×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मनकामनाको सुन्तला : जति ढिलो उति मूल्य बढी

  •  
  • बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा,  फागुन १ गते ।  ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरबाट प्रसिद्धी कमाएको गोरखा मनकामनाको पहिचान अब त्यतिले मात्र पनि अपुरे हुन थालेको छ ।

    विशेषगरी कात्तिकदेखि फागुन महीनासम्म हरेक फलफूल पसल र फलफूलको बजारमा मनकामनाको चर्चा हुने गर्छ त्यहाँ उत्पादन हुने सुन्तलाका कारण । जुनसुकै ग्राहक सुन्तला पसल या सुन्तलाको बजारमा पुग्दा सुन्तला देख्ने बित्तीकै उसले पहिले सोध्ने गर्छ, यो कहाँको सुन्तला हो ? अनि व्यापारीको जवाफ हुन्छ गोरखा अथवा मनकामनाको । मनकामनाको सुन्तलाको स्वाद चाख्न सबै लालाहित हुन्छन् ।

    गोरखाको मनकामना क्षेत्रमा अहिले मात्र होइन पहिलेदेखि नै सुन्तलाका लागि चर्चित क्षेत्र मानिन्छ । त्यहाँको ढाँटबारी क्षेत्रमा सुन्तलाखेती नगर्ने परिवार प्रायः शून्यजस्तै छ । अन्य क्षेत्रको सुन्तलाभन्दा बढी गुलियो र स्वादिलो हुने भएकाले मनकामनाको सुन्तलालाई सबै रुचाउने गरेका हुन् ।

    मनकामना क्षेत्रमा कात्तिक महीना शुरु भएसँगै सुन्तला व्यवसायी बगैँचामा पुगेर सुन्तलाको मोलमलाइ गर्न शुरु गर्ने गर्छन् । बोटमै छिटो ठेक्का लिँदा केही सस्तो पर्न जाने भएपछि ठेकेदार कात्तिक लागेसँगै मनकामनाको सुन्तला बगैँचामा सुन्तला खरीदका लागि डुल्ने गरेको विगत २० वर्षदेखि सुन्तलाको व्यवसाय गर्दै आउनु भएका ठेकेदार लिलाम्बर थापाले बताउनुभयो ।

    “यहाँ कात्तिक शुरु भएपछि बगैँचामै पुगेर सुन्तलाको मोलमलाइ शुरु हुन्छ, उहाँले भन्नुभयो, “शुरुमै ठेक्का लिन सके अलि कम मूल्यमा पाइने र राम्रो नाफा गर्न सकिन्छ तर जति ढिलो भयो उति यहाँको सुन्तलाको मूल्य बढ्न थाल्छ ।” मनकामना क्षेत्रमा सुन्तलाको बोटमा फूल खेल्ने बेलासम्म पनि लटरम्म पहेँला सुन्तलाका दाना देख्न पाइन्छ । स्थानीय किसान दलबहादुर थापाले भन्नुभयो, “माघको दोस्रो हप्तादेखि सुन्तलाको भाउ राम्रो आउछ त्यही भएर पनि यहाँका किसानले ढिलोसम्म बोटमा सुन्तला राख्ने गरेका हुन् ।”

    ढाँटबारीलगायतका आसपासका क्षेत्रका सुन्तला किसानले मङ्सिरका अन्त्यदेखि फागुनको अन्त्यसम्म सुन्तला बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “अहिलेको साल शुरु–शुरुमा सानो सुन्तला किलोको रु ५० देखि ठूलो १०० सम्ममा बिक्री गरेका थियाँै”, थापाले भन्नुभयो, “तर हिजोआज भने ठूलो सुन्तला किलोको रु १७० सम्ममा बिक्री हुन्छ ।”

    करीब ६०० बोट सुन्तलाखेती गर्दै आएका थापाले सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु तीन लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । मनकामनामा अत्यधिक मात्रामा धार्मिक पर्यटक पुग्ने गरेकाले त्यहाँ उत्पादन हुने गरेको सुन्तला स्थानीय बजारमा समेत राम्रै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । “हामी कहाँ सबै किसानले बारीमा रहेका सबै सुन्तला ठेकेदारमार्फत बिक्री गर्दैनन्, थापाले भन्नुभयो, “मनकामनाको बजारमा पु¥याएर खुद्रा मूल्यमा बिक्री गर्दा झनै राम्रो मूल्य आउने भएकाले अधिकांशले केही बोट बाँकी राखेर आफैँले बजारमा समेत लैजाने गरेका छन् ।”

    मनकामना क्षेत्रमा सुन्तला जति ढिलोसम्म राख्न सक्यो त्यति राम्रो मूल्य आउने भएपछि सुन्तला किसानले लामो समयसम्म भण्डार गर्न मिल्ने गरी ढाँटबारी क्षेत्रमा ‘सुन्तला कोल्ड स्टोर’ समेत निर्माण गरेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना सुन्तला जात फलफूल जोनको सहयोगमा त्यस क्षेत्रमा दुई वटा कोल्ड स्टोर निर्माणको काम शुरु भएको किसान थापाले जानकारी दिनुभयो ।

