×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

‘ब्याजमा हामीले हस्तक्षेप गर्न मिल्दैन’

  •  
  • शनिबार, असोज २७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वाणिज्य ब्याङ्कहरूले बचत ब्याजदर घटाउने भनी गरेको सहमतिबारे आफू अनभिज्ञ रहेको र खुला अर्थतन्त्रमा तिनीहरूले तोकेको ब्याजमा हस्तक्षेप गर्न नमिल्ने राष्ट्र ब्याङ्कले जनाएको छ।

    तर कतिपय अर्थशास्त्रीले ब्याङ्कहरूले मिलेमतोमा ब्याजदर घटाउने वा बढाउने गर्दा समेत नियामक निकायले बेवास्ता गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नसक्ने बताएका छन्।

    ब्याङ्क सञ्चालकहरू भने हाल बजारमा देखिएको लगानीयोग्य नगद अभाव अर्थात् तरलता समस्यामा सुधार हुन नसके कर्जाको समेत ब्याजदर बढ्न सक्ने बताउँछन्।

    वाणिज्य ब्याङ्कहरूले सर्वसाधरणले राखेको निक्षेपलाई १० प्रतिशत र संघसंस्थाहरूको निक्षेपमा नौ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेका छन्।

    ‘अपराध’

    केही समयअघि पनि वाणिज्य ब्याङ्कहरूले एउटा भद्र सहमति गर्दै निक्षेपमा दिने ब्याजको पनि अधिकतम सीमा तोकेका थिए।

    ब्याङ्कहरूले ब्याज बढाउन वा घटाउन मिलेमतोमा चाल्ने यस्ता कदमलाई खुला अर्थतन्त्रको मूल मर्म स्वस्थ प्रतिस्पर्धा विपरीत मान्छन् अर्थशास्त्री केशव आचार्य।

    उनी भन्छन्, “खुलाबजार अर्थतन्त्र र स्वतन्त्र बजारको आर्थिक नीति कार्यान्वयन गरिरहेको बेलामा यो काम पटक्कै जायज भएन। यो एक प्रकारको अपराध नै हो।”

    ब्याङ्क

    “त्यसैले कार्टेलिङ अर्थात् मिलेमतो मौद्रिक नीति र सरकारको आर्थिक नीतिको विपरीत भयो भनेर सूचना र तथ्याङ्कका आधारमा केन्द्रीय ब्याङ्कले हस्तक्षेप गर्नुपर्ने हो।”

    तर केन्द्रीय ब्याङ्क भने यसअघिकै जस्तो वाणिज्य ब्याङ्कहरूको भद्र सहमतिलाई बेवास्ता गर्ने मनस्थितिमा देखिन्छ।

    राष्ट्र ब्याङ्कका एकजना कार्यकारी निर्देशक झलक शर्मा आचार्यले भने, “यो औपचारिक रूपमा भएको निर्णय जस्तो लाग्दैन। यसबारे राष्ट्र ब्याङ्कलाई जानकारी गराइएको छैन।

    बाध्य

    “हामीले नियमन गर्ने हो र वाञ्छित सीमासम्म रहेको अवस्थामा यसले अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने अवस्थासम्म हामीले केही गर्न सक्दैनौँ।”

    सरकारले पर्याप्त मात्रामा विकास बजेट खर्च गर्न नसेका कारण पछिल्लो निर्णय लिन आफूहरू बाध्य भएको बताउँछन् ब्याङ्कर्स संघका कार्यकारी सदस्य अशोक शेरचन।

    “कर्जाको ब्याजदर नबढाउनका लागि हामीले गरेको निर्णय हो यो। सरकारले विकास बजेट खर्च गर्न सकेको छैन। त्यसैले बजारमा तरलताको समस्या देखिएको छ। अझै केही समयसम्म यस्तै अवस्था रहे हामीले कर्जाको ब्याजदर पनि बढाउन बाध्य हुनेछौँ।”

    आर्थिक वर्ष शुरू भएको करिब तीन महिनामा चार प्रतिशत मात्र विकास बजेट खर्च गरेको छ।

    बहाना जेसुकै होओस् मिलेमतोमा ब्याजदर तोक्ने निर्णयले उपभोक्ताको हित नगर्ने र बजारमा गलत परम्परा स्थापित हुने धेरैको बुझाइ छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.