×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि…

  •  
  • बुधबार, माघ १६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रोल्पा, माघ १६ गते । रोल्पामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

    गत वर्ष सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या ३१२ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । यस्तो सेवा लिनेमध्ये अधिकांश किशोरी रहेका छन् । पहिलो पटक गर्भ रहेकै बेला उनीहरुले यस्तो सेवा लिएको छ । सन्तानको रहर पुगेर गर्भपतन गराउनेभन्दा पहिलो पटक गर्भ हुनेले गर्भपतन गराउनेको सङ्ख्या धेरै देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

    आर्थिक वर्ष २०७३/०७४ मा ३७७ महिलाले स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएका थिए भने सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ३१२ थियो ।

    “उमेर नपुग्दै विवाह गरेका गर्भवती किशोरीले सबैभन्दा बढी असुरक्षित गर्भपतन गराउने गरेको छ”, स्वास्थ्यकर्मीहरु भन्छन्, “अधिकांशलाई निश्चित अवधिको गर्भपतन गर्न पाइन्छ भन्ने जानकारी नै छैन, जानकारी भएका पनि गोपनीयता भङ्ग हुने डरले स्वास्थ्य केन्द्रमा आएर गर्भपतन सेवा लिन नचाहेको हो । ”

    स्वास्थ्य संस्था बाहिर अवाञ्छित गर्भपतन गराउनेको सङ्ख्या ठूलो रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डा सुशील आचार्यले बताउनुभयो । असुरक्षित ढङ्गले घरमै वा औषधि पसलमा गर्भपतन गराउनेको सङ्ख्या योभन्दा धेरै हुन सक्छ डा आचार्यले भन्नुभयो । सूचीकृत स्वास्थ्य संस्था गएर गर्भपतन गराउन झन्झट मान्ने तथा गोपनीयता भङ्ग हुने डर भएका कारण जिल्ला बाहिर गएर पनि गर्भपतन गराएको बुझिन्छ डा आचार्यले भन्नुभयो ।

    असुरक्षित गर्भपतन गराएर थप स्वास्थ्य समस्या भएकाले उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको बताइन्छ । अघिल्लो वर्ष यसरी गर्भपतन गराएर स्वास्थ्य संस्थामा आउने महिलाको सङ्ख्या ७० रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    गर्भवती जाँच गराउनेमध्ये २० वर्षमुनिका किशोरी धेरै देखिएका छन् । विवाह नहँुदै शारीरिक सम्पर्क गर्न बाध्य पारिने तथा सानै उमेरमा विवाह गरी अनिच्छित गर्भधारण गर्न बाध्य किशोरीमा यस्तो समस्या देखिने गरेको बताइन्छ । बालविवाहले असुरक्षित गर्भपतनलाई समेत बल पु¥याइरहेको देखिन्छ ।

    असुरक्षित गर्भरोधकको रुपमा परिवार नियोजनका साधनलाई लिइए पनि रोल्पामा यसको प्रयोगकर्ताको सङ्ख्या भने ४० प्रतिशत मात्रै रहेको बताइन्छ । जिल्लामा २६ प्रतिशतले इम्प्लान्ट प्रयोग गर्ने गरेको देखिएको छ । यसैगरी २४ प्रतिशतले कण्डोम प्रयोग गर्दछन् । पिल्स र आइयुसिडी प्रयोगकर्ता क्रमशः ६ र ४ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या १७ प्रतिशत रहेको छ । सबै अस्थायी साधन प्रयोगमा किशोरीको आकर्षण बढ्दै गएको देखिन्छ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डागीले भन्नुभयो । जिल्लामा अघिल्लो वर्ष ५५३ किशोरीले यो सेवा लिएका थिए । मातृमुत्यु दर कम गर्न सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएको छ । अझै पनि सात प्रतिशत मृत्यु असुरक्षित गर्भपतनकै कारण हुने गरेकाले बताइन्छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.