×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाललाई ऐतिहासिक एकदिवसीय शृङ्खला, पारसको शतक

  •  
  • सोमबार, माघ १४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    माघ १४, २०७५ काठमाडौँ — कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेपछि तेस्रो तथा निर्णायक खेलमा यूएईलाई ४ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खलामा पहिलो जित हासिल गरेको छ ।

    घरेलु टोली यूएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। तीन खेलको शृङ्खला अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले शनिबार भएको दोस्रो खेलमा १ सय ४५ रनको विजय हासिल गरेको थियो।

    गत वर्षको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोट मार्फत् एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले त्यसपछि नेदरल्याण्ड्ससँग दुई एकदिवशीय खेलको शृङ्खला खेलेको थियो। जुन १-१ को बराबरीमा सकिएको थियो।

    ओपनर बिनोद भण्डारी ९ रनमा आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान पारसले ९६ बलमा शतक पूरा गरेका हुन्। उनले दोस्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ६२ रनको साझेदारी गरेका थिए।

    उनी एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी समेत बनेका छन्। पारसले १०९ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १५ रन बनाएर आउट भए।

    नेपालका लागि उपकप्तान मल्लले ३५ बलमा ३१, सन्दीप जोराले २० बलमा १९ र रोहितकुमार पौडेलले २४ बलमा १६ रन बनाए। आरिफ शेख २१ र सोमपाल कामी २६ रनमा अविजित रहँदै टिमलाई ऐतिहासिक जित दिलाए।

    यसअघि दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो।

    कमजोर सुरुआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले इनिङ उकासेका थिए। युएईले सुरुआती पावर प्लेको १० ओभरमा मात्र १४ रन बनाउँदा महत्वपूर्ण दुई विकेट गुमाएको थियो। उसका ओपनरहरु अस्फाक अहमदलाई सोमपाल कामी र चिराग सुरीलाई करण केसीले खाता खोल्नै दिएनन्।

    घुलाम सब्बरले १८ र मुहम्मद उस्मानले २६ रन बनाएर आउट हुँदा युएईले २०.२ ओभरमा ४७ रन जोडेर ४ विकेट गुमाइसकेको थियो। तर, चुन्दनगापोयिल र साइमन अनवारले पाँचौं विकेटका लागि १ सय रनको साझेदारी गरेका थिए। ४१.२ ओभरमा रिज्वन ४५ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका मोहम्मख बोतासँग मिलेर अन्वारले छैटौं विकेटका लागि ८० रनको साझेदारी गरेपछि युएईले सम्मानजनक स्कोर बनाएको हो।

    नेपाली कप्तान पारस खड्काको बलमा उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट हुनुअघि अन्वारले ७० बलमा ९ चौका र २ छक्काका साथ ८७ रनको उत्कृष्ट इनिङ खेले। बोता ३१ बलमा ५९ रनमा अविजित रहे। कप्तान मोहम्मद नाभिदले पनि अविजित ११ रन बनाए।

    बलिङतर्फ कप्तान पारस र करण केसीले २–२ विकेट लिए। सोमपाल कामी र सन्दिप लामिछानेले १–१ विकेट लिए।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.