गोरखा समाचारदाता
शहिद दिवशका अवसरमा गोरखामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा दिवशका अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना नभएपनि केहि युवा संस्थाहरुले संयुक्त रुपमा सदरमुकाममा दिपप्रज्वलन कार्यक्रम गरेका हुन् ।
लियो क्लब अफ गोरखा, गोरखा जेसिज गोरखा, रोट्ररयाक्ट क्लब अफ गोरखाले बुधबार हरमटारी चोकमा दिप प्रज्वलन आयोजना गरेका छन् । कार्यक्रममा आयोजक क्लबहरुका अध्यक्ष, पदाधिकारी एवम सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो भने लायन्स क्लब अफ गोरखाका सचिव लक्ष्मण आचार्यको प्रमुख आतिथ्यता रहेको लियो क्लबका अध्यक्ष यम बहादुर बसेलले जानकारी दिए ।
त्यस्तै दिवशकै अवसरमा लियोले गोरखा नगरपालिका ३ नारेश्वरको विन्दवासिनी माविका फरक क्षमता भएका र विपन्न गरी ३० जनाभन्दा बढि विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरेको अध्यक्ष बसेलले बताए ।




















