गोरखा समाचारदाता
माघ १६ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ राङरुङमा निर्माण सम्पन्न खानेपानी आयोजना स्थानियबासीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि फिनल्याण्डका राजदुत पोटी एन्टिनेटले खानेपानी आयोजना स्थानिय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त आयोजना कुल कुल ८ लाख १५ हजार १ सय ४० रुपैयाको लागतमा निर्माण सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष राम बहादुर गुरुङले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि उपभोक्तहरुको जनश्रमदान समेत रहेको उहाँले बताउनुभयो । आयोजना सगंै प्रत्येक घरमा धारा समेत निर्माण भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यनिसेफको सहयोगमा निर्माण भएको खानेपानी आयोजनाले त्यसक्षेत्रका बासिन्दालार्ई सजिलो हुने भएको छ ।
भुकम्पपछि खानेपानी क्षेत्रमा खानेपानीको समस्या भएपछि त्यहाँ खानेपानीको आयोजना निर्माण गरिएको हो । युनिसेफ र श्री स्बारा सघन गाउँ बिकास केन्द्र गोरखाको साझेदारी आयोजना निर्माणको काम सम्पन भएको हो ।


