×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मनमाया

  •  
  • आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कथा

    – दुर्गा कार्की

    घुर्मैलो रातो रङको खद्दरको धोती, निधारमा ठूलो बाटुलो रातो टीका– पल्लो गाउँकी मनदिदी पहिलोचोटि हाम्रो घरमा आउँदाको हुलिया मैले अझै बिर्सेको छैन ।

    हाम्री आमाको पेट ठूलो थियो । अँगेनाको डिलमा पिर्कामा बसेर दूध खाँदै ऊ हाम्री आमासित कहिले खानेकुरा त कहिले खोपको कुरा गर्थी । खानेकुराको कुरो सुनेपछि म पनि अघिअघि सर्थें । “अहिल्यै खानी जसरी अघि सर्‍यो अब बस्नेतको छाउरो… । जा खेल्न जा !” आमा ढुंगो ताकेर मलाई ताउरमाउर गर्नुहुन्थ्यो ।

    मिरिक्क परेकी मनदिदी आँखा वरपर मुजा पर्ने गरी हाँस्थी र मलाई आफूतिर बोलाएर पिरोमिठाई दिन्थी । दुवै गाला पिरोमिठाईले भुक्क पारेर म उनीहरूका कुरा सुनिबस्थें । मलाई मनदिदी असाध्यै राम्री लागिन् । ठूलो भएपछि उसैसित ब्या (बिहे) गर्छु भनेर मैले आमासित भनेको थिएँ । मैले त्यसो भनेको केही दिनपछि गाउँमा गाइँगुइँ चल्यो– मनकुमारी पोइल गई, कामीसित । उसले पेट बोकेकी थिई ।

    स्कूलबाट घर आउनेबित्तिकै मैले सोधेको थिएँ, “आमा, मनदिदी काँ गैकी हो ?” आमाले ठ्याम्म मेरो मुखमा हिर्काएर भन्नुभएको थियो, “चूप लाग्, त्यो नाठेको कुरा नगर ।”

    ऊ मभन्दा करीब १२ वर्षले जेठी थिई तर मेरो अनुरागी हृदयले त्यतिखेरै कसम खाएको थियो, ठूलो भएपछि मनदिदीलाई खोजेर बिहे गर्छु ।

    मैले मनदिदीको कथा सुनाउँदा भनौं कि नभनौं जसरी सरिताले भनेकी थिई, “मेरो पनि खास नाम मनमाया हो नि !”

    त्यस दिन आफैंलाई अचम्म लाग्ने गरी मैले मनमायालाई हेरेको थिएँ । एउटा छोरो हुर्काइसकेका उसका स्तन, नितम्बका दुवैपट्टि उठेका मासुका पोका, सुरुवालको इलास्टिकले छुट्याउने दुई तहको भुँडी कुनै हालतमा पनि मेरो कल्पनामा रहेको मनदिदीको आकृतिसँग मिल्दैनथ्यो । तर, त्यो दिन मलाई किन–किन मनमाया झ्नै आकर्षक लागेकी थिई ।

    त्यस रात करीब एक दशकपछि मनदिदी मेरो सपनामा आई, पिरोमिठाई लिएर । उसको धमिलो अनुहार कताकता मनमायासँग मिल्न खोज्थ्यो ।

    मैले पहिलोचोटि देख्दा मनमायाले ठमेलको म्याजिक मसाज पार्लरको खुइलिएको सोफामा नङले नङ सफा गर्दै थिई । “ह्वाँ सरिता मेडम अनि ऊ चाहिं मैले भन्याथें नि, आदित्य… ।” संगीताले हाम्रो चिनापर्ची शब्द कम इशाराले ज्यादा गराएकी थिई । नकेलाएका आँखीभौंको माझ्मा बडेमानको हरियो टीको लगाएकी मनमाया देख्नासाथ मलाई झ्लक्क मनदिदी याद आएकी थिई । त्यसको केही दिनपछि जापनिज सिफनको साडी लगाएर मनमाया मेरो अफिसअघि आई र मलाई ट्याक्सीमा राखेर होटल लिएर गई ।

    पहिलोचोटि आमनेसामने भएपछि बेडमा पलेंटी कसेर कपाल गुजुल्टो पार्दै उसले भनी “कस्तो उल्टो, तपाईंलाई पैसा तिर्दा छटपटी भएछ, मलाई तिर्न नपाएर ।”

