गोरखा समाचारदाता
प्रथम गोरखा मेयर कपको उपाधी वडा नम्बर ६ ले जितेको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शनिबार भएको फाइनल खेलमा वडा नम्बर १३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै ६ बिजयी बनेको हो । खेलको पहिलो हाफको चार मिनेटमै वडा नं. ६ का बिकास गुरुङ र २३ औँ मिनेटमा प्रनुज श्रेष्ठले एक÷एक गोल गरेका थिए ।
त्यस्तै दोस्रो हाफको चार मिनेटमा वडा नं. १३ का सुजित थापाले एक गोल गरेपनि त्यसपछि भने गोल गर्न सकेन । खेलको २३ औँ मिनेटमा हरमटारीका क्याप्टेन जमिर मास्केले गरेको थप १ गोल नै प्रतियोगिताको अन्तिम गोल बन्दा अन्तत ३–१ गोलअन्तरलेवडा नम्बर ६ बिजयी बन्यो भने वडा नम्बर १३ उपबिजेतामा सिमित रह्यो ।
उपाधी बिजेता वडा नम्बर ६ ले नगद ५५ हजार पाँच सय ५५ सहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ भने उप बिजेता १३ ले नगद ३३ हजार तीन सय ३३ सहित मेडल र प्रमाण पत्र पाएको छ । खेलमा वेस्ट किपर वडा नम्बर ६ का सिलोन थापा मगर, वेस्ट डिफेन्डर बिशाल गुरुङ र वेस्ट स्टाईकर ६ कै जमिर मास्के घोषित भए । यस्तै वेस्ट मिडफिल्डर वडा नम्बर १४ का उज्वल बिक र सर्वाधिक गोलकर्ता वडा नम्बर १३ का लक्ष्मण परियार र वेस्ट प्लेयर १३ कै विवेक गुरुङ घोषित भए । उत्कृष्ठ हुने खेलाडीलाई नगद पुरस्कार सहित मेडल प्रदान गरिएको छ ।
खेलमा बिजयी टिम र खेलाडीहरुलाई राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सदस्य हरिशरण आचार्य, प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले प्रदान गरेका थिए । कार्यक्रममा मल्टीट्यालेन्ट गु्रपले सांगितक प्रस्तुती दिएको थियो भने चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायिका राधिका हमालले गित गराएर फुटबलको माहोललाई संगितमय बनाएकि थिईन । एन्फा गोरखा र सुर्योदय युवा क्लवको सहयोगमा नगरपालिकाले पहिलो पटक आयोजना गरेको मेयर कपबाट राम्रा खेलाडी छनौट गरी आईतवारबाट पालुङटारमा हुने प्रदेश स्तरको मेयर कपमा सहभागी गराउने नगरप्रमुख राजनराज पन्तले बताए ।



