मोहसिन अलि मियाँ/गोरखा
मंसिर ११ गते । गत साउनयता ३२ हजार भन्दा बढि पर्यटकले गोरखा संग्राहलयको अवलोकन गरेका छन् । साउनदेखि कार्तिक मसान्तसम्म गरी चार महिनामा ३२ हजार २ सय ९० जना आन्तरिक तथा बाह्य पर्यटकले संग्राहलय घुमेको गोरखा संग्राहलयका प्रमुख नवराज अधिकारीले बताए । शाह बंशिय तथा पुरातात्वीक र ऐतिहासिक सामग्रीहरु राखिएको गोरखा संग्राहालयमा अवलोकनका लागि देश तथा विदेशबाट आउनेहरुको संख्यामा गत बर्षभन्दा यो बर्ष बढी रहेको उनको भनाई छ ।
‘यो आर्थिक बर्षको पहिलो चौमासिकको तथ्यांक हेर्दा ३२ हजार जना भन्दा बढि संग्राहलय भित्रिएका छन्’ संग्राहलय प्रमुख अधिकारीले भने ‘त्यसमध्ये देश भित्रैबाट आउने आन्तरिक पर्यटकको संख्या सबै भन्दा बढि रहेको छ ।’ संग्राहलयको तथ्यांकलाई हेर्दा भ्रमण आउने मध्ये सबैभन्दा बढि १७ हजार २ सय ८९ जना नेपाली (विधार्थी वाहेक) छन् भने सबैभन्दा कम सार्क राष्ट्रका नागरिक छन् । ४ महिनाको अवधीमा ३१ जना मात्रै सार्क राष्ट्रका नागरिकले संग्राहलय घुमेका छन् । यस्तै संग्राहलयको अवलोकन गर्नेमा १३ हजार १ सय ४१ जना नेपाली विधार्थी र ४ सय ६८ बाह्य देशका पर्यटक छन् । यसैगरी यसै चौमासिकमा १ हजार ३ सय ६१ जना संग्राहलयको परिचयपत्र भएकाहरुले समेत निशुल्क रुपमा अवलोकन गरेका छन् ।
यस्तै सबैभन्दा बढि गत कार्तिक महिनामा संग्राहलयको अवलोकन भएको तथ्यांकले देखाउछ । कार्तिकमा १४ हजार ७ सय ४ ले गोरखा संग्राहलय घुमेकोमा सबैभन्दा कम असोजमा ४ हजार ७ सय ४० ले अवलोकन गरेका छन् । त्यस्तै साउनमा ६ हजार ७ सय ३२ र भदौमा ६ हजार १ सय १४ जनाले संग्राहलयको भ्रमण गरेको प्रमुख अधिकारीले बताए ।
नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहको चिना देखी विभिन्न शाह बंशहरुले लडाई गर्दाका हातहतियार, पुरातात्वीक वस्तु, विभिन्न जातीको संस्कृती झल्कने सामाग्री, पुराना सिक्का तथा भाडा वर्तन फोटो तथा पेन्टिङ्गहरुका साथै बिभिन्न जातजातीका संस्कृती झल्कने डमी संग्रालयमा राखीएको छ ।
संग्रालय अबलोकनका लागि नेपाली बिद्यार्थीहरुका लागि १० रुपैयाँ, नेपाली नागरिकहरुका लागि २५ रुपैयाँ, सार्क राष्ट्रका लागि ५० र विदेशी नागरिकहरुलाई १०० रुपैयाँ प्रवेश शुल्क लिने ब्यवस्था गरीएको छ । त्यस्तै गरी स्वदेशी तथा विदेशीहरुले संग्राहलय भित्र प्रवेश गराउने क्यामेरा तथा भिडियो क्यामेराको समेत शुल्क लिने ब्यवस्था छ ।
यसैगरी चार महिनाको अवधीमा गोरखा संग्राहलयमा ६ लाख ११ हजार ९ सय ४५ रुपैया आम्दानी भएको छ । जस अन्तरगत नेपाली नागरिकहरुबाट ४ लाख ३२ हजार २ सय ५५, नेपाली विधार्थीहरुबाट १ लाख ३१ हजार ४ सय १० रुपैया टिकट मार्फत संकलन भएको प्रमुख अधिकारीको भनाई छ । त्यस्तै सार्क राष्ट्रका नागरिकहरुबाट १ हजार ५ सय ५० र अन्य देशका नागरिकहरुबाट ४६ हजार ८ सय रकम उठेको तथ्यांकमा उल्लेख छ ।
जसमा सबैभन्दा बढि कार्तिकमा २ लाख ७६ हजार ६ सय ६५ र सबैभन्दा कम असोजमा ९८ हजार २ सय ६५ रुपैया रकम संकलन भएको संग्राहलयले जनाएको छ । हाल शैक्षिक भ्रमणको सिजन भएकाले देशका बिभिन्न जिल्लाका विद्यालयबाट शैक्षिक भ्रमण आउनेको संख्या समेत बढ्दै गएको छ । गोरखाको ऐतिहासिक गोररखा दरबार, गोरखकाली मन्दिर, गोरखा संग्राहलय, भिमसेन पार्क, मनकामना मन्दिर लगायतका प्रशिद्ध स्थानहरुमा विधार्थीको चाप बढेको छ ।
चार महिनामा ३२ हजारले घुमे गोरखा संग्राहलय
चार महिनामा ३२ हजारले घुमे गोरखा संग्राहलय
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



