गोरखा समाचारदाता
लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
पालुंटार नगरपालिकाको आयोजना हुने गण्डकी प्रदेश स्तरिय उक्त प्रतियोगिताको सबै तयारी सकिएको पालुंटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले जानकारी दिए ।
प्रतियोगिता गण्डकी प्रदेश भित्रका नगरपालिका र गोरखाका ९ गाउँपालिका गरी १८ टिमको सहभागिता रहनेछ । आज एक कार्यक्रमको विच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त प्रतियोगिताको उद्घाटन गर्ने तयारी छ ।
२ लाख ३४ हजार ५६७ रुपैयाँ पुरस्कार राशीको उक्त प्रतियोगिता यही फाल्गुन २६ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन हुने आयोजक समितिका सदस्य सचिव किरण गिरीले जानकारी दिए ।
उक्त प्रतियोगितामा दोस्रो हुने टिमले नगद १ लाख २३ हजार ४५६ रुपैयाँ नगद मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने २ टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ सहित नगद मेडल र प्रमाणपत्र प्रदान गरिने गिरीले बताए । प्रतियोगिता सञ्चालनका लागि करिव २६ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ ।



