गोरखा समाचारदाता
जिल्लामा मस्तिष्क घात भएका बालबालिकाहरुको पहिचान सुरु भएको छ । युनिभर्सिटि अफ सिड्नी अष्टेलियाको आर्थिक सहयोग र कम्युनिटी सक्सेस् फाउन्डेस गोबल बंगलादेशको समन्वयमा १८ वर्ष मुनिका बालबालिकाको उक्त समस्या भए नभएको पहिचान गर्न लागिएको हो । ‘मस्तिष्क पक्षघातका कारण समस्यामा रहेका बालबालिकाहरुको पहिचान गरी उनीहरुको जिवनयापनमा सहयोग पु¥याउन यो कार्यक्रम सञ्चालन गरेका हौं’ कम्युनिटी सक्सेस् फाउन्डेस गोबल नेपालका अध्यक्ष अमिर बञ्जराले भने ।
जिल्लाका विभिन्न ६ वटा स्थानीय तह अन्र्तगत नगरपालिका बाट ४ र गाउँपालिकाका ३ जना बालबालिकाहरु छनोट गरी प्रारम्भिक चरण स्वास्थ्य जाँच समेत सम्पन्न भएको बञ्जाराले बताए । ‘हामीले ८ चरणमा गरी २०० भन्दा बढि बालबालिका स्वास्थ्य जाँच गरायौं उहाँहरु मध्ये १३० जनामा उक्त समस्या पाइएको छ ।’
गोरखा, पालुङटार नगरपालिका र आरुघाट, सिरानचोक, शहिद लखन, भीमसेन थापा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम अन्र्तगत ती ६ वटा स्थानीय तहमा अबको ६ महिना सम्म अनुसन्धान गर्ने र पहिचान भएका बालबालिकाहरुलाई आवश्यक सहयोग समेत गर्ने योजना छ । उक्त कार्यक्रमका बारेमा जिल्लाका सरोकारवालाई जानकारी गराएको छ ।
बंगलादेशका विशेषज्ञ डाक्टरहरुको उपस्थितीमा उक्त शिविर भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुली लगायत बंगालदेशबाट आएका डाक्टरहरुले मन्तव्य राखेका थिए । केही दिन अघिबाट सुरु भएको उक्त कार्यक्रम अन्र्तगत ६ महिना सम्म अध्ययन,अनुसन्धान गर्ने र पहिचान भएका बालबालिकाहरुको पठनपाठन, उपचार र उनीहरुको जिविकोपार्जनमा सहयोग गर्ने योजना रहेको बञ्जराले बताए ।




