    अकमक्क परेको मेरो अनुहारको भाव पढेर उसले तुरुन्तै भनेकी थिई, “डराउनुपर्दैन । मलाई था’छ तपाईं प्रोफेसनल हैन । मैले त्यस्तो खोज्या पनि हैन ।”

    मैले “कस्तो खोजेको त ?” भनेर सोध्न नपाउँदै ऊ उठेर म नजिकै आई । मेरा दुवै हात समाती, केहीबेर हेरिराखी, अनि बिस्तारै आफ्ना गालामा राखेर भनी, “बस्, नर्मल, रेगुलर… लभ… ।”

    त्यतिबेला मनमायाका आँखामा बलेको तिर्सनाको राँको मैले चार वर्षसम्म पनि रचना (मेरी भूपू प्रेमिका) का आँखामा देखेको थिइनँ ।

    त्यस दिन मनमायाले मेरा हात आफ्नो गालामा नराखी छातीमा राखेको भए म शायद दोस्रो चोटिबाट उसलाई नभेट्न पनि सक्थें । तर उसले मलाई त्यहाँ हेर्न भनी, जहाँ प्रेम नै प्रेमको याचना बाहेक केही थिएन ।

    त्यस दिन मैले जिन्दगीमा पहिलो पटक आफूभन्दा कम्तीमा दश वर्ष जेठी महिलालाई किस गरें र त्यसपछि उसको चाहनाको नदीमा आफूलाई सम्पूर्ण रूपमा हेलिदिएँ । जानेबेला उसले धेरै बेरसम्म मलाई कसेर अँगालो मारी र मेरो खल्तीमा एउटा खाम घुसारिदिंदै गालामा च्वाप्प म्वाइँ खाएर भनी, “थ्यांक यु ।”

    मलाई त्यसअघि कसैले पनि यति धेरै हार्दिकताले भरिएको धन्यवाद दिएको थिएन ।

    मैले मसाज पार्लर जान छोडिदिएको थिएँ, किनकि रचनालाई औडाहा भएको थिएन । उसलाई औडाहा नभएको देखेर चाहिं मलाई औडाहा भएको थियो ।

    उसले एकफेर कुरैकुरामा मलाई भनेकी थिई, “आदित्य, जे गर, तर वेश्यासँग कहिल्यै नसुत है । मलाई औडाहा हुन्छ ।”

    तर, चार वर्षसम्म ब्याचलरका कक्षामा एउटै बेन्चमा बसेकी रचना रिजल्ट आएसँगै मलाई छोडेर हिंडी । एउटा तालुखुइले अफिसरले उसलाई बग्गी चढाएर लग्यो । इन्डोनेसियाको बालीस्थित समुद्री तटमा जाँघे मात्र लगाएको लोग्नेसित पछिल्तिरबाट चपक्क टाँसिएर अँगालो हालेको उसको फोटो हेरेपछि मैले ठमेलको सनाज बारमा जाँड थपें ।

    मेरो साथीले नाकमा नत्थी लगाएकी एउटी भर्खरकी केटीलाई मेरा आँसु सुकाउने जिम्मा दियो । उसले सकी कि सकिन, सम्झ्न्नँ । सम्झ्न सक्ने अवस्थामा भएको एक रात मैले आफू संगीतासँग भएको छनक दिने एउटा फोटो रचनालाई पठाएँ । मध्यरातमा उसले रिप्लाई गरी, “तिमीसित छुट्टिएकोमा पहिलोचोटि खुशी लाग्यो, आदित्य ।”

    मलाई उसको लोग्नेसँग टाँसिएको फोटोले त्यति पोलेको थिएन, जति उसको यो वाक्यले पोल्यो ।

    सुत्ने मामलामा कुनैबेला हाम्रो समान सिद्धान्त थियो । हामी दुवैलाई ‘सेक्स’ घटिया शब्द लाग्थ्यो र ‘लभ–मेकिङ’ बढिया । त्यो एउटा शब्दावलीको मात्र कुरो थिएन, प्रेमलाई पुज्ने एउटा महत्वपूर्ण व्यवहार पनि थियो । त्यस रात रचनाले पठाएको रिप्लाई पढेर चुपचाप आँसु खसालें, “साले, खुशी त रैनछेस् नि !”

