मोहसिन अलि मियाँ/गोरखा
मंसिर २१ गते । गोरखामा ग्रासुट फुटबल फेस्टिवल हुने भएको छ । गोरखा जिल्ला फुटवल संघको आयोजनामा आगामी शनिबार खेलकुद मैदानमा फुटवल फेस्टिवल हुन लागेको हो । १३ बर्ष मुनिका बालबालिकाहरुलाई फुटबल खेलमा आकर्षित गर्ने उदेश्यले कार्यक्रमको सुरुवात गर्न लागिएको संघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताएका छन् । ‘साना भाइबहिनीहरुलाई फुटबलप्रति आकर्षित गर्न र फुटवलप्रति लगाव राख्नेहरुको प्रतिभा प्रस्फुटन गर्ने हाम्रो मुख्य उदेश्य हो’ उनले भने ‘त्यसपछि हामी उनिहरुलाई नियमित रुपमा प्रशिक्षण गराउने तयारीमा छौ ।’
जिल्लाका बिभिन्न बिधालयमा अध्ययनरत १३ बर्षमुनिका बालबालिकाहरु कार्यक्रममा सहभागी बन्न पाउनेछन् । संघले यो कार्यक्रममा सहभागी गराउन १० भन्दा बढि बिधालयलाई पत्र काटेको बताएको छ । ‘हामीले सबैलाई त सहभागी गराउन सक्दैनौ, हामीसंग समय र स्रोत साधनको पनि अभाव छ, अहिलेलाई १० वटा जति स्कुललाई पत्र पठाएका छौ’ अध्यक्ष श्रेष्ठले भने ‘यसमा केटा–केटी दुवै सहभागी जनाउन सक्नेछन् ।’
कार्यक्रममा बालबालिकालाई फुटबलका बारे ज्ञान दिने, खेल्न सिकाउने, यसबारे नियमहरु जानकारी गराउने लगायत गरिने प्रशिक्षक सरोज श्रेष्ठले बताए । फुटबलप्रति रुची भएका बालबालिकाहरुका लागि अवसर प्रदान गर्न पनि फुटबल फेस्टिबल आयोजना गरिएको उनको भनाई छ । ‘यहाँ हामी फुटबलका बिभिन्न स्किलहरु सिकाउछौ, यो त अवसर हो, प्रतिभा देखाउने माध्ययम हो’ प्रशिक्षक श्रेष्ठले भने ‘त्यसपछि प्रत्येक हप्ताको शनिबार हामी प्रशिक्षण सुरु गर्दैछौ ।’ शनिबार एक सय भन्दा बढि बालबालिकाको सहभागिता रहने आयोजक फुटबल संघको अनुमान छ ।
ग्रासुट फुटवल फेस्टिबल हुने
ग्रासुट फुटवल फेस्टिबल हुने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


