×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यःमरी पूर्णिमा र ज्यापू दिवस

  •  
  • शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    त्रि–चन्द्र प्रतीक्षा

    ‘त्यःछिं त्यः बकछिं त्यः
    लातापाता कुलिंचां जुसिं त्यः
    यःमरी माकु उकी दुने चाकु
    थबले यागु यःमरी छग तियः
    निगः ब्युसा काय् बुई
    छग ब्युसा म्ह्याय् बुई
    यःमरी माकु उकी दुने चाकु
    ब्युम्ह ल्यासे मब्युम्ह बुरिऽकुती’
    धान्यपूर्णिमालाई नेवारहरूले यःमरी पूर्णिमाका रूपमा मनाउने गरिन्छ । सो दिन बेलुकीपख नेवार समुदायले देउसी–भैलोजस्तै उल्लिखित गीत गाएर यःमरी माग्ने प्रचलन रहिआएको छ । यःमरी माग्ने प्रचलन यो दिनको एक महŒवपूर्ण सांस्कृतिक पक्ष हो तर हिजोआज यो महŒवपूर्ण पक्ष लोपोन्मुख अवस्थामा पुगिसकेको छ भन्दा पनि हुन्छ ।
    संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार मल्लकालदेखि नै यःमरी माग्ने प्रचलन चल्दै आइरहेको हो । उहाँले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकोले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुन सक्ने उल्लेख गर्नुभयो । यःमरी माग्ने गीतमा उल्लिखित शब्द केलाउँदा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत दिने भन्दै उहाँले पछिल्लो समयमा प्रचार–प्रसारको अभावमा यःमरी माग्ने प्रचलन हराउँदै गएको बताउनुभयो ।

    Image result for यःमरी

    यःमरी के हो ?
    नेवारी भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम यःमरी राखिएको संस्कृतिविद्हरू बताउँछन् । यःमरीलाई नै पञ्च तŒवका रूपमा पनि स्वीकार गरिन्छ । अग्नि, जल, वायु, आकाश र धरतीलाई पञ्च तŒव भनिन्छ । यःमरीभित्र धरतीका रूपमा चामलको पीठो, अग्निका रूपमा चाकु, जलका रूपमा पानी, आकाशका रूपमा खाली ठाउँ र वायुका रूपमा तिललाई लिएको पाइन्छ । यःमरी पुन्हि वा यःमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्यपूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः ज्यापू समुदायले मनाउने गर्दछन् । आजकै दिनलाई सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमाका रूपमा पनि ज्यापूबाहेकका अन्य नेवार समुदायले मनाउने गर्दछन् । यस दिन पिँडालु, सख्खरखण्ड उसिनेर खाने गर्दछन् । यःमरी, पिँडालु खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता रहेको छ ।

    यःमरीको प्रादुर्भाव
    यःमरीको प्रादुर्भाव कहिले र कसरी भयो भनेर विरलै मात्र सोच्छौँ, करिब दुई हजार वर्षअगाडि जमिन खन्न मानिस हिच्किचाउँथे । कारण भूमिदेवता रिसाउँछ र भूमि खन्ने मान्छे मर्न सक्थ्यो भन्ने शङ्का थियो । यस्तो दुविधा परिरहेको बेला पाटनको तःबहालस्थित मत्स्येन्द्रनाथ बहालको पूर्व ढोका बस्ने बलबल (बलभद्र) नामक मानिसले थसिखेलमा खेती शुभारम्भ गरेर अन्न फलाएर लोकलाई कल्याण गरेको दिनको स्मरणमा उनको शिलामूर्ति बनाइयो र त्यसै बेलादेखि पूजा प्रारम्भ गरियो । यःमरी राखेर ठूलो पूजा गर्ने भएको हुनाले यो दिन यहाँ मेला नै लाग्छ । यस घटनाको चर्चा नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा यसरी उल्लेख गरिएको छ, ‘राजा (अंशुवर्मा) का पालामा दैवका अंशले बलभद्र भन्याका जन्मन आया र राजासँग बक्साइ आफैँले खेत कमाई दुनियादारलाई पनि यही हिसाबबाट सिकाइ खेत कमाउनु, बीउ राख्नु, धान रोप्नु, धान काट्नु, धान सुकाउनु, धान कुट्नु, धानको चिउरा बनाउनु इत्यादि सबै सिकाई मतिली नगरदेखि उत्तरपट्टि आफ्ना नाउँले शिलाका मूर्ति बनाई बलभद्र भनी नाउँ राखी मार्ग–शुक्लपूर्णिमाका दिनमा सोही मूर्तिलाई पूजा गरी चामलका पीठोको यःमह्रि भन्या रोटी बनाई चढाउनु भन्या रीत चलाइदिया । यहाँदेखि नेपालमा दुनियादारको पनि मार्ग–शुक्लपूर्णिमाका दिनमा योमघि भन्या रोटी बनाई पूजा गरी धानको कुथिमा राखी चार दिनपछि झिकन्या रीत चलाया । ’
    यःमरी चढाएर बलबलको मूर्तिलाई पूजा गर्ने चलन सिल्भाँ लेभीले आफ्नो पुस्तक नेपालको इतिहास (प्रथम भाग) मा लिच्छवि राजा वृषमदेव (लगभग वि.सं. ४४७–४७२)को पालामा सर्वप्रथम प्रारम्भ भएको भनेर लेखेका छन् । यस दिन विभिन्न मठमन्दिरहरूमा मेला पनि लाग्ने गर्छ । त्यसमध्ये बनेपाको धनेश्वर महादेव मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । यो दिन धनेश्वर महादेवको शिरमा नयाँ चामल राखेर पूजा गरी अन्न, चामल दान दिएमा धनधान्यपूर्ण हुन्छ भन्ने भनाइ छ । यस्तै, यःमरी पुन्हीमा ठेचोमा ब्रह्मायणी, महालक्ष्मी र बालकुमारी देवदेवीहरूको जात्रा हुन्छ । त्यस्तै बौद्धमार्गीहरू पनि स्वयम्भू, बौद्धलगायतका विभिन्न चैत्य वा विहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।