    त्यसै रात मलाई उसले फेसबुक र इन्स्टाग्रामबाट ब्लक गरी । मैले म्याजिक मसाज पार्लर धाउने बाटो बन्द गरें । प्रेमिकासितका मेरा असन्तुष्टि र गुनासाहरू आफ्नो ठाउँमा थिए, तर यत्तिको लागि म प्रेमलाई नै घृणा गर्न सक्दिनथें ।

    संगीताले मलाई मनमायाकहाँ रिफर गरिदिनुको एक मात्र कारण मैले जाँडको तालमा छाँटेका सिद्धान्तका यस्तै टुक्रामध्ये केही थियो शायद । मध्यरातको रिप्लाईको कहानी सुनाएर सकेपछि मैले उसलाई केही दाम दिएर भनेको थिएँ, “माफ गर, तिमीसित हुँदा मलाई सुख कम, औडाहा ज्यादा हुन्छ ।” तर मनमायालाई मेरो सिद्धान्तको मतलब थिएन ।

    “तपाईंलाई पैसा तिर्दा छटपटी भएछ, मलाई तिर्न नपाएर ।” उसले त्यसै भनेकी थिइन । पैसा तिर्न नपाउँदा छटपटाउने मान्छे पनि हुँदा रहेछन्, मैले पहिलोचोटि थाहा पाएको थिएँ ।

    दोस्रो भेटमा मनमायाले पैसा दिन खोज्दा मैले विरोध गरेको थिएँ, “सरी, आई डोन्ट फिल कम्फर्टेबल । म पैसाको लागि यस्तो गर्ने मान्छे होइन ।”

    “मलाई थाहा छ । तर लिएनौ भने म कम्फर्टेबल हुन्न ।” साहिंली औंलाको पुरानो औंठीलाई घुमाउँदै उसले भनेकी थिई ।

    “किन ?” मलाई जान्नु थियो ।

    “पर्सनल नजाम् होला । कम्प्लिकेसन मात्र आउँछ पछि…”

    उसले त्यतिबेला कम्प्लिकेसन ठ्याक्कै केलाई भनेकी थिई मलाई थाहा थिएन । प्रेमलाई भन्ठानेकी होला भनेर मैले दोहोरो प्रश्न गर्न सकेको थिइनँ । जायज थियो पनि, ऊ मभन्दा धेरै जेठी, विवाहित मान्छे, छोराकी आमा… ।

    शुक्रबार मनमायाले फोन गरी । किन हो कुन्नि, मैले ‘हुन्छ’ भनिदिएँ ।

    एक दिन मनमाया घरबाट रातभरिको लागि छुट्टी र झेलामा महँगो रक्सी लिएर आई । मेरा लागि होटलबाट बियर मगाइदिई । म पनि यै खाइहाल्छु भन्दा यति मात्र भनी, “भो, मजस्तो जँड्याहा नबन ।”

    मलाई मनमायाले जाँड खाएको मनपर्थ्यो । जाँड लागेपछि ऊ झ्नै कम बोल्थी । उसका आँखा राता, नशालु हुन्थे र बडो आक्रामक तरिकाले मप्रति पेश हुन्थी । कहिलेकाहीं त मलाई मनमाया त्यही मान्छे हो भनेर पत्याउन मुश्किल पथ्र्यो । मलाई त्यतिबेला उसले निकाल्ने आवाज, मेरो भरमा उसले लापरवाह भएर छोडिदिने शरीर, मलाई अप्ठेरो हुने गरी कस्ने अँगालो सबै असाध्यै प्रिय लाग्थ्यो ।

    मनमायालाई रक्सी खुवाउन मलाई रात चाहिन्थ्यो । तर, उसले आफ्ना रातहरू छोराको नाममा गरिदिएकी थिई । महीना दिन जस्तोमा रक्सी खान भनेरै ऊ बल्लबल्ल एउटा रात मिलाउँथी । मलाई त्यो रात कहिल्यै नसकियोस् जस्तो लाग्थ्यो । यस्ती होनहार स्वास्नी छोडेर कमाउन हिंड्ने यसको लोग्ने कस्तो बुद्धू होला भनेर म उदेक मान्थें । भोलिपल्ट मनमाया सधैं झैं मेरा खल्तीमा केही नोट घुसारिदिन्थी र गालामा च्वाप्प म्वाइँ खाएर निस्कन्थी ।

    मैले सोचेको थिएँ– उसले पैसा नघुसारिदिएको दिन वा गाला छोडी मेरा ओठमा म्वाइँ खाएको दिन म भन्नेछु कि म उसलाई कति प्रेम गर्छु भनेर ।

