×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नाम मात्रको सस्तो मेला

  •  
  • सोमबार, असोज २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    असोज २२ गते । शनिवारबाट सुरु भएको दशै सस्तो बजार एवं सडक मेला प्रचार गरिए जस्तो नभएको दर्शकहरुले बताएका छन् । नजिकै गरेका दशै, तिहार, छट लगायतका चाडपर्वलाई लक्षित गरी गोरखा चेम्बर अफ कमर्सले आयोजना गरेको उक्त मेलामा बाहिर भन्दा महंगोमा सामान बेचबिखन भएको उनीहरुको आरोप छ । ‘लेकाली आलु पाइन्छ रे भनेर किन्न आको एक किलो कै सय रुपयाँ पर्दो रहेछ’ महोत्सव स्थलमा भेटिएका भिमबहादुर गुरुङले भने ‘सस्तो मेला भन्ने त नाम मात्र रहेछ ।’
    १३० वटा स्टल रहेको मेलामा अधिकाशं कपडा, जुस्ता चप्पल, भाँडा, श्रंगारका समान र खाजाका स्टलहरु छन् । आलु, भिर मौरीको मह, उत्तरी गोरखाको जडीबुटी, दशैका लागि भेडा च्याङ्ग्रा एवं खसिबोका बिक्रि स्टल सञ्चालन ल्याउने भनिए पनि मेला उक्त कुरा नभएको मेला अबलोकन गरेर फर्केकाहरुको भनाई छ । ‘लुगाफाटो बाहेक केही पनि रहेनछ त्यही पनि साह्रै महंगो’ लक्ष्मीबजारबाट मेला हेर्न आएकी सानुमायाँ भुजेलले भनिन् ‘यस्तो नी के सस्तो मेला ?’
    मेलामा राखिएका सामानको मुल्य बजार पाइने सामानको भन्दा कुनै अन्तर नभएको उनीहरुको आरोप छ । मेलामा, बाहिर भन्दा पनि महंगोमा मुल्य रहेकाले केही पनि नकिनेको फर्किएको मेला स्थलबाट बाहिरिदै गरेका दुर्गाबहादुर थापाले बताए । ‘बाहिर भन्दा केही फरक छैन’ उनले भने ‘सस्तो बजार मेला भने पछि कम्तिमा २÷४ रुपयाँ त सस्तो हुनु प¥यो नी ?बाहिरकै मुल्यमा सामान किन्नु परे धुलो खान किन यहाँ आउनु ?’ आयोजकले साल्ट ट्रेडिङ कर्पोरेसको समन्वयमा सुपथ मुल्यमा चिनी र नुन बिक्रिको व्यवस्था मिलाएको दाबी गरे बजार चिनी नपाएको कतिपयको गुनासो छ । १८ रुपयाँ प्रति केजि नुन र ७० रुपयाँ प्रतिकेजी चिनीको मुल्य निर्धारण गरिएको छ ।
    यता मेलाको आयोजकले भने बाहिर भन्दा महंगोमा सामान बेचिएको गुनासो आफूहरुलाई नआएको दाबी गरेको छ । ‘सामान महंगो भयो भनेर कसैले पनि भन्न आउनु भएको छैन’ गोरखा चेम्बर अफ कमर्सका महासचिव रामस्वरुप श्रेष्ठले भने ‘केही व्यक्तिले मेलालाई भड्काउन यस्तो प्रचार गरेका हुनसक्छन, साँच्चिकै मंहगोमा सामान किनबेच भइरहेको छ कि छैन अध्ययन गर्छौं ।’ आयोजकले सोमबार मेलामा रहेका स्टलहरुको अनुगमन गरी सस्तोमा सामान बेच्न आवश्यक निर्देशन दिने उनले बताए । सुपथ मुल्यको नुन र चिनीको उपलब्धता सहज भए नभएको बारे पनि सोमबार अध्ययन गर्ने आयोजकले बताएको छ । ‘नुन चिनी अस्ती मात्र आइपुगेको हो, औपाचारिक कार्यक्रमका कारण हामीले त्यसको विक्रिबारे जानकारी लिन सकेका छैनौं’ महासचिव श्रेष्ठले भने ‘यसको पनि अनुगमन हुन्छ ।’
    दशैका लागि लक्षित गरी सञ्चालन गर्ने खसिबोका, भेडा, च्याङ्ग्राको बजार भने फुलपातीको केही दिन अघिबाट मात्र सुरु हुने आयोजकले स्पष्ट पारेको छ । मेलामा ल्याउनका लागि खसिबोका, भेडा च्याङ्ग्रा प्रबन्ध भइसकेको श्रेष्ठले बताए । ‘जसले स्टल बुक गर्नुभएको छ उहाँहरु ल्याउनका लागि रेडि हुनुहुन्छ’ उनले भने ‘दशै आउन अझै धेरै दिन बाँकी छ फुलपातीको केही दिन अघिबाट मात्र त्यसको बिक्रि खुल्ला हुन्छ ।’ अहिले देखि खसिबोका राख्न समस्या हुने भएकाले बिक्रिका लागि नल्याएको उनले बताए ।
    मेलाको दोश्रो दिन उल्लेख्य दर्शकहरुले मेला अबलोकन गरेको आयोजकले दाबी गरेको छ । दिउँसो ३ बजेबाट विभिन्न राष्ट्रिय कलाकारहरुले प्रस्तुतिले दशै सस्तो बजार एवं सडक मेलालाई तताएको थियो । यसैविच मेलाको तेश्रो दिन आज बिकास नेपाली, निरा थापा, चन्द्र परियार, मिरा गोर्खाली, जादुगर बलराम, साजन गुरुङ लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने महासचिव श्रेष्ठले जानकारी दिए । यसैगरी मध्यान्न १२ बजेपछि नयाँ वसपार्क देखि कार्यक्रम स्थल हरमटारीसम्म गोरखा नगरपालिका वडा नम्बर ५ पस्लाङका कलाकारहरुले सोरठी नाच प्रस्तुत गर्ने कार्यक्रम छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.