×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आईफोनमा समस्या: प्रयोगकर्तालाई थाहै नदिई जासुसी गर्न मिल्ने खराबी देखिएको एपलले गर्‍यो स्वीकार

  •  
  • बुधबार, माघ १६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    डेभ लीउत्तर अमेरिका प्रविधि सम्वाददाता

    आईफोन उत्पादक एपलले आफ्नो फेसटाइम नामक कुराकानी गर्ने एपमा प्रयोगकर्ताले कल नउठाएपनि केही समयका लागि जासुसी गर्न मिल्ने समस्या रहेको स्वीकार गरेको छ।

    केही अवस्थामा आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो पनि पठाउने गरेको पाइएको छ।

    एपलले यसको समाधानका लागि यही साता आइफोनको सफ्टवेएर अद्यावधिक गर्ने बताएको छ।

    अद्यावधिक नभएसम्मका लागि भने एपलले फेसटाइममा एकैपटक दुई जना भन्दा बढी प्रयोगकर्ताले कुरा गर्न मिल्ने सुविधा हटाएको देखिएको छ।

    प्रविधिसम्बन्धी एउटा ब्लगले सार्वजनिक गरेको उक्त समस्या दुवै प्रयोगकर्ताले १२.१ वा त्यो भन्दा नयाँ भर्सनको मोबाइल अपरेटिङ प्रणाली भएको आइफोन प्रयोग गरेको अवस्थामा देखा पर्ने बताइएको छ।

    ‘राष्ट्रिय गोपनीयता दिवस’

    समूहमा वार्तालाप गर्दा सो एपले समूहमा निम्ताउनेबित्तिकै प्रयोगकर्ताले कल नउठाएपनि आफै मोबाइलको माइक्रोफोनलाई सक्रिय गराइदिने कारणले गर्दा यो समस्या देखिएको हो।

    कल नउठेर घण्टी जान बन्द भएपछि माइक्रोफोन पुन: आफैँ बन्द हुन्छ।

    कल काट्दा वा कल आइरहेको बेलामा मोबाइल फोन बन्द गर्दा भने प्रयोगकर्ताको जानकारीबिना छोटो भिडियो कल गर्ने प्रयोगकर्तालाई पठाइने सो ब्लगले बताएको छ।

    “हामीले समस्याका बारेमा थाहा पायौँ र हामीले यसको समाधान निकालेका छौँ जुन यो साता नै अद्यावधिक गरिने छ,” एपलले एक प्रेस विज्ञप्तिमा भनेको छ।

    सामाजिक सञ्जालहरूमा ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेसहित अन्यले फेसटाइमलाई निष्क्रिय पार्न सुझाव दिएका छन्।

    फेसटाइमलाई आइफोनको सेटिङमा गएर निष्क्रिय बनाउन सकिन्छ।

    लास भेगासमा एपल कम्पनीले राखेको प्रचार सामग्रीलास भेगासमा एपल कम्पनीले राखेको प्रचार सामग्री

    एपलका प्रमुख टिम कूकले नेतृत्व गरेर अमेरिकामा मनाइएको राष्ट्रिय गोपनीयता दिवसकै दिन आइफोनमा रहेको यस्तो गोपनीयता भङ्ग हुने समस्या सार्वजनिक भएको हो।

    “आजको दिनमा गोपनीयता संरक्षणका लागि काम गर्न र सुधार गर्न माग गरौँ,” उनले ट्विटरमा लेखेका छन्।

    हालै लास भेगासमा भएको इलेक्ट्रोनिक्ससम्बन्धी ठूलो व्यापार तथा प्रविधि प्रदर्शनीमा एपलले आफ्ना उत्पादनहरूको गोपनीयतासम्बन्धी उच्च क्षमताबारे प्रचार गरेको थियो।

    एपलले सो प्रदर्शनीमा भाग नलिए पनि नजिकै ठूलो प्रचार सामग्री राखेको थियो जसमा लेखिएको थियो, “तपाईँको आइफोनमा जे हुन्छ, त्यो आईफोनमै रहन्छ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.