×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कम लागतमा उत्पादन बढाउन पोल्ट्री सङ्गोष्ठी

  •  
  • आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण अधिकारी

    चितवन, कात्तिक ११ गते । अन्तर्राष्ट्रिय पोल्ट्री सङ्गोष्ठी आजदेखि यहाँ शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको आयोजना तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि सङ्गठन, हेफर इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा उक्त सङ्गोष्ठीको आयोजना गरिएको हो ।

    सङ्गोष्ठीमा नौ देशका तीन सयभन्दा बढी वैज्ञानिक सहभागी छन् । मूल आयोजक समितिका अध्यक्ष एवं कृषि तथा पशु विज्ञान विश्वविद्यालयका डिन प्रा डा शारदा थपलियाका अनुसार सम्मेलनमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधामा ११५ वैज्ञानिक र अनुसन्धानमूलक कार्यपत्र पेश हुँदैछन् ।

    गोष्ठीमा नेपाल, भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, अमेरिका, भूटान र इजिप्टका वैज्ञानिक सहभागी छन् । विभिन्न विश्वविद्यालयका विज्ञ, पोल्ट्री क्षेत्रमा अनुसन्धान गरिरहेका विज्ञ, व्यावसायिक किसानसहित यस क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको सहभागिता छ । ‘खाद्य स्वच्छता र सुरक्षाका लागि पोल्ट्रीको माग परिपूर्ति’ नाराका साथ सङ्गोष्ठी शुरु भएको हो । कार्यक्रममा भारतीय पोल्ट्री साइन्स एशोसिएशनका उपाध्यक्ष प्रा डा देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एशोसिएशनका उपाध्यक्ष डा नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउण्डेशन अस्ट्रेलियाका निर्देशक पिटर गु्रभ्सलगायत विज्ञ सहभागी हुनुभएको छ ।

    भारतीय कृषि अनुसन्धान परिषद्÷केन्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक सुनिलचन्द्र गिरीलगायत विदेशी वैज्ञानिक आउने क्रम जारी रहेको थपलियाले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा पोल्ट्री क्षेत्रको अध्ययन र अनुसन्धान गरी कम लागतमा उत्पादन बढाउन सङ्गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । कम खर्चमा सर्वसाधारणलाई प्रोटिन उपलब्ध गराउन पोल्ट्री क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले यसको विकासका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

    नेपालको कूल ग्रार्हस्थ्य उत्पादनको करीब चार प्रतिशत र कूल कृषि गार्हस्थ्य उत्पादनको करीब आठ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको भन्दै उहाँले पोल्ट्री क्षेत्रबाट करीब एक लाख ५० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको बताउनुभयो । सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले नेपाल पोल्ट्री उत्पादनमा आत्मनिर्भर रहेको भन्दै सो गोष्ठीले उत्पादन वृद्धि र व्यावसायिकीकरण गर्नमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । देशको कूल उत्पादनको आधाभन्दा बढी पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा सङ्गोष्ठी हुनुले यहाँका कृषकसमेत लाभान्वित हुने उहाँको भनाइ थियो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, कृषि तथा पशु विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, डा होमबहादुर बस्नेत, विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिलगायतले बोल्नुभएको थियो । तीन दिनसम्म सञ्चान हुने सो सङ्गोष्ठीमा लिखित र मौखिक कार्यपत्र प्रस्तुत गरिनुका साथै त्यसमामाथि छलफल हुनेछ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.