- १३ लाख बरावर नाफा गर्न सफल
कैलासबावु श्रेष्ठ/गोरखा
माघ १८ गते । गोरखा उद्योग बाणिज्य संघले शुक्रबार दशौं गोरखा महोत्सवको हिसाब सार्जनिक गरेको छ ।
संघमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै संघले उत्त महोत्सवबाट १३ लाख ६२ हजार ९ सय २५ रुपैयाँ ५० पैसा नाफा कमाउन सफल भएको कोषाध्यक्ष प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिएँ ।
गएको पौष ५ गते देखी १४ गते सम्म गोरखा सदरमुकाममा भएको दशौं गोरखा महोत्सवमा संघले ७७ लाख २३ हजार १ सय ५० रुपैयाँ आम्दानी गरेकोमा ६३ लाख ६० हजार २ सय २४ रुपैयाँ ५० पैसा खर्च भएको हिसाब पत्रकार सम्मेलन गरी सावजनिक गरेको थियो ।
संघले महोत्सवमा सहयोग गर्ने तथा मुख्य प्रायोजक देखी प्रायोजकहरु सम्मले हाल सम्म पनि भूक्तानी नदिदा २१ लाख ५६ हजार रुपैयाँ लिन बाँकी रहेको समेत जानकारी दिएको छ ।



