×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किसान बजार सन्चालनमा आएपछि कृषकहरु खुशी

  •  
  • सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दिपक श्रेष्ठ/गोरखा
    कात्र्तिक १९ गते । किसानहरुको उत्पादनलाई प्रर्बद्धन गर्न किसान बजार सन्चालनमा आएपछि गोरखाका कृषकहरु खुशी भएका छन् । स्थानिय स्तरमा उत्पादित कृषिजन्य समाग्रीहरु कृषक आफैले बजारमा पु¥याएर बिक्रि गर्न पाउदा कृषकहरु उत्साहित भएका हुन् । जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ को रामशाहघाट बजारमा सन्चालनमा आएको बजारबाट हरेक हप्ताको शनिबार कृषिजन्य उत्पादनहरु कृषकहरु आफैले ल्याएर बिक्रि गर्न थालेका गाउँपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले जानकारी दिनुभयो । ‘कृषि उत्पादनलाई बढवा दिन गाउँपालिकाले कार्यक्रम नै बनाएर किसान बजार सन्चालनमा ल्याएको हो,’ प्रमुख पौडलले भन्नुभयो,‘ यसले गर्दा किसानहरुलाई पनि आफ्नो उत्पादन कहाँ बिक्रि गर्ने भन्ने समस्या हुदैन ।’ गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आर्थिक तथा प्राबिधिक सहयोगमा बजार सन्चालनमा आएसंगै स्थानिय कृषकहरुले उत्पादन गरेका तरकारी, फलफुल लगायत सम्पूर्ण पशुजन्य उत्पादन बजारीकरण गर्न सजिलो भएको उहाँको भनाई छ ।

    किसान बजार सन्चालनमा आएपछि बिगत २५ बर्षदेखि व्यवसायिक कृषिखेती गर्दै आउनुभएका सहिद लखन गाउँपालिका ३, कुुसुमपानीका तिल बहादुर गुरुङ पनि खुशी हुनुहुन्छ । ‘यसअघि बिचौलिया मार्फत बिक्रि गर्दा उपभोक्ता पनि मारमा परिराखेका थिए, हामी किसानले पनि भनेको मूल्य पाउन गाह्रो भएको थियो,’ उहाँले भन्नुभयो, ‘अब कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने भएको छ ।’ हप्ताभरी उत्पादन भएका तरकारी किसान बजारमा ल्याएर बेच्न पाउदा राम्रो मूल्य पाएको उहाँको भनाई छ । गाउँमा शुरु भएको बजारले गाँउ भित्रका व्यवसायिक किसानलाई मात्र नभएर साना किसानलाई समेत फाइदा पुगेको गुरुङ बताउनुहुन्छ । गाउँघरमा अधिकांस किसानहरुले घरमा खानका लागि थोरै भएपनि तरकारी खेती गर्छन,’ उहाँले भन्नुभयो, ‘अब घरमा उपभोग गरेर बढि भएको तरकारी समेत बजारमा ल्याएर बिक्रि गर्न पाउने भएपछि साना देखि ठूला सवै किसानको पहुच बजार सम्म पुगेको छ ।’

    यस्तै गएको १० बर्षदेखि समुहगत रुपमा व्यवसायिक कृषिखेती गदै आउनु भएका सहिद लखन गाउँपालिका ३ स्थित लाफा नमुना कृषि समुहका अर्का किसान कवि थापाले पनि किसान बजार सन्चालनमा आएसंगै आफुहरुलाई सजिलो भएको बताउनुभयो । ‘अहिले धेरैथोरै जे जस्तो भएपनि सिधै उपभोक्तालाई बेच्न पाइयो, उपभोक्ताहरुले पनि ताजा बस्तु खरिद गर्न पाएका छन् ।’ उहाँले भन्नुभयो । लाफा नमुना कृषि समुहले किसान बजार मार्फत बिशेषगरी तरकारी, माछामासु, केरा लगायतका कृषिजन्य उत्पादनहरु बिक्रि गर्दै आएको थापाले जानकारी दिनुभयो । बजार शुरु भएको भर्खरै भएपनि बिक्रि भने राम्रो भएको कृषक उहाँको भनाई छ । ‘हाटबजारले कृषकहरुलाई कृषि उत्पादनमा लाग्न हौसला प्राप्त भएको छ,’उहाँले भन्नुभयो,‘उत्पादन गर्नसके बिक्रि गर्ने ठाउ पनि छ भन्ने अनुभूती सवै कृषकहरुले गर्न थालेका छन् ।’ लाफा नमुना कृषिसमुहले उत्पादन गर्दै आएको कृषिजन्य उत्पादनहरु यस अघि बाहिर बजारमा लगेर बिक्रि गर्दै आएको भएपनि अहिले भने बजारमा ल्याएर बिक्रि गर्न थलिएकोे उहाँले बताउनुभयो ।

    उक्त हाटबजारमा बाहिर भन्दा कम मुल्यमा ताजा तरकारी खरिद गर्न पाएपछि उपभोक्तहरु समेत दंग छन् । तरकारी किन्न आँबुखैरेनीबाट आउनु भएकी बिमला श्रेष्ठले भन्नुभयो,‘ बाहिर बजारमा भन्दा यहाँको बजार ३० रुपैया सस्तो पनि पाइयो, फेरी गाउँघरमा उत्पादन गरेको भएकाले बाहिरबाट ल्याएको तरकारी भन्दा ताजा पनि छ ।’ बाहिर बजारमा काउली किलोको ८० रुपैया तिर्नुपर्छ यहाँ ५० रुपैयामा १ किलो काउली पाइदो रहेछ, उहाँले भन्नभुयो । सो ठाउँमा तँनहुको आबुँखैरनी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाबाट उपभोक्ताहरु सामान खरिद र बिक्रि गर्न आउने गरेका छन् । हरेक हप्ताको शनिवार मात्र सन्चालन हुने उक्त हाट बजारमा १ हजार देखि १२ सय जनासम्म आउने गरेको किसान बजार सञ्चालक समितिका अध्यक्ष होमनाथ रिमालले जानकारी दिनुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.