तस्बिर एआई
गोरखा । तनहुँकाे आँबुखैरेनी-पोखरा सडकखण्डमा ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका १ जना ट्याक्टर चालकको प्रहरीले उद्धार गरेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५, चापाघाटमा सवारी चलाउँदै गर्दा एक्कासी चक्कर लागेर ढलेका ट्याक्टर चालकको उद्वार गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उद्वार गरिएकाे चालक गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५, छोप्राक स्थायी घर भएका २६ वर्षीय सुजन बिकको भएकाे प्रहरीले पुष्टी गरेकाे हाे ।
बिकलाई तत्कालै उद्धार गरी उपचारका लागि दमाैली अस्पताल पुर्याएको थियो । विकले शुक्रबार चलाइरहेको ग १ त ७२१७ नम्बरको ट्रयाक्टर चलाउदा चलाउँदै चक्कर लागेर ढलेका थिए ।
उनी टयाक्टर मर्मतका लागि पोखरातर्फ जादै गरेकाे बुझिएकाे छ । बाटोमा गुडिरहेकै अवस्थामा चालक बिकलाई एक्कासी चक्कर लागेर अचेत भई ढलेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले तत्काल घटनास्थलमा पुगी उद्धार गरेको थियो ।




















