×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नेपालका निकुञ्ज क्षेत्रमा सडक: विकास कि बाघ मृत्युको बाटो ?

  •  
  • सोमबार, माघ १४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    सुरेन्द्र फुयालबीबीसी नेपाली सेवा
    चितवन निकुञ्जमा कतिवटासम्म बाघ बस्न सक्लान्? त्यसविषयमा अध्ययनको खाँचो रहेको संरक्षण अधिकारीहरू बताउँछन् (तस्बिर: सागर गिरि)

    तराईको भूभागका राष्ट्रिय निकुञ्जभित्र बनाइएका राजमार्गहरूमा सवारी साधनको चाप बढ्न थालेका कारण विश्वमा संकटको सूचीमा राखिएको बाघ र अन्य दुर्लभ वन्यजन्तुको संरक्षण कार्य झनै चुनौतीपूर्ण बनेको छ।

    पूर्व-पश्चिम राजमार्ग र अन्य सडकहरूमा बढ्दो सवारी चापका कारण मध्य नेपालको पर्सा र चितवनदेखि पश्चिमका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपर विचरण गर्ने बाघ र अन्य दुर्लभ वन्यजन्तु बढ्दो रूपमा जोखिममा पर्न थालिसकेका निकुञ्जका अधिकारीहरुले बीबीसीलाई बताएका छन्।

    नेपालमा बाघ पाइने पाँचवटै निकुञ्ज तराईमा छन्। तर पश्चिम नेपालको बर्दिया निकुञ्ज बाहेक अन्य निकुञ्जमा निकुञ्जभित्रका राजमार्गमा हुँइकिने सवारीसाधनको गतिसीमा तोक्नेलगायतका पूर्वसावधानी अपनाइएको छैन।

    नेपालमा कति बाघ छन्?

    सन् २०१८ को सेप्टेम्बरमा सार्वजनिक पछिल्लो बाघ गणना अध्ययन प्रतिवेदन अनुसार तराई र चुरे क्षेत्रमा फैलिएका यी पाँच निकुञ्ज र ती वरपरका वन जङ्गलमा २३५ वटा वयस्क बाघ बसोबास गर्ने गरेका छन्।

    नेपालमा बाघको संख्यात्मक अनुमान
    निकुञ्ज क्षेत्र सन् २०१३ सन् २०१८
    पर्सा ७ १८
    चितवन १२० ९३
    बाँके ४ २१
    बर्दिया ५० ८७
    शुक्लाफाँटा १७ १६
    जम्मा १९८ २३५

    ती निकुञ्जहरूमा बाघ संरक्षण प्रयासहरू जोडतोडका साथ अघि बढाइएकोले सन् २०१३ को गणनाको करिब पाँच वर्षपछि ती निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा बढेको हो। सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ रहेको थियो।

    पछिल्लो सफलताले गर्दा सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर तुल्याउन सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा विश्वका बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता पूरा गर्न सहयोग पुग्नेमा नेपाली अधिकारीहरू ढुक्क छन्।

    तैपनि चुपचाप बस्न मिल्ने होइन।

    तराई क्षेत्रका बाघ पाइने निकुञ्ज वरपर बढ्दो जनसंख्या र पूर्वाधार विकासले बाघ संरक्षणमा चुनौती थोपर्न थालिसकेको छ। त्यस क्षेत्रमा निर्माणाधीन सडक, रेलमार्ग र विमानस्थल योजना अघि बढाउदा बाघ संरक्षणमा थप जोखिम निम्तिने खतरा टड्कारो छ।

    सवारी साधनबाट बाघलाई जोखिम

    प्रकृति संरक्षणप्रति नेपाल सरकारको प्रतिबद्धताकै कारण हुनसक्छ नेपालका राष्ट्रिय निकुञ्जहरूको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। निकुञ्ज क्षेत्रभर सैनिक पोस्टहरू राखिएका हुन्छन्। सैनिकहरूको टोलीले वन क्षेत्रमा गस्ती पनि गरिरहेका हुन्छन्।

    तर पश्चिम नेपालको बर्दिया निकुञ्जको अम्रेनी सैनिक पोस्ट नजिकै गत पुसको अन्तिम साता हुस्सु लागेको बिहानीको समयमा एउटा सानो ट्रकले राजमार्गको बीचमैँ एउटा बाघलाई अचानक ठक्कर दिन पुग्यो।

    बर्दियामा सवारीको ठक्करपछि घाइते भएको बाघगत पुस २७ गते विहान हुस्सु लागेको बेला एउटा सानो ट्रकले बर्दिया निकुञ्जभित्र अचानक बाघलाई ठक्कर दिन पुगेको थियो

