×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

डलर बलियो हुँदा नेपाललाई के कस्ता असर

  •  
  • शनिबार, कार्तिक १७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली मुद्राको तुलनामा केही महिनायता बलियो हुँदै गएको डलरको प्रभाव देशको सोधनान्तर अवस्थामा समेत देखा पर्न थालेको अधिकारीहरूले बताएका छन्।

    डलर महँगो भएसँगै विप्रेषण आप्रवाह बढे पनि यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिएकोले समेत सोधनान्तर घाटा कम हुन नसकेको उनीहरू बताउँछन्।

    स्वदेशमै उत्पादन बढाउने वातावरण नबनेसम्म अहिले देखिएको समस्या हल नहुने कतिपय अर्थशास्त्रीको तर्क छ।

    यस आर्थिक वर्षको पहिलो दुई महिनामा सोधनान्तर घाटा करिब २५ अर्ब पुगेको छ।

    कारण

    अघिल्लो वर्ष यही समयमा यस्तो घाटा झण्डै ६ अर्ब रुपैयाँ मात्र थियो।

    सोधनान्तर घाटा बढ्नुको कारणबारे राष्ट्र ब्याङ्कका एकजना कार्यकारी निर्देशक नरबहादुर थापाले भने, “नेपाली रुपैयाँ कमजोर भयो। यस्तै सवारीसाधन, सुन र खाद्य वस्तुको आयात निकै बढेको छ। त्यसको प्रभाव आयातमा पनि पारेकोले सोधनान्तर घाटा बढेको हो।”

    गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा ३३ प्रतिशत विप्रेषण आप्रवाह बढेको छ।

    डलर

    यही अवधिमा करिब २ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने १५ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको छ।

    शुक्रवारको विदेशी विनिमयदर अनुसार एक अमेरिकी डलर बराबर ११७ रुपैयाँ ८३ पैसा रहेको छ।

    लगानी

    कतिपय अर्शास्त्री भने सोधनान्तर घाटा बढ्नुको कारण डलर महँगो हुनु मात्र नरहेको बताउँछन्।

    त्यस्तैमध्येका एक पोषराज पाण्डे भन्छन्, “गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशत जति प्रत्यक्ष वैदेशिक लगानी आएको छैन। अहिलेको व्यापार घाटाको अवस्था सुधार्न निर्यात बढाउनुपर्छ र त्यसका लागि लगानी गर्ने वातावरण बनाउनुपर्छ।”

    “तर विश्व ब्याङ्कले हालै सार्वजनिक गरेको डुइङ बिजनेज प्रतिवेदनले यो पहिलाको भन्दा झनै खस्किएको भनेर देखाएको छ।”

    सोधनान्तर घाटा बढ्दै गए पनि अझै आठ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति देशको ढुकुटीमा रहेको केन्द्रीय ब्याङ्कले जनाएको छ।

    तर निकट भविष्यभित्र स्वदेशमै उत्पादन बढाएर व्यापार घाटा कम गर्न सकिएन भने यसले अर्थन्त्रमा थप चाप पार्ने अर्थविद्हरूले बताएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.