काठमाडौँ — पूर्व युवराज पारस शाहलाई तेस्रो पटक ह्रदयघात भएको छ । ह्रदयघात भएपछि मुटुको धमनीमा स्टेन्ट हालिएको छ । उनलाई यसअघि बैंककमा ह्रदयघात भएपछि स्टेन्ट हालिएको ठाउँमै यसपटक धमनीमा अवरोध देखिएको हो ।
उनलाई सोमबार दिउँसो ४.१५ बजे थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो ।
शाहलाई मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्ट र डाक्टर जेपी जैसवालको निगरानीमा स्वास्थ्य उपचार जारी राखिएको छ। उनको मुटुमा २०७२ साल साउन १० गते नर्भिकमै मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर(आईसिडी) समेत छातीमा प्रत्यारोपण गरिएको थियो ।
अस्पताल स्रोतका अनुसार उनको स्थिती स्थिर रहेको छ ।
kantipur


