कैलासबावु श्रेष्ठगोरखा
असोज २१ गते । गत बर्ष जस्तै यो बर्ष पनि सर्व साधारणलाई लक्षित गरी दसैंको पुर्व सन्ध्यामा आज (आईतबार) देखी बैंकहरुले नयाँ नोठ साटने भएको छ । सर्ब साधारणलाई नयाँ नोठ साट्नलाई सहज होस भनेर नेपाल राष्ट्र बैंक सहित सरकारी स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक बाट पनि साट्ने ब्यवस्था सरकारले मिलाएको छ ।
उपत्यका बाहिर र भित्र ५, १०, २०, ५० दरका नोठ दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ सम्म साटही गर्न पाउने ब्यवस्था मिलाइएको छ ।
राजधानीमा यस पटक राष्ट्र बैंकका कार्यालयबाहेक नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर कार्यालयबाट नयाँ नोट वितरण गरिने छ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, कंलकी र बालाजु शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ । साथै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । ती ठाउँबाट पनि अधिकतम प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सकिने व्यवस्था गरिएको छ।
उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयहरु विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।
यता सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाले भने नेपाल राष्ट्र बैंकले भने जस्तै २७ हजार बरावर रकम बितरण गर्न नसकिने शाखा प्रबन्धले जानकारी दिएको छ । आईतबार देखी नै बिरतण गर्न नयाँ नोठ आइनसकेको कारण केही दिन ढिला गरी बितरण गरीने प्रबन्धले बताए ।



