गोरखा समाचारदाता
गोरखा उद्योग वाणिज्य संघले संचालन गरेको कुकिङ बेकिङ तथा वेटर वेट्रेस तालिम प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आथिएक सहयोगमा संचालित तालिम समापन कार्यक्रममा प्राविधिक शिक्षा तथा तालिम परिषदका उपाध्यक्ष कुल वहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि बस्नेतले तालिममा सिकेको सिपलाई व्यवसायीकरण गर्र्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै विशेष अतिथि गोरखा नगरपालिका गोरखाका प्रमखु राजनराज पन्तले सिपलाई व्यवहारमा उतार्न प्रशिक्षर्थीलाई सुझाव दिएका छन् ।
१५ दिनसम्म चलेको तालिममा कुकिङ बेकिङ तर्पm २१ जना र वेटर वेट्रेस तर्पm २० जना गरी ४१ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । तालिमका पोखरा प्राविधिक शिक्षालयका भुवन सिलवाल र निर्मल राईले सहजिकरण गरेको संघका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।