    सहवासका बेला निधारको हरियो टीका मात्र बाँकी राखेर मनमायाले पोतेदेखि औंठीसम्म फुकाल्थी । ऊ औसत राम्री थिई, तर जब निधारमा हरियो टीका लगाएर निर्वस्त्र ऊ मेरा सामुन्ने उभिन्थी, मलाई आफू कलाकार नभएर इन्जिनियर भएकोमा थकथकी लाग्थ्यो । उसले टीका मात्र लगाएर बाथटबको डिलमा ढाड फर्काएर पुलुक्क मतिर हेरेको अवस्थाको चित्र कोर्न मन हुन्थ्यो मलाई ।

    कहिलेकाहीं त म सपनामा मनमायालाई लिएर जंगलै जंगलको बाटो भागेको देख्थें । हामी केही पर पुगेपछि उसको पाँच वर्षको छोरो पछाडि आएर रुन्थ्यो । त्यसपछि मनमाया फर्कन्थी । मलाई अचम्म लाग्थ्यो, हामीलाई रोक्न सपनामै पनि मनमायाको लोग्ने कहिल्यै आएन ।

    “तिम्रो लोग्नेले तिम्लाई माया गर्दैन ?” त्यस दिन पहिलो पटक मैले उसको लोग्नेबारे सोधेको थिएँ ।

    त्यतिबेला मेरो मुखमा एकटकले हेर्दाहेर्दै उसको गह आँशुले भरिएको थियो । म बोल्ने तयारी गर्दैथिएँ, हातले नबोल्न संकेत गरेर ऊ अर्को कोल्टो फर्किई । घाँटीमा अप्ठेरो भएर उसले थुक निलेको मैले उसको कानभन्दा तलको भाग घरीघरी तल–माथि गरेबाट थाहा पाएँ । मैले सधैं तिर्सना मात्रै देख्ने उसका आँखाको भित्रसम्म त्यस दिन पीडा छचल्किएको थियो ।

    “भन न मनमाया, बूढाले माया गर्दैन तिम्लाई ?” बेडबाट उठ्न लागेकी उसको हात समातेर मैले सोधें ।

    “तिमी केटाकेटी नै छौ आदित्य, बुझदैनौ यस्ता कुरा ।” टेबलको न्यापकिन तानेर सिंऽऽऽ गर्दै उसले भनी ।

    “ए, सँगै सुत्दा चाहिं म केटाकेटी हुन्न, कुरा गर्दा हुन्छु ?”

    कुन रन्याटमा मैले त्यसो भनें मलाई याद छैन । शायद आफूले बाल्यकालदेखि युवावस्थासम्मको प्रेमको बेलिबिस्तार लाउँदा पनि उसले आफ्ना व्यक्तिगत कुरा फिटिक्कै सेयर नगर्नुको असन्तुष्टि अनायासै त्यसरी पोखिएको थियो ।

    आँखामुनि लतपत्तिएको गाजल पुछ्दै गरेकी उसले टक्क अडिएर मतिर हेरी र केही नबोली हतारहतार लुगा लगाई । मैले न सरी भन्न सकें, न दोहोर्‍याएर प्रश्नको उत्तर माग्नै । जानेबेला पर्सबाट गन्दै नगनी एकमुष्ट हजारका टन्नै नोट बेडमा मिल्काएर ऊ ढोकातिर लागी । मैले रन्थनिएर उसलाई पछाडिबाट अँगालो हालेर भनें, “मनमाया…, प्लिज…”

    किन हो कुन्नि, उसले मेरो अँगालोबाट फुत्किन विद्रोह गरिन, मात्र रोई रही । उसले एउटा हातमा झुण्ड्याइरहेको ब्याग फ्यात्त भुइँमा झ्र्‍यो । सहनै नसकेपछि मैले उसलाई किस गरें र त्यो वाक्य भनें, जसलाई मैले मनमनै सयौंचोटि दोहोर्‍याएको थिएँ, “मनमाया, म तिम्लाई प्रेम गर्छु ।”

    मैले प्रेम जाहेर गरेपछि मनमायाले तर्सिएका आँखाले मलाई हेरेर मेरो अँगालोबाट छुट्टिएकी थिई र लगत्तै ब्याग टिपेर बाहिरिएकी थिई ।

    त्यसपछिको शुक्रबार मलाई मनमायाको फोन आएन । इमर्जेन्सी बाहेक फोन वा म्यासेज कहिल्यै नगर्नू भनेर उसले शुरूआती भेटमै भनेकी थिई । बडो व्यग्रताका साथ अर्को एक हप्ता गुजार्दा पनि उसको खबरखाबर नपाएपछि शुक्रबारको साँझ् म आफैंले लेखेर पठाएँ, “सरी, प्लिज एकचोटि भेटौं ।”