    किंवदन्ती
    यःमरी पूर्णिमाका दिन बौद्धमार्गीहरूले बुद्धको प्रार्थना र मेला लाग्नुको एउटा किंवदन्ती पाइन्छ, स्वयम्भू महाचैत्यको निर्माण अगाडि एउटा नमुना चैत्य बनाएको रहेछ । त्यो नमुना यःमरीको आकारबाट लिएको रहेछ । स्वयम्भू महाचैत्यको मुनि गुम्बज आकार पारी माथि टुप्पो निस्केकोलाई १३ वटा भुवनसहितको चक्रवाल भनिन्छ । यो चैत्यको भित्र पञ्चबुद्ध विराजमान छन् । मचा जंक्व (पास्नी) को समयमा लगाइने यःमरीभित्र राखिने पाँचवटा अछेता पञ्च बुद्धको प्रतीक मानिन्छ । स्वयम्भू महाचैत्यको उक्त नमुना बनाएको दिन पनि यःमरी पूर्णिमा नै हो भनिन्छ । स्वयम्भू महाचैत्य बनाएको समयमा त्यहाँ पञ्च बुद्धको मूर्ति थिएन रे । पछि मात्रै त्यो स्थापना भएको विश्वास गरिन्छ ।
    यस्तै, अर्को किंवदन्तीअनुसार यःमरीको कथा मत्स्येन्द्रनाथसँग पनि जोडिएको देखिन्छ । काठमाडौँमा धेरै वर्षससम्म पनि पानी नपरेर हाहाकार मच्चियो । अनि काठमाडौँका बन्धुदत्त आचार्य, पाटनका ललित ज्यापू र भक्तपुरका नरेन्द्रदेव राजा मिलेर मत्स्येन्द्रनाथलाई नेपाल भिœयाएको दिनमै घनघोर वर्षा भएर सहकाल सुरु भयो । त्यहीबेला फलेको अन्नबाट यःमरी बनाएर मत्स्येन्द्रनाथलाई चढाएको भनिन्छ । यो यःमरी पूर्णिमाको दिन टाढा–टाढाबाट समेत मत्स्येन्द्रनाथ मन्दिरमा भक्तजनहरूको मेला भर्न आउने गरिन्छ । रथलाई जावलाखेल तान्ने दिन लगनखेल इतिटोलमा मत्स्येन्द्रनाथको माथि गजुरदेखि यःमरी खसाली करुणामयको अभिषेक गर्ने चलन प्रचलित छ भने चाँगुनारायणको मन्दिरको महास्नानको दिन (प्रत्येक पूर्णिमाका दिन) मन्दिरको गजुरदेखि नै यःमरी खसालेर अभिषेक गर्ने परम्परा अद्यापि चल्दै आएको छ । यस्तै सेतो मत्स्येन्द्रनाथको रथ तान्ने बेलामा पनि दोबाटो, चौबाटोमा पुगेपछि यःमरी भक्तजनहरूलाई प्रसादका रूपमा भीडमा बाँड्ने गरिन्छ । यस चलनले यःमरीको प्राचीनता उत्तरप्राचीनकालदेखि रहेको कुराको चाल पाउनुको साथै नेवार समाजमा जन्मोत्सवको साथै नयाँ घरहरूको निर्माण गर्दा यःमरीले अभिषेक गर्ने परम्पराको ऐतिहासिकता र महŒवबारे थाहा हुन्छ ।
    यही यःमरी बारे ‘रत्नवदान बुद्धवचन’ मा उल्लिखित एक अर्को किंवदन्तीअनुसार पाञ्चाल गाउँमा (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन र सुशीला नामका दम्पती बस्दथे जो भगवान् विष्णुका परमभक्त र दयालु थिए । उनीहरूको दयालु स्वभावको परीक्षा लिन एक दिन धनधान्य र समृद्धिका देवता कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रको घरमा पुगे । आफ्नो घरको दैलोमा एकजना दीनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा माग्न आएको देखेर सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ र ब्राह्मणरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको मीठो–मीठो खानेकुराका परिकारहरू भरिपूर खुवाए ।
    उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रूप देखाई यःमरीको गुण यःमरी पूर्णिमामा पूजाविधि र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मी (अन्नपूर्ण) को पूजा गरी यःमरी चढाउने विधि बताएर एउटा बिमिरो दिएर अन्तध्र्यान भए । त्यसैअनुसार सुचन्द्र दम्पतीले यःमरीको गणेश, लक्ष्मी, कुवेर अनि अन्य विभिन्न आकृतिका यःमरी बनाएर कुवेरले दिएको बिमिरोसहित धानको भकारीमा चढाएर चार दिनपछि दिनदिनै विधिपूर्वक पूजा गर्दा सो बिमिरो सुनको ढिक्का भएछ र यःमरी प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि र सुख समृद्धि बढ्दै गयो ।
    त्यसैबेलादेखि आजपर्यन्त हरेक वर्ष फेरि–फेरि कुवेर आउँछ भनेर यःमरी बनाएर विधिपूर्वक पूजा गर्दै आइरहको भनाइ रहेको पाइन्छ भने यःमरी चढाएको चार दिनमा झिकेर प्रसादका रूपमा छोरी, चेली तथा आफन्त बोलाएर यःमरी खुवाउने प्रचलन यद्यपि रहेको छ ।

