गोरखा । गोरखामा १ जना महिलाको बेबारिसे शव भेटिएको छ ।
आइतबार गोरखा नगरपालिका-१४ काे नारीघाट स्थित मर्स्याङ्दी नदी किनारामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे हो ।
शवको पहिचान हुन सकेको छैन् । महिलाको लास उत्तानो अबस्थामा फेला परेको हाे ।
नदी किनारामा महिलाकाे शव देखिएपछी स्थानियले प्रहरीलाई खबर गरेकाे थियाे ।
शवको कानूनी मुचुल्का तयार गरी प्रदेश अस्पताल गोरखाकाे शव गृहमा राखिएकाे गाेरखा प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।




















