×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

उचित मुल्य नपाउँदा अलैंची किसान मर्कामा

  •  
  • बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    फागुन ८ गते । अलैंचीको उचित बिक्रि मुल्य कायम हुन नसक्दा किसानहरु मारमा परेका छन् । व्यवसायीक रुपमा खेति गर्दै आएका जिल्लाका किसानहरुले उचित मुल्य नपाएपछि यस वर्ष उत्पादन भएको अलैंची यसै गोदाममा थन्याएका छन् । ‘यस वर्ष फलेको सबै गोदाममा थन्किएको छ ।

    भाउ राम्रो छैन भन्छन् कोही पनि किन्न आएको छैन’ अजिकोरकोट गाउँपालिका ३ लप्सिबोट अलैंची कृषक कृष्णजंग घिमिरेले भने ‘हामी त ठूलो समस्यामा छौं ।’ करिब २ सय रोपनी क्षेत्रफलमा खेति गरेका घिमिरेको मात्र यस वर्ष ३ क्विन्टल भन्दा बढि अलैंची फलको छ । गतवर्ष ४ क्वीन्टल अलैंची बेचेका उनले ३ लाख २० हजार आम्दानी गरेका थिए । ‘यस वर्ष उत्पादन पनि घट्यो भाउ पनि छैन’ उनले भने ‘यस्तै हो भने अब खेति पनि किन गर्नु ?’ यस अघि ठेकेदारहरु विच निकै प्रतिस्पर्धा हुने गरेको त्यहाँ यस वर्ष कोही पनि अलैंची किन्नका लागि नगएको किसानहरुले बताएका छन् । घिमिरे जस्तै विष्णु अधिकारी, विष्णुचन्द्र अधिकारी लगायत अजिरकोट, सिरानचोक र आसपासका सयौं कृषकहरुले उचित मुल्य नपाएका कारण सो क्षेत्रमा डेढ करोड भन्दा बढिको अलैंची गोदाममा थन्किएको छ । उचित मुल्यको प्रतिक्षा गर्दै कृषकले डायरमा सुकाएर अलैंचीको सुरक्षित भण्डारण गरेका राखेका छन् ।

    केहि वर्ष अघि देखि व्यवसायिक अलैची खेति गर्दै आएको उक्त भेगका किसानहरुले सुरुवाती केही वर्ष प्रतिकिलो २,२०० रुपैयाँ सम्म अलैची बेचेका थिए । त्यसपछि किलोको १,५०० सय रुपैयाँमा झरेको अलैचीको भाउ गत वर्ष ८०० कायम भएको थियो । अहिले त्यही मुल्यमा पनि बिक्रि हुन सकेको छैन । ‘अलैचीको भाउ अन्तराष्ट्रिय बजारमै उतारचढाब भइरहेको छ’ अलैंची व्यवसायी सघंका जिल्ला अध्यक्ष गोबिन्द गुरुङले भने ‘जसको प्रभावका कारणहरुले प्रत्यक्ष मार खेप्नु परेको छ ।’ अन्तर्राष्ट्रिय बजार अलैंचीको मुल्य कम भएकाले पनि जिल्ला अलैची कृषकहरुले भाउ नपाएका हुन । यहाँ भन्दा छिमेकी मुलुक भारतमा मुल्य कम रहेकाले पनि किसानहरुले यस वर्ष भाउ नपाएका हुन । अहिले विश्व बजारमा प्रतिमन २०–२५ हजारमा अलैची बिक्रि भइरहेको छ । अजिरकोट गाउँपालिकाको हंसपुर, सिम्जुङ, खरिबोट, लप्सिबोट र सिराञ्चोक गाउँपालिकाको थालाजुङ, केराबारी लगायतका स्थानमा व्यवसायिक अलैची खेति हुदै आएको छ । जिल्लामा अलैंचीको फल जस्तै विरुवाले पनि बजार नपाएको किसानहरुको गुनासो छ । सार्ने बेला भएका लाखौं विरुवा विक्रि हुन नसक्दा नर्सरीमै सुक्ने अबस्था भएको उनीहरुको भनाई छ ।

    व्यवसायिक अलैची खेति गर्दै आएका किसानहरुले नर्सरी बनाएर अलैचीको विरुवा पनि उत्पादन गर्दै आएका छन् ।अजिरकोट गाउँपालिकामा कृष्णजंग घिमिरे, लुमनाथ अधिकारी, विष्णु प्रसाद अधिकारी, शैलेस गुरुङ, टुक बहादुर अधिकारी सिरानचोक गाउँपालिकाको थालाजुङमा धनबहादुर गुरुङ लगायतका किसानहरुको नर्सरीमा लाखौं विरुवा विरुवा रहेको उनीको भनाई छ । तर कतिपय सघंसस्थाहरुले जिल्लामा अलैंचीको बिरुवा बिक्रि हुन नसक्दा पनि बाहिरबाट विरुवा ल्याउने गरेका देखिन्छ । जिल्लाको मध्ये पहाडी भु–भाग अलैची खेतिका लागि उपर्युक्त रहेको विज्ञहरु बताउँछन् । राम्रो उत्पादन हुने भए पछि पछिल्लो समय अलैची खेति तर्फ कृषकहरुको आकर्षण बढेको छ । धान रोप्ने खेत समेत मासेर अलैंची खेति गरेकाहरु अहिले बिक्रि हुन छोडेपछि पुनः खेत बनाउनुपर्ने अबस्था पुगेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.