    उसको रिप्लाई आएन । दुई दर्जनभन्दा बढी पटकको भेटमा मलाई ऊ के गर्छे, कहाँ, कोसित बस्छे पनि थाहा थिएन । उसको खास नाम थाहा पाएको पनि बल्ल एक महीना भएको थियो । सामाजिक सञ्जालमा ऊ साँच्चैको र ख्यालख्यालको दुवै नाममा थिइन । एक मन त उसको लोग्ने घर आएछ कि, थाहा पाएछ कि भन्ने डर पनि लाग्यो । झ्न् अप्ठेरोमा पर्ली भन्ने डरले घरीघरी मेसेज वा फोन गरिनँ । ल्यान्डलाइनबाट, साथीभाइको नम्बरबाट छड्के हानेको पनि काम लागेन । म्याजिक मसाज पार्लर दौडें, संगीतालाई त झ्न् मनमायाको साँच्चिकै नाम पनि थाहा थिएन ।

    हामी छुट्टिएको ३१औं दिनमा अचानक मनमायाको नम्बरबाट मेसेज आयो, “एउटी असल केटी खोजेर बिहे गर, आदित्य ।”

    मेरा आँखा भरिएर आए । अफिसको क्याबिनमा थिएँ, ट्वाइलेट छिरेर ढोकामा अडेसिएर टाइप गरें, “असल भनेको कस्ती ?”

    पठाउने बेला एक थोपा आँशु तप्प मोबाइलको स्क्रिनमा झर्‍यो । पाइन्टमा स्क्रिन पुछ्नुअघि ‘सेन्ड’ थिचें ।

    उताबाट जवाफ आएन, आँटेर फोन गरें, ‘स्वीच अफ’ भन्यो ।

    त्यस दिनदेखि मनमायासँगको मेरो आश सकियो । तर, कमसेकम प्रेम गर्छु भनेबापत उसले मलाई कहिल्यै माफी गर्ने छैन भन्ने मेरो ग्लानि अलिकति भए पनि शान्त भयो । उसको खुब याद आउँथ्यो । एकदिन साह्रै गाह्रो भएर ठमेलमा जाँड खान लैजाने साथीलाई सुनाएँ । उसले लाजै पचाएर भन्यो, “यु निड सम सेक्स म्यान ।”

    त्यस दिनदेखि मैले साथीलाई पनि भेट्न छाडिदिएँ । कहिलेकाहीं साँझ्पख मन बहलाउन छतमा जान्थें र मनमायाको सम्झ्नामा बियर खान्थें । एक साँझ् सधैंझैं बियर पिइरहेको थिएँ, लुगा धोइदिने दिदीसँगै घरबेटी आन्टी छतमा उक्लिइन् । मैले हत्तपत्त बोतल लुकाएँ ।

    “कसैले काम गर्ने मान्छे खोजेका छैनन् दिदी यता वरपर ?” लुगा धुने दिदीले घरबेटीलाई सोधिन् ।

    “गरिराको ठाउँमा के भो र ?”

    “मनमाया दिदीकाँ ? उनको त बुढा बिते नि । अब पहिलेजति काम हुँदैन त्याँ ।” मनमाया भन्नेबित्तिकै मेरा कान टाठिएर आए । उनीहरूले थाहा नपाउने गरी एक पाइलो वर सरें ।

    “ए बितेछन् ?” घरबेटीले लुगा निचोर्न छाडेर सोधिन्, “कसरी ?”

    “खै दिदी । भन्न त नहुने, तर बाँचेर भन्दा मरेरै सुख पाए– उनले नि, घरपरिवारले नि । कोमामा भको मान्छे, हुनु र नहुनुमा के फरक थ्यो र ?” काम गर्नेले लुगा झ्ट्कार्दै थपिन्, “ती मनमाया दिदी बरा, बुढा सुतेको बेडछेउ बसेर कहिलेकाहीं बरर्र आँशु खसाल्थिन् के । त्यस्तो मजाकी, भर्खरकी मान्छे । पाँच वर्षको कति राम्रो छोरो छ… ।”

    अब भने मेरो मुटु ढक्ढक् गर्न थाल्यो । लुगा सुकाएर झ्र्न लागेकी दिदीलाई रोकेर सोधें, “को मनमाया दिदी ? मेरो म्याम पनि हुनुहुन्थ्यो एक जना… ।”

    “के थरी ?” मेरो वाक्य नटुङ्गिदै उनले सोधिन् ।

    “खै, थर त थाहा भएन तर निधारमा ठूलो हरियो टीका लाउनुहुन्थ्यो ।”

