नरेन्द्र ढकाल/गोरखा
नेपाल रेडक्रस सोइसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत सिरानचोक गाँपालिका ३ हर्मीमा सम्पन्न गरेको विभिन्न योजनाहरुको हस्तान्तरण गरेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चिात हर्मीमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम र योजनाहरु समूदायलाई हस्तान्तरण गरिएको भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख शिव सुवेदीले जानकारी दिए । भूकम्प पिडितलाई सघाउने उदेश्यले खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन, आवास, स्वास्थ्य, जिविको पार्जन तथा क्षमता बिकासका क्षेत्रमा विभिन्न काम गरेको रेडक्रसले ती शिर्षकमा भए गरेका कामको स्वामित्व समुदायलाई हस्तान्तरण गरेको हो ।
९ वटा खानेपानी योजना, ३ वटा कुलो, ३ वटा विद्यालयमा शौचालय र १ वटा नमूना भवन गरी सम्पन्न भएका १६ वटा आयोजनाहरु समूदायलाई हस्तान्तरण गरिएको छ । अग्रेजी महिनाको जनवरी १ सन २०१६ देखि जुन २०१८ सम्म हर्मीमा सञ्चालन भएका योजनाहरु सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । योजना हस्तान्तरण गर्दै प्रमुख अतिथि सिरानचोक गाउँपालिकाकी उपप्रमुख रीता देबकोटाले रेडसक्रले भूकम्प प्रभावितका लागि सरानिय काम गरेको बताईन् ।

‘निकै राम्रो काम भएको छ, राम्रा संरचनाहरु बनेका छन् अब यसलाई टिकाए राख्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ’ उनले भनिन् । नेपाल रेडक्रश सोशाईटी जिल्ला शाखाका सभापती भगवानबाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपप्रमुख देबकोटा, शिक्षा बिकास तथा समन्वय इकाई गोरखाका प्रमुख खेमराज पौडल, सिरानचोक ३ हर्मीका वडा अध्यक्ष बिर बहादुर थापा, नेपाल रेडशक्र सोसाईटीका जिल्ला उपसभापतीहरु मोहन ढकाल र शंकर कुँवर, हर्मी उपशाखा सभापती वेदशर्मा पोखेरल, भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक शिव प्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए । भूकम्प यता रेडक्रमले विभिन्न क्षेत्रमा गरेको कामलाई निरन्त्रता दिने स्थानीय तहलाई आग्रह गर्नुका साथै बनेका संरचना दिगो राख्न स्थानीयलाई आग्रह गरेका थिए ।

रेडक्रशले भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत जिल्लाका विभिन्न ठाउँमा भए गरेका काम अपन्त्व स्थानीयलाई गराउँदै धमधम योजना हस्तान्तरण सुरु गरेको छ । ‘हामीले तपाइँहरुको आवश्यक र चाहना अनुसार यहाँ काम गरेका छौं बनेका संरचनाको रेखदेख गरी उपयोग गर्ने जिम्मा तपाइँहरुको हो ’ रेडक्रश जिल्ला शाखाका सभापती भगवान बाबु मास्केले भने । भूकम्प प्रतिकार्य कार्यक्रम सम्पन्न गर्न लागेको रेडक्रशले अयन्त्र पनि यसैगरी योजना हस्तान्तर गर्ने बताएको छ ।


