×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

काठमाडौँ पठाउने तयारीमा मनाङको आलु

  •  
  • आइतबार, असोज २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बेलिना थापा

    लमजुङ, असोज २१ गते । हिमाली जिल्ला मनाङका कृषक आलु थन्काउन व्यस्त छन् । गत फागुन–चैतमा आलु रोपेका किसानले यो समय आलु भित्र्याएका हुन् ।
    मनाङको प्रमुख बाली नै आलु हो । मनाङमा धान, मकै र कोदो खेती हुँदैन । किसानका अनुसार चामेदेखि तल्लो क्षेत्रमा धेरैले बारीबाट खनेर आलु भित्र्याइसकेका छन् । माथिल्लो भेगमा भित्र्याउने कार्य भइरहेको छ । भित्र्याइएको आलु काठमाडौँसम्म पनि पठाउने गरिन्छ ।
    चामे गाउँपालिका–३ कोतोका इन्द्रमाया लामा गुरुङले आलु खनेर सकिएकाले थन्काउने चटारो भएको बताउनुभयो । आलु खनेर सकियो । अब सुकाएर भित्र्याउन थालेका छौँ । यो वर्ष राम्रो उत्पादन भएको छ । केही यहीँ बिक्री हुन्छ । केही जिल्लाबाहिर काठमाडौँसम्म पठाउँछौँ र अहिले बाटो खुलेको हामीलाई त्यसै सहज हुने भयो, उहाँले भन्नुभयो । उहाँका अनुसार मनाङसँगै लमजुङको बेंसीसहर बजारमा आलु लगिने गरिएको छ । मनाङको आलु काठमाडौँ पुग्ने गरेको उहाँले बताउनुभयो । केही व्यापारी घरमै लिन पुग्ने गरका छन् । यस वर्ष ४० मुरी आलु उत्पादन भएको उहाँले बताउनुभयो । मनाङमा उत्पादन भएको आलुको प्रति पाथी १४० देखि १५० रुपियाँसम्म बिक्री गरिने गरिएको छ ।
    मनाङ ङिस्याङ गाउँपालिका–३, ङावलकी छिङ्ता गुरुङले भदौ अन्तिमदेखि बारीमा लगाइएको आलु खन्न थालिएको बताउनुभयो । अहिले भने सुकाएर पनि बोरामा थन्काएर राखिएको उहाँले बताउनुभयो । आलु खनेर सकियो । थन्काएका छौँ । केही बीउ राख्नका लागि राखेको छौँ, उहाँले भन्नुभयो । माटोमा खाल्डो खनेर आलुको बीउ राख्ने चलन रहेको उहाँले बताउनुभयो । यस वर्ष ४० मुरी आलु उत्पादन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार उत्पादित अधिकांश नजिकका होटल तथा पर्यटकले लाने गर्छन् । चामे गाउँपालिका–२ थान्चोकका बीन घलेले यस वर्ष ५० मुरी आलु उत्पादन भएको बताउनुभयो । उत्पादन भएको आलु जिल्लामै बिक्री हुने गरेको उहाँले बताउनुभयो । सबै यहीँ बिक्री हुन्छ । व्यापारीले लान्छन् । घुम्न आउनेले पनि किनेर लान्छन् । कर्मचारी बिदामा घर जाँदा स्वादिलो आलु लिएर जाने गरेका छन्, उहाँले भन्नुभयो । उहाँका अनुसार मनाङमा उत्पादन हुने अधिकांश आलु मनाङमै खपत हुने गरेको छ । धेरै उत्पादन गर्नेले भने बेंसीसहर र काठमाडौँसम्म पठाउने गरेका छन् । मनाङको आलु काठमाडौँको तारे होटलसम्म पुग्ने गरेको स्थानीय किसान बताउँछन् । चामे गाउँपालिका–१ तिमाङका मनलाल गुरुङका अनुसार सडक खुलेकाले सवारी साधनमै राखेर बेंसीसहर, काठमाडौँ पठाउने गरिएको छ । बाटोको समस्या छैन । आलु धेरै फलाउनेले बाहिरी जिल्लामा पठाउँछन् । मनाङको आलु सबै ठाउँमा पुग्ने गरेको छ । यहाँको आलुको स्वाद मन पराउने धेरै छन्। उहाँले भन्नुभयो ।
    साविक जिल्ला कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार मनाङमा आलुको उत्पादन बढ्दै गएको छ । किसान पनि बढ्दै गएका छन् । मनाङमा आर्थिक वर्ष २०७२/७३ मा ४४५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा सात हजार ६११ टन उत्पादन भएको थियो । आ.व २०७३÷७४ मा ६७५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा आठ हजार २३७ टन आलु उत्पादन भएको थियो । आव २०७४/७५ मा ६८१ टन क्षेत्रफलमा खेती गरिएकामा आठ हजार ४२० टन आलु उत्पादन भएको थियो ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.