कैलासबावु श्रेष्ठ/गोरखा
माघ ४ गते । गोरखाको पालुमटारमा बिहीबार देखी शुरु भएको ‘जिल्ला स्तरीय प्याब्सन कप फुटबल प्रतियोगिता’को सेमि फाइन खेल सम्पन्न भएको छ ।
शुक्रबार भएको ६ खेलमा मोर्डन बोर्डिङ स्कुल हरमटारी, गोरखा मोर्डन बोर्डिङ स्कुल पालुमटार, सुर्य मेमोरियल बोर्डिङ स्कुल च्याङ्गली र न्यू होराईजन बोर्डिङ स्कुल बुकोट सेमीफाइनमा प्रवेश गरेको प्याब्सन गोरखाका सचिव कमल थापाले जानकारी दिएँ ।
शुक्रबार दिउसो भएको पहिलो खेलमा बाल ज्योती बोर्डिङ स्कुल पालुमटारले जेनियस बोर्डिङ स्कुल नयाँ बजार २–० को अन्तरमा बालज्योतिले जित हात पारेको थियो । त्यस्तै गरी शुक्रबार नै भएको न्यू होराईजन बोर्डिङ स्कुल बुंकोट र सुर्यमुखी बोर्डिङ छेवेटार बिच भएको खेलमा न्यू होराईजनले ६–० को ठुलो अन्तरमा जित हात पारेको थियो ।
शुक्रबार नै भएको मोर्डन बोर्डिङ स्कुल र अन्नपूर्ण बोर्डिङ स्कुल हरमटारी बिच भएको क्वाटर फाइनल खेलमा पनि ७–० को ठुलो अन्तरमा मोर्डन बोर्डिङ स्कुलले जित हात पारेको थियो । क्वाटर फाइनलनै गोरखा मोर्डन पालुमटारले लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजारलाई २–१ को अन्तरमा, सुर्य मेमोरियल च्याङ्गलीले बालज्योति पालुमटारलाई ६–० ले र न्यू होराईजन बुंकोटले मनकामना बोर्डिङ स्कुल सतिपिपललाइ ७–० अन्रतले हराएर जित हात पारेको थियो ।
पालुमटारको माझटार खेलकुद मैदानमा भएको आधारभूत स्तरीय खेल सनिबार सम्पन्न हुने छ । सनिबार बिहान सेमिफाइन खेल सम्पन्न भए पछि दिउसो २ बजे फाइनल खेल खेलाईने आयोजक प्याब्सन गोरखाले जानकारी दिएको छ ।
खेलमा प्रर्थमहुनेलाई .२० हजार र द्वितीय हुनेलाई १५ हजार नगद, मेडल र प्रमाणपत्र दिईने छ भने सेमिफाईनमा पुग्ने २ समूहलाई नगद ५÷५ हजारका साथै मेडल र प्रमाण पत्र दिने आयोजक संस्थाले जानकारी दिएको छ ।


