×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

के यिनी साँच्चिकै अरबौँ रूपैया बराबरको क्रिप्टोकरेन्सी लिएर स्वर्ग गए ?

  •  
  • बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    गेराल्ड कोटेनको डिसेम्बर ९ मा भारतमा मृत्यु भयो र उनले अरबौं साइबर मुद्राको पासवर्ड कसैलाई छोडेनन्

    क्रिप्टोकरेन्सी भनिने भौतिक अस्तित्व नभएको डिजिटल मुद्रा खतरापूर्ण नै मानिन्छ तर क्यानडाको घटनाक्रमले भने नयाँ जोखिम देखाएको छ।

    क्वाडरिगा नामक क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूको लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी मुद्रा गायब हुने देखियो। कारण थियो झण्डै छ अर्ब १३ करोड नगदसहित सो मुद्रा कहाँ छ भनेर थाहा पाउने पासवर्डका बारेमा कोहीसँग जानकारी थिएन।

    खासमा त्यो ‘खजानाको साचो’ गएको डिसेम्बरमा भारत भ्रमणका क्रममा अचानक मृत्य् भएका क्वाडरिगाका स‌‌ंस्थापक गेराल्ड कोटेनसँगै स्वर्ग गएको हुनसक्छ।

    तीस वर्षीय कोटेन एक्लैले क्वाडरिगाको कोष र मुद्राको व्यवस्थापन जिम्मेवारी लिएको कम्पनीले बताएको छ।

    क्वाडरिगा कम्पनीले क्यानडाको नोभा स्कटिया सर्वोच्च अदालतलाई बताए अनुसार अरबौं मुद्रा कहाँ छन् भनेर पत्ता लगाउन सकिएको छैन।

    बिटक्वाइनक्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल मुद्रा हो

    कोटेनकी विधवा जेनिफर रोबर्टसनले आफ्नो पतिले क्वाडरिगासम्बन्धी कार्य गर्ने कम्प्युटर इन्क्रिप्ट गरिएको र आफुलाई त्यसको पासवर्ड थाहा नभएको बताएकी छिन्।

    “पटक पटकको प्रयासपछि पनि मैले कतै पनि उनले केही लेखेको कुरा पत्ता लगाउन सकेकी छैन,” उनले अदालतलाई दिएको बयानमा लेखेकी छिन्।

    विलम्ब र समस्या

    पाँच वर्ष पहिले स्थापना भएको क्वाडरिगा गएको वर्ष आर्थिक समस्याग्रस्त भएको थियो।

    क्यानेडाली टिभी सीएनबीसीका अनुसार कम्पनीमा तरलता समस्या आएको थियो र यो वर्षको शुरुवातमै सीआईबीसी ब्याङ्कले एक अर्ब ७५ करोड रोक्का गरेको थियो।

    गएको हप्ता कम्पनीले आफ्नो मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा दायर गरेको थियो।

    भ्यानकुभरमा भएको संसारकै पहिलो क्रिप्टोकरेन्सी एटीएमक्यानडामा सन् २०१३ मा पहिलो क्रिप्टोकरेन्सी एटीएम स्थापना भएको थियो

    क्वाडरिगाका एक लाख १५ हजार सदस्य छन् जसमा व्यवसायिक लगानीकर्तादेखि बचत गर्ने सामान्य नागरिकहरू समेत छन्।

    विज्ञहरूका अनुसार उनीहरूको लगानी सुरक्षित हुने सम्भावना निक्कै कम छ।

    “मानिसहरूले मलाई पत्र र फोनमार्फत आफ्नो अवकासपछिका लागि बचत गरेको पैसा गुमेको भनिरहेका छन्,” डिजिटल फाइनान्स इन्स्टिट्युटका संस्थापक अधिवक्ता क्रिस्टिन डुहाइमले सीबीसी टिभीलाई भनिन्।

    “क्वाडरिगा पुरानो कम्पनी थियो र मानिसहरूले यसलाई सुरक्षित मानेका थिए।”

    भारतको जयपुरमा सामाजिक कार्यका लागि भ्रमण गरिरहेका कोटेनको मृत्यु भएको भन्ने खवर कम्पनीको वेबसाइट र फेसबुक पेजमा राखिएको थियो। जयपुरमा कोटेन अनाथालय खोल्न चाहिरहेको बताइएको थियो।

    उनको पाचन प्रणालीमा आएको गम्भीर समस्याका कारण मृत्यु भएको बताइएको छ।

    कोटेलको इच्छापत्र

    द ग्लोब एण्ड मेल पत्रिकाका अनुसार कोटेलले मृत्युको दुई हप्ता पहिले नोभेम्बर २७ मा श्रीमती रोबर्टसनलाई सबै सम्पतिको मालिक बनाउने लेखिएको आफ्नो इच्छापत्रमा हस्ताक्षर गरेका थिए।

    इच्छापत्रमा कोटेनको दुई कुकुरहरूका रेखदेखका लागि लगभग ६६ लाख छुट्टाइए पनि क्वाडरिगाको कोषको बारेमा लेखिएको छैन।

    बिटक्वाइनबिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीहरूको हालैका दिनमा अवमूल्यन भएको छ

    मुद्रा पुनःप्राप्ति कोशिस

    क्वाडरिगा प्रयोगकर्ताहरूले कम्पनीले कोटेनको मृत्युपछि पनि लगानी स्वीकार गरेकोमा रोष प्रकट गरेका छन्।

    कम्पनीले मुद्रा पुन:प्राप्तिका लागि प्रयास गर्न एकजना डिजिटल अनुसन्धानकर्तालाई काममा लगाएको बताएको छ।

    तर अनुसन्धानकर्ताले कोटेनको फोन र कम्प्युटरको सहारामा थोरै मुद्रामात्रै खोज्न सकेको बताइएको छ।

    अदालतमा पेश गरिएको कागजातका अनुसार क्वाडरिगाले चोरीबाट बच्न धेरै जसो मुद्रा इन्टरनेटमा राखेको थिएन्।

    गएको बिहिवार वेबसाइटमा राखिएको सूचनाका अनुसार क्वाडरिगाले तरलता समस्या समाधान गर्न प्रयास गरिरहेको र हराइरहेको मुद्रा खोज्न पनि यथासम्भव प्रयास गरेको बताएको छ।

    बढ्दो अवमूल्यन

    क्वाडरिगाको समस्या क्रिप्टोकरेन्सीहरूले अवमूल्यनको समस्या भोगिरहेको बेला आएको छ।

    सबैभन्दा चर्चित बिटक्वाइनको सन् २०१७ को डिसेम्बरमा २३ लाख रुपैयाँ बराबर पुगेकोमा अहिले चार लाख मात्रै छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.