×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सयपत्रीमा अझै आयातकै भर

  •  
  • शुक्रबार, कार्तिक २३, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुष्पगुच्छा बनाइने र विशेषगरि सजावटमा प्रयोग गरिने खालका फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्।

    उनीहरूका अनुसार नेपालमा बर्सेनि फूलको माग वृद्धि भइरहेको भएपनि त्यस अनुसार उत्पादन बढ्ने सम्भावना कम देखिएकाले आगामी वर्षहरूमा आयात अझ धेरै हुनसक्छ।

    सरकारी अधिकारीहरू भने फूल खेती र बजारीकरणका लागि छुट्टै नीति समेत बनाइएको र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन भइरहेकाले नेपाल सबैखाले फूलमा चाँडै आत्मनिर्भर बन्ने दाबी गर्छन्।

    कट्फ्लावर भनिने उपहार दिन र सजावट गर्न प्रयोग हुने अधिकांश फूलका लागि आयातको भर पर्नुपर्ने अवस्था नरहेको व्यवसायीहरू बताउँछन्।

    आत्मनिर्भर

    उनीहरूका अनुसार हिउँदमा पर्ने ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवसका लागि भने केही मात्रामा गुलाबको आयात हुने गर्छ।

    काठमाण्डूकी एकजना कट्फ्लावर उत्पादक सुशीला कठायत भन्छिन्, “जर्वेरा, कार्निसन, गुलाब र गोदावरीमा चाहिँ आत्मनिर्भर छौँ। धेरैले खेती गरेका छन् र राम्रै आम्दानी गरिरहेका छन्।”

    पूजा गर्न र मालाका लागि प्रयोग हुने सयपत्रीको भने आयातमै भर पर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताए । तिहारलगायतका चाडपर्वका बेला सयपत्रीको माग धेरै हुने गर्छ।

    सयपत्री फुल तिहारलगायतका चाडपर्वका बेला सयपत्रीको माग धेरै हुने गर्छ।

    माग

    अन्य बेला दैनिक १७ देखि २० हजार वटा जति माला विक्री हुने गर्छ । तर, तिहारका पाँच दिनमा भने १५ लाख वटा जति मालाको माग हुने बताइन्छ । आधुनिक प्रविधि अपनाएर खेती गर्न नसक्दा नेपालमा अझै पनि वर्षभर नै सबैखाले फूलको उत्पादन गर्न सक्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ।

    फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ भन्छन्, “हाम्रो उत्पादन मौसममा भर पर्ने खालको छ। जाडोमा फूलको उत्पादन घट्दै जान्छ, माग बढ्दै जान्छ। अनि वर्षायाममा उत्पादन बढ्दै जान्छ र माग घट्दै जान्छ। त्यसलाई मिलाउन आयात गर्नै पर्ने अवस्था छ।”

    अभाव

    व्यवसायीहरू फूल उत्पादन भएपछि धेरै दिन जोगाएर राख्न नसकिने भएकाले सहरी क्षेत्र नजिकै खेती गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । तर, सहर नजिकका जग्गाहरू घडेरीमा परिणत गर्ने क्रम बढेकाले फूलखेतीका लागि जग्गा अभाव हुन थालेको उनीहरूको गुनासो छ । सरकारी अधिकारीहरू भने फूल खेती विस्तार र फूलको बजारीकरणका लागि व्यवसायीलाई आवश्यक सहयोग गरिरहेको दाबी गर्छन्।

    पुष्प विकास केन्द्रकी प्रमुख ऋद्धि सिंह भन्छिन्, “नर्सरीहरूलाई अनुदान र तालिम दिने तथा बजारीकरणमा सहयोग गर्ने कार्यक्रम हामीले राखेकै छौँ। सम्बन्धित क्षेत्रमा त्यहाँको स्थानीय र प्रदेश सरकारलाई घच्घच्याएर पुष्प विकासका लागि जोड दिनुपर्छ।”

    व्यवसायीहरूका अनुसार गत वर्ष नेपालमा करिब १ अर्ब ८६ करोड रूपैयाँको पुष्प तथा पुष्पजन्य वस्तुको कारोबार भएकोमा १२ करोड रूपैयाँको आयात र तीन करोड रूपैयाँको निर्यात भएको थियो । नेपालबाट फूलका गानोहरू र बीऊ विदेश पठाइने गरेकाले आधुनिक प्रविधि भित्र्याएर खेती गर्न सके निर्यातको सम्भावन समेत रहेको विज्ञहरू बताउँछन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.