    यःमरी र ज्यापूको सम्बन्ध
    ज्यापू संस्कृतिको महŒवपूर्ण मौलिक चाड यःमरी पूर्णिमा हो । ज्यापू जातिको इतिहास खोतल्ने हो भने उनीहरू काठमाडौँ उपत्यकाका आदिवासी जनजाति हुन् । काठमाडौँ उपत्यकामा नेवार समुदायभित्र करिब ५० प्रतिशत जनसख्ङ्या ज्यापूहरूको रहेको पाइन्छ । ज्यापू संस्कृति आफैँमा एक सम्पन्न र विशिष्ट संस्कृतिका रूपमा रहेको छ । नेवार समुदायभित्र आफ्नो अलग्गै परम्परा र पहिचानको संरक्षणमा ज्यापू समुदायको नाम अग्रस्थानमा आउँछ ।
    ज्यापू संस्कृति विकास कोषको अग्रसरतामा विक्रम संवत् २०६० सालदेखि यःमरी पूर्णिमालाई नै ज्यापू दिवसका रूपमा मनाउन थालिएको थियो भने नेपाल सरकारले पनि २०६५ सालमा यसलाई मान्यता प्रदान गरी ज्यापू दिवसलाई राष्ट्रिय दिवसअनुरूप सार्वजनिक बिदा दिइयो । यसै खुसियालीमा ‘ओन्दे त्वाःखल’ गुठीले बनाएको यस यःमरीमा ५० के.जी. चामलको पीठो, १० केजी चाकु र एक केजी तिल प्रयोग गरिएको हालसम्मकै सबैभन्दा ठूलो यःमरी बनाइएको गुठीका सदस्य प्रवीण महर्जनको भनाइ छ । ज्यापू दिवसको दिनमा बाजागाजासहित सहर परिक्रमा गर्नुका साथै सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिन्छ ।

    स्रोत :  विभिन्न पत्रपत्रिका तथा पुस्तक

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.