गोरखा समाचारदाता
माघ १७ गते । आँबुखैरेनीमा आजबाट आदीवासी जनजातीको ‘आँबुखैरेनी सांस्कृतिक महोत्सव’ हुने भएको छ । नेपाल आदीबासी जनजाती आँबुखैरेनी गाउँ समन्वय परिषदको आयोजनामा आजबाट माघ २७ गते सम्म महोत्सव आँबुखैरेनी–३, सैबोटेमा हुने भएको आयोजनक समितिका प्रवक्ता मिलन भूजेलले जानकारी दिए । महोत्सवको एक समारोहकाबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले उद्घाटन गर्ने कार्यक्रम तय भएका छ ।
‘अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान’ भन्ने मूल नाराका संचालन गर्न लागिएको महोत्सवमा यस क्षेत्रका ती समुदायहरुको भाषा, संस्कृतिको जर्गेना, पहिचान र संरक्षणमा टेवा पुरयाउने उद्देश्य तथा जनजाती समुदायको संग्रालय भवन निर्माणको लागि आयोजना गरिएको महोत्सव मुल आयोनक समितिका संयोजक रेशम भूजेलले बताए ।
महोत्सवमा १ सय ४६ वटा स्टल रहने र १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाहरुको प्रस्तुती, स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमूना घर, खानाका परिकार, भेषभूषा, धार्मिक एवंम पर्यटकीय स्थलको अवलोकन, कौंरा प्रतियोगिता, रमाईलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, भजन प्रतियोगिता लगाएत महोत्सवको मुख्य आर्कषण रहेका छन् ।


