पराजित गरेको थियो भने गैडाकोट नगरपालिका नवलपुरले पुतली बजार नगरपालिका स्याङजालाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
गोरखा नगरपालिकाका खेलाडी जमिर मास्केले ५० औ मिनेटमा, अर्जुन गुरुङले ६६ औ मिनेटमा र ७४ औ मिनेटमा बिष्णु बि.कले १÷१ गोल गरे पछि गोरखा नगरपालिकाले खेल ३–० को अन्तरमा जितले फाइलनमा प्रवेश पारेको थियो ।
त्यस्तै गरी प्रतियोगितको पहिलो हाफमा गैडाकोट नगरपालिकाका खेलाडी सन्तोष गुरुङले र दोस्रो हापमा बिजय कुमाल १÷१ गोल गरी खेललाई २–० को अन्तरमा जित हात पारेको थियो ।
प्रतियोगितको फाइनल खेल पर्सी ६ गते हुने आयोजकले जनाएको छ ।