    “ए हो हो उसो भए । दिदीको निधारमा हरियो टीको कहिल्यै टुटेन । बूढा मगर, दिदी क्षत्री, सानै छँदा भागेर बिहे गर्नुभको रे । सरकारी जागिरे रछन् बुढा, पाँच वर्षअघि दशैं मनाएर जिल्ला फर्कंदा गाडी एक्सिडेन्ट भएर कोमामा गएछन् । दिदीको पेटमा बाबु नि रहनु, बूढा नि त्यस्तो हुनु । कमसेकम बच्चा नभइद्या भएन्त हुन्थ्यो नि… कति पो माया गर्नुहुन्थ्यो… त्यसरी त कसले स्याहार्ला र… ?”

    उनको अन्तिम वाक्यले मुटुमै हान्यो । शायद मनमायाको लागि म उसको बूढाको तिर्सना मेट्ने साधन मात्र थिएँ । वा, त्यतिमा मात्र सीमित रहूँ भनेर ऊ मलाई कर गरी–गरी पैसा दिन्थी ।

    त्यस रात जूनको मधुरो उज्यालोमा मोबाइलको बत्ती बालेर मैले मनमायालाई एउटा पत्र लेखें,

    “प्रिय मनमाया…”

    काम गर्ने दिदीले पत्रको जवाफ त ल्याइनन् तर भन्न आइपुगिन्, “के लेख्नुभाथ्यो बाबुले, दिदी त खूब रुनुभो नि ।”

    रोएकी थिई ऊ, तर मन हलुका भयो मेरो ।

    एकसाँझ् अफिसबाट घर फर्कंदै थिएँ, ल्यान्डलाइन नम्बरबाट फोन आयो । बाइक साइड लगाएर उठाएँ । रिसेप्सनिस्टको जस्तो लवजमा केटी बोली, “आदित्य सर बोल्नुभाको हो ?”

    “हो” मैले ठाडो उत्तर दिएँ । स्कूलको बारेमा भनेपछि थपी, “पर्सि शनिबार हाम्रो प्यारेन्ट्स टिचर मीटिङ छ, बिहान ११ बजे, हजुरको समय के छ भनेर ।”

    मैले बुझ्निँ । अकमकाएर भनें, “रङ नम्बरमा गर्नुभयो ।”

    रिसप्सेनिष्ट बोली “आ’म सरी, तर असीमको गार्जेन भनेर मनमाया म्यामले हजुरकै नाम–नम्बर टिपाउनुभएको छ त ?”

    मुखैसम्म आइसकेको मेरो “हैन” शब्द घाँटीमै अड्क्यो । कसैले यसो भन् भन्दिन्छ कि भनेझैं मैले सहायताका लागि यताउति हेरें । मान्छे, गाडी, कुकुर, सबै आफ्नै तालमा थिए । परको क्षितिज डुब्नै लागेको घामको आभाले डढेझैं थियो । राता बादलको आँचलमा मैले दुइटा अनुहार देखें– मनदिदी र मनमायाको । फरक यत्ति, मनमाया एक्ली थिइन । छोराको हात समातेर ऊ मैलाई हेरिरहेकी थिई । र, उसको छोरो रोएको थिएन ।

    “हेलो, हेलो” गरिरहेकी रिसेप्सनिष्टको आवाजले हठात् मलाई सम्झ्ना गरायो, मनदिदी पात्र हो, छोरोसित उभिएकी मनमाया रियल हो । जिउने हो भने मैले पात्रसँग होइन, यथार्थसित, मान्छेसित प्रेम गर्नुपर्छ । क्षितिजबाट धरातलमा ओर्लिएर मैले भनें, “ए ए, अँ, म आउँछु ।”

    शनिबार स्कूल हाताभित्र छिर्नासाथ मैले पारिजातको बोटनेर छुट्टै बसिरहेकी मनमायालाई टाढैबाट देखें । म पुगुन्जेल उसले दुईचोटि घडी हेरी ।

    मैले पछिल्तिरबाट कुममा हात राखेर बोलाएँ, “मनमाया ?”

    मनमाया फरक्क फर्किई । मलाई हेर्दाहेर्दै उसका आँखा सरर रसाएर आए । मेरा आँखामै हेरिराखेर उसले भनी, “हाम्रो अन्तिम भेटमा तिम्ले बोलेको अन्तिम वाक्य फेरि भन न आदित्य ।”

    himalkahabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.