    चालक र यात्रु आत्तिए। तुरुन्तै उनीहरूले निकुञ्जका सुरक्षाकर्मीलाई घटनाबारे जानकारी दिलाए। दाँत झरेर चोटपटक लागेको त्यो बाघ अचेत भएर सडक छेउ लडेको थियो। पछि त्यसलाई निकुञ्ज कर्मचारीले उद्धार गरेर उपचार थाले।

    त्यो बाघ अहिले खतरामुक्त भएको छ। तर त्यो बाघ पुन: बर्दियाको कर्णाली किनारको “प्राकृतिक वातावरणमा फर्किन नसक्ने” स्थितिमा छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्, “त्यसलाई बचाउने र सम्भवत: चिडियाखानमा राख्न सकिने तुल्याउन सकिने आशा छ।”

    बर्दिया निकुञ्जभित्रको राजमार्ग ‘बढी जोखिम’ किन?

    कर्णाली र बबई नदीको किनार र वरपरको ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। बर्दिया प्रसिद्ध हलिवुड अभिनेता लिओनार्दो दिकाप्रियोको एक प्रिय गन्तव्य पनि हो। यो निकुञ्जको भ्रमण गरिसकेका दिकाप्रियोको नाममा खोलिएको कोषले बर्दियाका बाघ संरक्षणमा पनि सहयोग गरिरहेको छ।

    पछिल्लो बाघ गणनाका क्रममा त्यहाँ ८७ वटा वयस्क बाघ विचरण गरिरहेको पाइएको थियो।

    २०७३ साल पुसमा बर्दियामा बसको ठक्करपछि मारिएको बाघबर्दिया निकुञ्जमा विभिन्न उपाय अपनाइएको भएपनि बेला बेलामा सवारीसाधनले दुर्लभ वन्यजन्तुलाई ठक्कर दिने क्रम रोकिएको छैन

    “तर निकुञ्जको माझमैँ पूर्व-पश्चिम राजमार्गको ४० किलोमिटर खण्ड परेकोले हामीलाई बाघ र अन्य दुर्लभ जन्तु बचाउन कठिन भइरहेको छ,” बरालले बीबीसीसँग भने। “बाघको प्रमुख बासस्थानमैँ राजमार्ग भएकोले पनि चुनौती थपिएको हो।”

    बाघको मुख्य बासस्थान क्षेत्रमैँ राजमार्ग परेकोले बाघ र अन्य वन्यजन्तुलाई सवारी साधनको ठक्करबाट बचाउने हेतुले बर्दिया निकुञ्जभित्र पर्ने राजमार्गमा गति सीमा तोकिएको छ। चालकहरूलाई सचेत गराउन सचित्र जानकारीहरू राखिएका छन्।

    त्यो खण्ड भएर गुड्ने सवारी साधनले ४० किलोमिटर प्रतिघन्टाको गतिसीमा नाघ्न पाउँदैनन्।

    तैपनि बेला बेलामा सवारी साधनले बाघ र अन्य वन्यजन्तुलाई ठक्कर दिने गरेका छन्। दुई वर्षअघि २०७३ साल पुसको पहिलो सातामा पनि बर्दियाको त्यही खण्डमा सवारीको ठक्करबाट एउटा बाघको मृत्यु भएको थियो।

    मृग र चित्तल जस्ता जनावर बाघका आहारा हुन्। तर सवारी साधनको ठक्करका कारण तिनको समेत ज्यान जाने क्रम जारी रहेको बरालले बताए।

    “हामीले कडा नियम बनाएपनि सवारीसाधनले वन्यजन्तुलाई ठक्कर दिन छोडेको छैन।”

    बाँके र शुक्लाफाँटाको अवस्था कस्तो छ?

    बर्दियाका जङ्गलमा बाघ यसरी घुम्छन्

    पछिल्लो बाघ गणनाको क्रममा बर्दियादेखि पूर्वतिर रहेको बाँके राष्ट्रिय निकुञ्ज र वरपरका वनमा २१ वटा बाघको गणना गरिएको थियो। बाँके निकुञ्ज ५५० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।

    पूर्व-पश्चिम राजमार्गको छोटो खण्ड बाँके निकुञ्जभित्र पनि पर्दछ। तर त्यहाँ बर्दिया निकुञ्जभित्र जस्तो सवारी साधनलाई गतिसीमा निर्धारण गरिएको छैन।

