×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

ठेक्का रद्द गरी मध्यपहाडीलाई हस्तान्तरण गरिदै

  •  
  • मङ्गलबार, माघ २९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • निबेल–पालुङटार खण्ड

    नरेन्द्र ढकाल/गोरखा

    माघ २९ गते । एघारकिलो–छेवेटार–भाँलुस्वाँरा–बारपाक सडक योजना अन्र्तगत पर्ने २४ किलो मिटर सडक मध्यपहाडी आयोजनालाई बुझाउने तयारी गरिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सोही सडक हुँदै जाने भएपछि निर्माणको काम स्थगित गरी योजना हस्तान्तरण गर्न लागिएको हो । ‘अहिले जुन अबस्थामा छ त्यहीँ अबस्थामा बुझाउने हामीले निधो गरेका छौं’ एघार किलो–छेवेटार–भाँलुस्वाँरा–बारपाक सडक योजना कार्यालयका प्रमुख रबिन्द्रलाल दासले भने ‘अहिले लगानी ग¥यो पछि फेरी मध्यपहाडीले भत्काउछ सबै भन्दा राम्रो अहिले नै स्थगित गरी बुझाइदिऔं भने उसले आफ्नो स्टान्डरमा रोड बनाउछ ।’

    मध्यपहाडीको पालुङटार–निबेल खण्डमा पर्ने उक्त सडकका विभिन्न खण्डमा लामो समय देखि ठेक्का सञ्चालन भइरहेको छ । तर काम भने पुरा हुन सकेको छैन । ‘अहिले फाइल हेर्दा कागजमा ६० प्रतिशत काम भएको देखिन्छ’ उनले भने ‘कन्टूायाक्टरले सोही अनुसार भुक्तानी पाउँछ । अहिलेकै कामको मेजरमेन्ट गरी पैसा दिने हो ।’ हालको नापजाँच अनुसार सम्बन्धित निर्माण व्यवसायीलाई आवश्यक रकम भुक्तानी दिने बारेमा सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

    ४० प्रतिशत काम बाँकी रहेको त्यहाँ ठेक्का रद्द गरी आयोजनालाई बुझाउन लागिएको हो । जसले गर्दा राज्यको ठुलो रकम खेर जानबाट जोगिने उनको तर्क छ । ‘मध्यपहाडीको डिजाइन र स्टान्डर जुन छ त्यो हाम्रो सडकसँग म्याच खादैन’ योजना प्रमुख दासले भने ‘मध्यपहाडीको सडक टोटल ९ मिटर चौडा हुन्छ । तर हामीले बनाउने यो सडक धेरै सानो हुन्छ ।’ मध्यपहाडीको मापदण्ड नपुगेपछि पुनः भत्काएर बनाउनु पर्ने भएकोले अहिले नै काम रोकेर ठेक्का रद्द गर्न लागिएको उनले बताए । उक्त ठेक्का रद्द गरेपछि मध्यपहाडीले नछुने ठाउँमा मात्र सडक कालोपत्रे गर्ने कार्यालयको तयारी छ । विभिन्न ४ खण्डमा काम गरेपनि मसाने ठाँटी–सात दोबाटोको करिब ७ किलोमिटर सडकको बाहेक अधिकाशं खण्डमा काम सम्पन्न भइसकेको कार्यालयले जानकारी दिएको छ । उक्त ठेक्का रद्द गर्दा राज्यको ४ करोड भन्दा बढि रकम दुरुपयोग हुनबाट बच्ने योजना प्रमुख दासको दाबी छ ।

    सडक हस्तान्तरणका लागि मध्यपहाडी आयोजनाका दिपक गिरीसँग छलफल गरी छिट्टै डिपिआर गर्ने निर्णय भएको उनले बताए । अब उक्त समस्या टुंगिइसकेकोले मध्यपहाडीलाई काम सुरु गर्ने बाटो समेत खुल्ला भइसकेको उनको भनाई छ । ‘अबको ४÷५ दिनमा हामी ह्याण्डओबर गर्छौैं’ उनले भने ‘डिपिआर बनाउने उहाँहरुको काम अब सुरु गर्न पनि सक्नुहुन्छ ।’ मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखामा पर्ने ६४ किलोमिटर सडक मध्ये २८ किलोमिटर सडकको सोही कारण अहिले सम्म काम सुरु हुन सकेको छैन । जिल्लाका कतिपय खण्डहरु निर्माण सम्पन्नको तयारीमा रहँदा निवेल–पालुङटार खण्ड मध्यपहाडीको जिम्मामा नआएका कारण हालसम्म काम सुरु हुन नसकेको हो । त्यहाँ डिपिआर समेत हुन सकेको छैन ।

    यता मध्यपहाडी आयोजनाका सूचना अधिकारी विष्णु पाण्डेले हाल सम्म उक्त खण्ड आयोजना मातहतमा नआएको भन्दै जति छिटो हस्तान्तरण हुन सक्यो उति छिटो काम सुरु हुने बताएका छन् । ‘अहिले सम्म हाम्रो जिम्मा आएको छैन’ उनले भने ‘यदी उहाँहरुले बुझाउनु भयो भने हामी तुरुन्त डिपिआर निर्माण गरी काम सुरु गरिहाल्छौं ।’ पूर्व पाँचथरको चियो भञ्जाङ देखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ७ सय ५० किलोमिटर लामो राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग लमजुङसँगको सिमाना चेपेबाट पालुङटार–निबेल–घ्याम्पेसाल–आरुघाट हुँदै बुढीगण्डकीको धादिङ जोडिनेछ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.