×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

३८ करोड भन्दा बढिको सुन्तला उत्पादन

  •  
  • आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    मंसिर २३ गते । यस वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा झण्डै ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, सुन्तला जात फलफुल जोन कार्यालयले जानकारी दिएको छ । ‘यस वर्ष गोरखाको सुन्तला उत्पादन उत्साहजनक भएको छ’ कार्यालय प्रमुख अजय अधिकारीले भने ‘गत वर्षको तुलनामा करिब ३० प्रतिशत भन्दा बढि सुन्तला फलेको हामीले अनुमान गरेका छौ ।’ आथिर्क वर्ष २०७४÷७५ मा ८६० हेक्टरबाट ५५ सय मेक्ट्रिटन सुन्तला उत्पादन भएको थियो । हाल १ हजार ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएको छ । तर ८६५ हेक्टरमा लगाइएको सुन्तला मात्र फले दिने अबस्थामा छन् । चालु आर्थिक वर्षमा उक्त क्षेत्रबाट ७ हजार ६ मेक्ट्रिटन सुत्तला उत्पादन भएको सुन्तला जोन कार्यालयको भनाई छ । ‘यो कृषि ज्ञान केन्द्र र सुन्तला जात फलफुल जोन कार्यालयको सयुृक्त डाटा हो’ उनले भने ‘दुबै कार्यालयले जिल्ला भर उत्पादन भएका सुन्तलाको तथ्याङ्क भेरिफाई गरी यो डाटा निकालेको हो ।’ यसरी हेर्दा यस वर्ष जिल्लामा ३८ करोड ५३ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कार्यालयको अनुमान छ । यस वर्ष प्रयाप्त पानी परेको र रोग किराको आक्रमण पनि कम भएकाले सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख अधिकारीले बताए। ‘यो वर्ष सुन्तला उत्पादनका हिसाबले निकै अनुकल रह्यो’ उनले भने ‘सुन्तलालाई चाहिने बेला प्रशस्त पानी प¥यो जसले गर्दा उत्पादन वृद्धि गर्न सघाउ पुग्यो ।’ सुन्तला खेति हुने जिल्लाका अधिकाशं स्थानमा सिञ्चाईको प्रयाप्त सुबिधा नहुँदा आकाशे पानीको भर पर्नु अबस्था छ ।

    कृषि ज्ञान केन्द्र र सुन्तला जोन कार्यालयको सयुक्त पहलमा सुन्तला खेति हुने विभिन्न स्थानमा बगैचा सुदृढीकरण, नयाँ बगैचा निर्माण, रोग किराका नियन्त्रण लगायतका कार्याक्रमहरु सञ्चालन भइहरेको छ । जसले गर्दा पनि उत्पादनमा वृद्धि भएको कार्यालको दाबी छ । ‘मलजल गर्नुपर्छ, रोग किराको नियन्त्रण गर्नुपर्छ भनेर हामीले किसानहरुलाई सुशुचित गरिरहेका छौ’ कार्यालय प्रमुख आर्चायले भने ‘गत वर्ष कम फलेकाले पनि यस वर्ष बढि उत्पादन भएको हो ।’ यस वर्ष सुन्तला बढि फलेकाले आगामी वर्ष त्यसको असर पर्ने हुँदा कम उत्पादन हुन सक्ने कार्यालयको अनुमान छ । समयमै सुन्तला टिप्न नसक्ने हो भने पनि आगामी वर्षको उत्पादनमा ह्रास आउने विज्ञहरु बताउँछन । ‘नयाँ पालुवा आउनु, फूल फुल्नु अगाडी नै पुराना फल टिप्नु पर्छ’ उनले भने ‘जसले गर्दा सुन्तलाको बोटले आराम पाउँछ र अर्को वर्षको उत्पादनमा ह्रास आउँदैन ।’

    निकै प्रख्यात रहेको गोरखाको सुन्तला खेति बिस्तारै लोप हुने अबस्थामा छ । रोग किराको आक्रमणले सुन्तलाको बगैचा सबै सुकेर मरेका छन् । यहाँको सुन्तला खेतिलाई प्रबद्र्धन गर्न राज्यले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना मार्फत जोन कार्यक्रम सञ्चालन गरेको छ । जोनमा नसमेटिएका क्षेत्रहरुमा साबिकको जिल्ला कृषि बिकास कार्यालयले पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । गोरखाको मनकामना र ताङलीचोकमा सबै भन्दा बढि सुन्तला उत्पादन हुन्छ । त्यस्तै देउराली, धुवाकोट, ताप्ले, ताक्लुङ, दर्वुङ, मास्केछाप, मिरकोट, धुवाकोट, हर्मी, आँपपिपल, हंसपुर, नारेश्वर लगायतका क्षेत्रलाइ सुन्तलाका पकेट क्षेत्र मानिन्छन् । गोरखाको करिव एक हजार भन्दा हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुदै आएको । यसैगरी ५ सय भन्दा बढि किसानले सुन्तला खेतिबाट आफ्नो जिविकोपार्जन चलाउदै आएको कार्यालयले अनुमान गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.