    तैपनि बाँकेमा सवारी साधनले बाघ वा अन्य संरक्षित वन्यजन्तुलाई ठक्कर दिएको घटना अहिलेसम्म नभएको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बीबीसीलाई बताए। “बर्दियामा जस्तो गतिसीमा तोकिसकेका छैनौँ, तर सैनिकको सहयोगले हामीले सवारी चालकहरूलाई सचेत गराउने गरेका छौँ, ” उनले भने।

    पूर्व-पश्चिम राजमार्गको निकै छोटो खण्डले सुदूर पश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पनि छुन्छ। त्यहाँ पनि निकुञ्ज सीमाभित्र बर्दियामा जस्तो सवारीका लागि गतिसीमा निर्धारण गरिएको छैन।

    त्यहाँ अघिल्लो वर्ष १६ वटा वयस्क बाघ गनिएका थिए। शुक्लाफाँटाका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले बीबीसीसँग भने, “हामीकहाँ त्यति जोखिम छैन। सानो क्षेत्र राजमार्गमा पर्छ। तर हामीले कडा नियम बनाइसकेका छैनौँ।

    चितवनमा पनि जोखिम

    बाघको जोडीचितवनमा विचरण गर्ने बाघलाई कुनै देशको सिमानाले रोक्दैन। ती सजिलै पर्सा वा भारतको विहारमा पर्ने वाल्मिकी बाघ आरक्ष पुग्दछन् (तस्बिर: सागर गिरि)

    नारायणी र रापती नदी किनारका वन जङ्गल र घाँसे मैदानमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्र बाघको अर्को महत्त्वपूर्ण बासस्थान हो। त्यहाँ पछिल्लो गणनामा ९३ बाघ पाइएका थिए।

    चितवन पारि भारतमा रहेको वाल्मिकी बाघ आरक्ष र पूर्वको पर्सा निकुञ्ज सहितको क्षेत्रलाई संरक्षणविद्हरूले बृहत् चितवन भन्ने गरेका छन्। यस क्षेत्रमा पहिले पहिले बाघलाई स्वतन्त्र र निर्बाध हिँडडुल गर्न कुनै छेकबार हुँदैन थियो।

    तर अहिले समय फेरिएको छ। चितवन निकुञ्जदेखि उत्तरतिर पर्ने महाभारत पर्वतमालादेखि दक्षिणतिरको वनलाई निकुञ्जका वनसँग जोड्ने जैविक मार्गको बीचैबाट पूर्वपश्चिम राजमार्ग अघि बढ्छ। बरन्डाभर वनबीचको राजमार्गमा अहोरात्र सवारी साधन हुँइकिरहेका हुन्छन्।

    “त्यहाँको वनबीचमा पर्ने चार किलोमिटर जति लामो राजमार्गमा हामीले अहिलेसम्म गतिसीमाबारे कुनै नियम बनाइसकेका छैनौँ,” चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बीबीसीसँग भने। “त्यसैले हप्तैपिच्छेजस्तो वन्यजन्तुहरू किचिने वा मारिने गरेका छन्।”

    “भाग्यवश त्यहाँ अहिलेसम्म सवारीको ठक्करले कुनै बाघ मरेको छैन।”

    तर उनीहरूको चिन्ता अलि बेग्लै प्रकारको छ। पछिल्लो गणनाको क्रममा चितवनको राजमार्गदेखि उत्तरतिरको वन क्षेत्रमा ६ वटा बाघ पाइए। हालै १६ दिनसम्म तिनिहरूको अनुगमन गर्ने क्रममा ती बाघले हत्तपत्त सडक पार नगरेको पाइयो।

    ढकालले भने, “त्यसले बाघको बासस्थान खण्डीकृत हुन (अर्थात् टुक्रा-टुक्रामा बदलिन) थालेको हो कि भन्ने चिन्ता थपिदिएको छ।” विज्ञहरू भन्छन् बाघको दीर्घकालीन संरक्षणको लागि उनीहरू कुनै सीमित वनमा मात्रै विचरण गर्नु हुँदैन।

    ९५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको चितवन निकुञ्जमा कसराबाट चुरे पर्वत पारि पर्ने माडी र ठोरी क्षेत्र जाने अर्को सडक पनि बनिसकेको छ। तर त्यो कच्ची सडकमा प्राय सवारीको चाप कम रहने भएकोले अहिलेसम्म वन्यजन्तुलाई जोखिम बढिसकेको छैन।

    पर्सामा चाहिँ कस्तो जोखिम?

