गोरखा समाचारदाता
जिल्ला प्रहरी कार्यालय गोरखाले सवारी साधनमा जफत गरेको सामाग्री फिर्ता गरेको छ । कार्यालयले केही समययता सवारी साधनबाट नियन्त्रण लिइएको स्पीकर बुधबार सवारीसाधनमा प्रयोग नगर्ने सर्तमा सवारी धनीलाई फिर्ता गरेको हो । ट्रापिक प्रहरी कार्यालयमा एक कार्यक्रममा आयोजना गरी गोरखा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिमल बस्नेतले सवारी धनीलाई स्पिकर लगायतका ध्वनीजन्य सामाग्री फिर्ता गरेका हुन ।
अबबदेखि त्यस्ता सामाग्री सवारी साधनमा राखेर बजाउन नपाउने र धरायसी प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी फिर्ता गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिएका छन् । सवारी ग्रामिण क्षेत्रमा चल्ने ट्याक्टर, ट्रिपर, बस लगायतका सवारी साधनमा ठूलो आवाजमा ध्वनीजन्य साम्रागी बजाउदा सवारी दुर्धटनाको जोखिम बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले यस्ता सामाग्रीहरु नियन्त्रण लिएको थियो ।
त्यस्ता सामाग्री प्रशारण गर्दा समाजमा पनि ध्वनी प्रदुषण हुने र चालकको ध्यान गीतसंगित तर्फ केन्द्रित हुदा सवारी दुर्घटना हुन सक्ने भएकाले प्रहरीले यस्तो कदम चाल्नु परेको प्रहरी प्रमुख बस्नेतले बताए । ट्राफिक प्रहरीले अहिले सम्म ३४ थान ठूला स्पिकर र ९ ओटा साइलेन्सर पाइप नियन्त्रणमा लिएको थियो । नियन्त्रयमा लिइएको स्पिकर सवारी धनीलाई फिर्ता गरेपनि साइलेन्स र पाईप भने फिर्ता नगरिने जिल्ला ट्रापिक प्रहरी प्रमुख दयाराम पौडेलले जानकारी दिएका छन् ।
साथै स्पिकर फिर्ता नलगेका सवारी धनीलाई कार्यालयमा आएर फिर्ता लैजान पनि आग्रह गरेको छ ।


