×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भूकम्पले भत्काएका सरकारी कार्यालय पुर्ननिर्माण हुँदै

  •  
  • बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    माघ १७ गते । भूकम्पले भत्काएका सरकारी कार्यालय निर्माणको काम तिब्र रुपले भइरहेको शहरी आवास तथा भवन डिभिजन कार्यालयले दाबी गरेको छ । भूकम्पले भत्काएका विभिन्न सरकारी कार्यालयको भौतिक प्रगती ७० प्रतिशत भन्दा बढि रहेको जिल्ला आयोजना कार्यान्यवन इकाई भवनका इन्जिनियर युवक श्रेष्ठले जानकारी दिए । जसअनुसार एसियाली बिकास बैंकको आर्थिक सहयोगमा निर्माणाधिन साबिकको जिल्ला कृषि कार्यालय, जिल्ला हुलाक कार्यालय, सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय गोरखा तथा जिल्ला भू–संरक्षण कार्यालय गोरखाको ७० प्रतिशत भौतिक प्रगती भएको उनको भनाई छ । ती कार्यालयहरुको वित्तिय प्रगती भने ४२ प्रतिशत छ । कुल १८ करोड १७ लाख ८१ हजार बजेट विनिजन भएकोमा हालसम्म ७ करोड ६ लाख २५ हजार रकम खर्च भएको श्रेष्ठले जानकारी दिए । यसैगरी जिल्ला अदालतको भवन निर्माण तर्फ भने ४५ प्रतिशत भौतिक तथा ४१ प्रतिशत वित्तिय प्रगती भएको छ । १६ करोड ५४ लाख १४ हजार बजेट विनियोजन भएको त्यहाँ हालसम्म ६ करोड ६६ लाख ३८ हजार रकम खर्च भएको शहरी आवाश तथा भवन डिभिजनको तथ्याङ्क छ ।

    यसैगरी नेपाल सरकारको विनियोजन गरेको बजेटबाट जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय निर्माण भइसकेको छ । उक्त कार्यालय निर्माणका लागि १ करोड ८७ लाख ११ हजार बजेट विनियोजन भएको थियो  । जिल्ला प्रशासन कार्यालयको क्वाटर निर्माणाधिन अबस्था छ ।

    उक्त क्वाटरको ९७ प्रतिशत भौतिक तथा ५९ प्रतिशत वित्तिय प्रगती भएको भवन इन्जिनियर श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको क्वाटर निर्माणका लागि २ करोड २६ लाख २९ हजार बजेट बिनियोजन भएकोमा अहिलेसम्म १ करोड ३३ लाख ३६ हजार खर्च भएको छ । पश्चिमाञ्चल सिंचाई डिभिजन कार्यालयको क्वाटर निर्माणको काम ९० प्रतिशत सकिदा त्यहाँ ५६ प्रतिशत वित्तिय आर्थिक काम सम्पन्न भएको छ । उक्त क्वाटर निर्माणका लागि १ करोड ७२ लाख बजेट बिनियोजन भएकोमा हालसम्म त्यहाँ ९६ लाख ५ हजार खर्च भएको छ ।

    यसैगरी भूकम्पमा ज्यान गुमाउनेहरुहको सम्झनामा केन्द्रबिन्दु बारपाकमा निर्माणाधिन भूकम्प स्मृती पार्क ३० प्रतिशत भौतिक प्रगती हुनुका साथै २८ प्रतिशत आर्थिक काम सम्पन्न भएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । उक्त पार्क निर्माणका लागि सरकारले १३ करोड ६ लाख ३४ हजार बजेट बिनियोजन गरेको हाल सम्म त्यहाँ ३ करोड ६६ लाख ५० हजार खर्च भएको छ ।

    मुलुक संघियतामा गएपनि सरकार पुरानो कार्यक्रम भएकाले साबिकका कार्यालयहरु निर्माण गरिएको हो । भर्खरै निर्माण सम्पन्न भएको जिल्ला भू–संरक्षण कार्यालयको जिल्लामा कार्यालयन नहुने भएको छ । अन्य कतिपय कार्यालयको भवन पनि प्रयोग बिहिन हुन सक्ने कतिपयको आशंका छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.