गोरखा समाचारदाता
गोरखा महोत्सवको छैटौं दिनसम्म आइपुग्दा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका छन् ।
गोरखा उद्योग वाणिज्य सघंको आयोजनामा पुस ५ गतेबाट सुरु भएको महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहोरी गायक पुरुषोतम न्यौपानले गोरर्खाली दर्शकहरुलाई नचाएका थिए ।
भरिभराउ दर्शकहरुका माझ आफ्ना आधा दर्जन गित गाएका न्यौपानका कतिपय कारुणिक गितमा दर्शकहरु भावुक भएका थिए । महोत्सवमा सोमबार बहुचर्चित हाँस्य व्यग्य कलाकार मनोज गजुरेल, पछिल्लो समयकी चर्चित गायिक प्रिती आले, आइतबार अहिलेका चर्चित गायक कुलेन्द्रबिक लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गोरर्खाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिसकेका छन् ।
आज लोकप्रिय लोकदोहोरी गायक पशुपती शर्मा सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेने आयोजक बताएको छ । महोत्सवमा गण्डकी प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता भइरहेका छ भने आजबाट गोरखा तारा गायन प्रतियोगिता पनि सुरु हुने बताइएको छ ।



