×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

पालुंटारमा उद्योग वाणिज्य संघ र चेम्बरको घम्साघम्सी

  •  
  • मङ्गलबार, माघ १५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • एकै मितिमा दुई महोत्सव

    नरेन्द्र ढकाल/गोरखा

    माघ १५ गते । जिल्लाको पालुंटारमा एकै मितिमा दुईवटा महोत्सव हुने भएको छ । केही समय यता आपसी प्रतिस्पर्धामा उत्रिएका गोरखा उद्योग वाणिज्य सघं र चेम्बर अफ कमर्सले एकै पटक छुट्टाछुट्टै महोत्सव गर्न तयारी गरेका हुन् । ‘हामीले पालुंटारमा महोत्सव गर्ने भनेर धेरै पहिले घोषणा गरेका थियौं’ चेम्बर अफ कर्मस पालुंटारका अध्यक्ष मानबहादुर पौडेलले भने ‘उहाँहरुले अस्ती भर्खर हाम्रो योजनालाई प्रभावित बनाउने गरी महोत्सवको मिति घोषणा गर्नु भयो ।’

    यता गोरखा उद्योग वाणिज्य संघ पालुंटार बजार इकाईले भने चेम्बरले नै महोत्सव भाड्न खोजेको दाबी गरेको छ । उद्योग वाणिज्य संघले सबै प्रक्रिया पुरा गरेर महोत्सव गर्ने घोषणा गरेपछि चेम्बरले मिति सारेर जुधाएको उसको आरोप छ । ‘यो निर्णय हामीले अशोज मै गरेका थियौं पुस ३० गते नगरपालिकाबाट स्वीकृती समेत लिइसकेका छौं, अस्ती ३ गते पत्रकार सम्मेलन मात्र गरेका हौं’ महोत्सव मुल समारोह समितिका संयोजक आशिष देवकोटाले भने ‘कहिले १४ गते गछौं भन्नु हुन्छ कहिले १ गते, उहाँहरुको कुरा के हो हामीले बुझ्न सकेका छैनौं ।’

    गत मंसिरको ७ गते बसेको चेम्बरको बैठकले फागुनको १४ देखि २१ सम्म पालुंटारमा महोत्सव गर्ने निर्णय गरेको थियो । सोही अनुरुप तयारी सुरु भइसकेका बेला गोरखा उद्योग वाणिज्य संघ पालुंटार बजार इकाईले बखेडा झिकेको गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले आरोप लगाएका छन । ‘यो सबै नियोजित षडयन्त्र हो, हाम्रो कार्यक्रम भाड्न उहाँहरु लाग्नु भएको छ’ उनले भने ‘मंसिरमा घोषणा भएको कार्यक्रम बिथोल्न १५ दिन अघि पत्रकार सम्मेलन गरी महोत्सव गर्ने तयारी गर्नु भएको छ रे भन्ने हामीले सुनेका छौं ।’

    गत माघ ३ गते उद्योग वाणिज्य सघंले आगामी फागुन ३ गते देखि १२ गतेसम्म पालुंटारमा महोत्सव गर्ने घोषणा गरेको थियो । नगरपालिकाबाट समेत स्वीकृती लिइसकेको र स्टल निर्माणका लागि आवश्यक सामाग्री आउने क्रम सुरु भएको उसको दाबी छ । ‘हाम्रो ९५ प्रतिशत तयारी भईसकेको छ । अब स्टल निर्माणको लागि सामानहरु पनि झर्न सुरु गरेको छ’ महोत्सव मुल समारोह समितिका संयोजक आशिषले भने ‘कलाकारहरुको लिस्ट फाइन गरी ब्यानर समेत बनाइसकेका छौं । अतिथिहरुलाई पत्राचार समेत गरिसकिएको छ ।’

    उद्योग वाणिज्य सघंले पत्रकार सम्मेलन गरी महोत्सवको मिति तय गरेपछि चेम्बरले पनि नयाँ मिति तोकेको छ । ‘हाम्रो सबै तयारी भइसकेको छ । हेलिकप्टर, ¥याटिङ, कलाकारहरु सबैको एग्रिमेन्टन गरिसके छौं’ चेम्बर अध्यक्ष मानबहादुरले भने ‘बाल उद्यान निर्माण देखि अतिथिहरुको लागि निमन्त्रणा समेत भइसकेको छ ।’ समयमै जानकारी गराएर कार्यक्रम आयोजना गरेपनि नगरपालिकाले पूर्वाग्रही व्यवहार देखाएको उनको आरोप छ ।

    दुबै आयोजकले पालुंटार नगरपालिका ५ को भवानी बहुमुखी क्यापस प्रागढमा महोत्सव गर्ने तयारी गरेका छन् । कार्यक्रमको लागि बोलाइएका कलाकार देखि अतिथिहरुको लिस्ट पनि एउटै देखिन्छ । तर कार्यक्रम भने फरक÷फरक भएपछि स्थानीय भने अन्यौलमा परेका छन् । गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठले भने इकाईले महोत्सव गर्ने भएकाले उक्त कुरा उनीहरुकै अधिकार भएको प्रतिक्रिया दिए । ‘साथीहरुले आधिकारिक रुपमा प्रस्ताव लिएर जानुभएको छ । नगरपालिकाले पनि स्वीकृती दिईसकेको छ भन्ने सुनेको छु’ उनले भने ‘अरुले के गरेको छ हामीलाई थाहा छैन ।’

    उता पालुंटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले भने मिलेर महोत्सव गर्न आग्रह गरेका छन् । दुई व्यापारिक सस्थाहरु विचको प्रतिस्पर्धाले गतल सन्देश गएको उनको टिप्पणी छ । ‘हामीले उहाँलाई मिलेर गर्नु भन्ने आग्रह गरिरहेका छौं’ उनले भने ‘यदि मिल्न सक्नु हुन्न भने आलोपालो गर्न सक्नु हुन्छ तर अनावश्यक बखेडा भने गर्न भएन ।’

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.