    “स्टोर निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “कोल्ड स्टोरमा सुन्तला राख्दा वैशाखसम्म राख्न मिल्छ भनेर प्राविधिकले भन्नुभएको छ ।” थापाजस्तै ढाँटबारीकी लोकमाया श्रेष्ठले पनि ढिलो गरी बिक्री गर्दा सुन्तलाको भाउ राम्रो आउने भएपछि आफूले ढिलो गरी बिक्री शुरु गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अलिपछि बिक्री गर्दा भाउ आउने भएकाले राम्रो नाफा हुन्छ, यही सुन्तला काठमाडाँै पठाउँदा प्रतिकिलो रु १०० मात्र पाउँछौँ तर आफैँले यहाँ बेच्दा त्योभन्दा धेरैमा बिक्री हुन्छ ।”

    उपयुक्त हावापानीका कारण पनि मनकामनाको सुन्तला लामो समयसम्म बोटमा अड्ने गरेको उहाँको भनाइ छ । “ढिलो गरी बिक्री गर्दा होलसेलभन्दा खुद्रामा बढी बिक्री गरिन्छ, श्रेष्ठले भन्नुभयो, “फागुनको पहिलो हप्तासम्म पनि बोटैबाट सुन्तला टिपेर खान पाउँदा उपभोक्ता पनि खुशी हुन्छन्, राम्रो मूल्य आउने भएपछि किसानलाई पनि फाइदा ।”

    उहाँले सुन्तलाको मौसम सकिँदासमेत बोट सुन्तला पाउने भएपछि उपभोक्तालाई त्यसको चिज हुने भएकाले जति पछि उति राम्रो मूल्य पाउने गरेको बताउनुभयो । मनकामना क्षेत्रमा उत्पादन हुने सुन्तलाको बजारका लागि पनि कुनै समस्या नहुने अर्का किसान रुद्रबहादुर थापाको भनाइ छ । “ठेकेदार आउँछन्, सुन्तलाको बगैँचा नै ठेक्का लिन्छन् र अगाडि नै पैसा दिएर आफैँले बोटको सुन्तला टिपेर लैजान्छन्, किसानलाई कुनै समस्या हुँदैन”, उहाँले भन्नुभयो । बजारमा राम्रो मूल्य, उपभोक्ताको रोजाइ र उत्पादनका हिसाबले राम्रो उत्पादन हुने भएकाले मनकामना क्षेत्रमा सुन्तला व्यावसायिक खेतीसमेत बढ्दै गएको थापाले जानकारी दिनुभयो ।

    मनकामना क्षेत्रमा अझै पनि १५ प्रतिशतभन्दा सुन्तला बोटबाटै टिप्न बाँकी रहेको ढाटबारी कृषि सहकारी संस्थाका अध्यक्ष कृषि आलेले जानकारी दिनुभयो । उहाँले मनकामना क्षेत्रको सबै सुन्तला बजारमा पग्न बाँकी नै रहेको भन्दै यस वर्ष कति उत्पादन भएको त्यसको तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो ।

    “यहाँ हरेकको बारीमा कम्तीमा १० वटा भन्दा धेरै सुन्तलाका बोट छन्, उहाँले भन्नुभयो, “त्यसबाट एउटै परिवारले वार्षिक थोरैमा रु ५० हजारदेखि २३ लाख सम्म कमाउने गर्दछन् ।” अन्य ठाउँको सुन्तलालाई समेत व्यापारीले मनकामनाको सुन्तला भनेर बिक्री गर्न थालेको भन्दै अहिले त्यस क्षेत्रको सुन्तलाको पहिचान जोगाउन किसानले सुन्तलामा स्टिकर टाँसेर बजारमा पठाउने गरेकासमेत छन् ।

    मनकामनामा उत्पादित सुन्तलाको ‘ब्रान्ड चोरेर अन्यत्रको सुन्तलाको बिक्री बढेपछि जिल्ला कृषि विकास कार्यालय गोरखाको प्राविधिक सहयोगमा साना किसान कृषि सहकारी संस्थाले यस वर्षदेखि मनकामनाको सुन्तलामा स्टिकर (लोगो) टाँसेर बजारमा बिक्री गर्न शुरु गरेको छ । सुन्तलामा लोगो टाँस गर्न साना किसान कृषि सहकारीले रु छ लाख र जिल्ला कृषि विकास कार्यालयमार्फत प्याक्ट कार्यक्रममार्फत रु १० लाखले उपलब्ध गराएको थियो ।

    मनकामना क्षेत्रमा अहिले करीब ९८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो । “जिल्लाको कूल सुन्तला उत्पादनमध्ये मनकामना क्षेत्रमा मात्रै ५५ प्रतिशत सुन्तला उत्पादन हुन्छ, उहाँले भन्नुभयो, “अन्य क्षेत्रको सुन्तलाभन्दा मनकामनाको सुन्तलाको बजार बढी माग हुनेसमेत गर्दछ ।”

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.