काठमाडौँ — पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले विगत २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग सरकारले अविलम्ब पूरा गर्नुपर्ने बताएकी छिन् ।
डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शिक्षण अस्पताल पुगेकी कार्कीले डा. केसीकै आन्दोलनका कारण चिकित्सा शिक्षामा धेरै सुधार आएकाले उनको मागलाई कुनै पार्टीको बिल्ला लगाउन नहुने बताएकी थिइन्।
‘डा. केसी एक सन्यासी रहेकाले उनको माग पूरा गर्दा कसैको हार हुँदैन सबैको जित नै हुन्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि यो कुरा राम्रोसँग बुझ्नुभएको छ जस्तो मलाई लाग्छ।’उनले डा. केसीको माग पूरा नभए सम्पूर्ण नेपालीको मनमा चोट लाग्ने पनि बताएकी थिइन्।
kantipur


