गोरखा समाचारदाता
बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीको पोखरी गाउँमा शहिद प्रेम ढकाल स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र गोरखाद्वीप युवा क्लबको सहआयोजनामा आगामी पुस २७ देखी प्रतियोगिता सुरु गर्न लागिएको जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
द्वन्द्वमा मारिएका तत्कालिन माओवादी नेता प्रेम ढकालको स्मृतिमा हुने फुटबल प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने लाई ३५ हजार, द्वितीय लाई २५ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र र सेमिफाइनलमा पुग्ने २ टिम लाई ८ हजार नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाका खेलकुद संयोजक समेत रहेका वडाध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको छ । केही समय जिल्ला स्तरिय भलिबल प्रतियोगिता समेत भइसकेको छ ।


