×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

१० वर्षपछि जुट मिलले उत्पादन बजारमा ल्याउँदै

  •  
  • बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    देवनारायण साह

    कार्तिक ७, २०७५ मोरङ — पटक–पटक बन्द हुँदै खुल्दै आएको विराटनगर जुट मिल्सले १० वर्षपछि आफ्नो उत्पादन बजारमा ल्याउने तयारी गरेको छ  । भदौ २६ बाट सञ्चालनमा आएको मिल्सले ३० टन सुतली उत्पादन गरी बिक्री गर्ने तयारी गरेको हो  ।

    मिल्सका वेस्टेज क्वालिटी कन्ट्रोल इञ्चार्ज सुचेन्द्र झाले सुतली खरिदकर्ताहरूसँग छलफल भइरहेको र यही १/२ दिनमा बिक्री गर्ने योजना रहेको बताए । ‘धेरै दिनदेखि बन्द मिल्स मर्मत गर्दै सञ्चालन गरेपछि राम्ररी सञ्चालन हुन केही दिन समय लाग्यो,’ उनले भने, ‘भदौ २६ बाट परीक्षणका लागि सञ्चालन गरिएको मिल असोज ६ देखि क्रमश: दैनिक एकदेखि डेढ टन उत्पादनको लक्ष्यका साथ सञ्चालन भएको छ ।’ अहिलेसम्ममा ९० इञ्चको १५ टन र ७५ इञ्चको १५ टन सुतली तयारी गरी बिक्रीका लागि प्याकिङको काम भइरहेको छ ।

    मिल्सका अध्यक्ष बसन्त बनले दैनिक ६ टन जुटको सुतली उत्पादनका लागि आवश्यक जनशक्तिलगायतको स्टिमेट तयार गर्न निर्देशन बताए । अध्यक्ष बनले क्रमश: मिल्सलाई सञ्चालनको प्रयास गरिरहेको बताए । ‘धेरै दिनदेखिको बन्द मिल्सलाई क्रमिक रूपमा मर्मत गर्दै मेसिनहरूलाई एकपछि अर्को सञ्चालनमा ल्याइरहेका छौ,’ उनले भने, ‘अहिले सुतली उत्पादन सुरु भएको र अब चाँडै जुटको बोरा उत्पादनको काम थाल्छौं ।’ मिल्स पूर्ण क्षमतामा सञ्चालन हुन केही समय लाग्ने बनको भनाइ थियो । मिल्सभित्र नयाँ र पुराना गरी दुई वटा मिल रहेको छ ।

    मिल्स सञ्चालनमा आएसँगै सय जनाले रोजगारी पाएका छन् । मिल्सभित्र मात्रै ६५ जना मजदुरले काम गरिरहेका छन् । ०६५ असोज २४ मा पूर्ण रूपमा बन्द थियो । यसअघि, पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको मिल्समा भने यसपटक सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरी बजारमा लग्ने मिल्स सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्रो चरणमा जुटको कपडा उत्पादन गर्ने उद्देश्यका साथ पुन: एक पटक जुट मिल्स सञ्चालन गरिएको हो ।

    यसअघि मिल्स सञ्चालनका लागि खरिद गरिएको ६० टन जुटबाट मिल्स सञ्चालन गरिएको छ । मिल्समा अब २० टन जति जुट मात्रै बाँकी रहेको छ । मिल्सका सुपरभाइजर मुरारीप्रसाद लुइँटेलले मिल्समा पुरानो र नयाँ गरी दुई वटा मिल रहेकोमध्ये पुरानो मिल सञ्चालनमा ल्याइएको बताए । ‘पुरानो मिलस्थित २ सप्नर, ८ वटा ब्रेकरमध्ये ४, १० वटा ड्राइङमध्ये २, १८ स्प्रिङमा ३, ४ टीस्टिङमध्ये १, २ चर्खामध्ये १ वटा सञ्चालन गरेर सुतली उत्पादन थालेका हौं ।’ उनले भने, ‘यो सबै मेसिन दैनिक २४ घण्टा सञ्चालन भए १८ टन उत्पादन हुन्छ । तर अहिले ३ वटा स्प्रिङ मेसिन दैनिक ८ घण्टा मात्रै चलिरहेको छ । एउटा स्प्रिङले २४ घण्टामा १ टन उत्पादन हुन्छ तर अहिले ३ वटा ८ घण्टा चलाएर १/डेढ टन उत्पादन थालेका हौं ।’

    अध्यक्ष बनले धेरै दिनदेखि बन्द रहेको मिल्स सञ्चालनमा देखिएको चौतर्फी समस्याहरूलाई एक एक गरेर समाधान गर्दै सुतली भए पनि उत्पादन थालिएको बताए ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.