    शुक्लाफाँटा, बर्दिया, बाँके, चितवन र पर्सा निकुञ्जदेखिन नक्सापश्चिम नेपालको शुक्लाफाँटा, बर्दिया, बाँकेदेखि मध्य नेपालको चितवन र पर्सा निकुञ्ज वरपर बाघ विचरण गर्ने गर्दछन्।

    चितवन निकुञ्जको पूर्वी भाग अर्को महत्त्वपूर्ण राष्ट्रिय निकुञ्जसँग जोडिन पुगेको छ। केही समय पहिलेसम्म आरक्ष भनिने ६२७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पनि बाघको राम्रो बासस्थान हो। त्यहाँ पछिल्लो गणनामा १८ बाघ गनिएका थिए।

    पूर्व-पश्चिम राजमार्गको चार किलोमिटर जति सडक निकुञ्जभित्रबाट अघि बढ्छ। तेस्रो देशबाट नेपाल सरसामान भित्र्याइने अत्यन्त व्यस्त पथलैया-वीरगन्ज सडक पनि पर्सा निकुञ्ज नजिकै पूर्व-पश्चिम राजमार्गमैँ मिसिन्छ। त्यसैले पर्सा निकुञ्जका वन्यजन्तु सवारीको चापका कारण बढ्दो रूपमा प्रताडित हुन थालेका छन्।

    पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार पथलैया वरपर “चौबिसै घन्टा सवारीसाधनको चाप अत्यधिक बढ्न थालेपछि” वन्यजन्तुको विचरण प्रभावित हुन थालिसकेको छ। पर्सा निकुञ्ज जङ्गली हात्तीको पनि राम्रो वासस्थान र आवतजावत क्षेत्र हो।

    उनले बीबीसीसँग भने, “अहिलेसम्म कुनै बाघ परेको छैन। तर अन्य जनावरलाई असर परिरहेको छ। हालै हामीले हात्तीको एक हुललाई अघि बढ्न सहयोग गर्न केही बेर सवारी साधनको लस्कर नै रोक्नु पर्‍यो।”

    पर्सा निकुञ्जदेखि पूर्व र उत्तरतिर पनि बाघको बासस्थान हुनसक्ने वनहरू रहेका छन्। पथलैया पूवको चारकोसे झाडी भनिने वनको अवशेष वाग्मती नदी किनार क्षेत्र सम्मै फैलिएको छ। तर त्यो संरक्षित क्षेत्रभित्र पर्दैन। त्यहाँ पनि गतिसीमा कम गर्ने केही काम भएको छैन।

    जोखिम घटाउन के पहल हुँदैछ?

    चितवन निकुञ्जभित्रको सडकमा एउटा बाघचितवन निकुञ्जको उत्तरतिर पूर्व-पश्चिम राजमार्गको चार किलोमिटर खण्ड पर्दछ। प्राय व्यस्त रहने त्यो सडकदेखि उत्तरतिरका वनमा पाइने बाघ हत्तपत्त सडक पार गरेर पारि नजाने निष्कर्ष एक अध्ययनले निकालेको छ (तस्बिर: सागर गिरि)

    बर्दिया निकुञ्जमा जस्तै सवारीका लागि गतिसीमा तोक्ने पहल वन्यजन्तुलाई बचाउन प्रभावकारी हुनेमा अधिकारीहरूको दुई मत छैन। तर त्यो काम बर्दियामा मात्र सीमित छ।

    चितवनका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार निकुञ्ज नजिकैका वन क्षेत्रका राजमार्गमा गतिसीमा राख्ने विषयमा छलफलहरु सुरु गरिएका छन्। अन्य उपायहरूका बारेमा पनि सोचविचार भइरहेको छ।

    उनले भने, “निकुञ्ज क्षेत्रका राजमार्गमा सवारीसाधनका लागि पुलमाथिको मार्ग को पुलमुनिको मार्ग (अन्डर वा ओभर पास) बनाउनु पर्दछ।”

    उनको विचारमा त्यसो गर्दा सवारी साधन पनि आफ्नो गन्तव्यमा आफ्नो गतिमा अघि बढ्न सक्छन् र संकटापन्न वन्यजन्तु पनि जोगिन्छन्।

    पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत महर्जनका विचारमा संकटापन्न वन्यजन्तु जोगाउन देशका सबै व्यस्त राजमार्गहरूमा विभिन्न उपायहरू अवलम्बन गर्न ढिलो गर्न हुँदैन।

    बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालका अनुसार निकुञ्जभित्रको राजमार्गलाई थप सुरक्षित बनाउन गति कम गर्ने संरचना प्रत्येक पाँच सय मिटरमा राख्ने विषयमा सडक विभागसँग छलफल भइसकेको छ।

    उनले भने, “उहाँहरूले कानुन अनुसार के गरेर हुन्छ सहयोग गर्ने बताउनु भएको छ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.